०४ माघ २०८१

प्रदेश ४

मिस म्याग्दीको उपाधि छन्त्याललाई

म्याग्दी, २२ पुष,, किङ्ग क्रियशनले आयोजना गरेको ‘मिस्टर एण्ड मिस मोडल अफ म्याग्दी’ सौन्दर्य प्रतियोगिताको उपाधि बेनीको क्याम्पसचोककी हेना खड्का छन्त्यालले जितेकी छिन् । बेनीमा शनिबार भएको फाइनलमा ३२ प्रतिस्पर्धीलाई पछि पार्दै १४ वर्षीया छन्त्यालले मिस्टर एण्ड मिस मोडल अफ म्याग्दीको उपाधि र ताज पहिरिएकी हुन् । कालीपुलकी सोनिया पुन...बाँकी अंश →


सुत्केरी हुँदा भुइँमा सुत्ने चलन हट्दै

गलेश्वर, २१ पुस,, परम्परागत रूपमा गाउँघरतिर चल्दै आएको सुत्केरी अवस्थाका महिलालाई भुइँमा सुत्नुपर्ने बाध्यकारी चलन पछिल्लो समयमा आएर हट्दै गएको छ । बेनी नगरपालिकासहित म्याग्दीका छवटै स्थानीय तहमा बर्थिङ सेन्टर सञ्चालन र विभिन्न सङ्घसंस्थाले नवजात शिशु, सुत्केरी महिला र सुरक्षित मातृत्वसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्न थालेपछि सुत्केरी स्याहार गर्ने चलनमा...बाँकी अंश →


बीउ बेचेर मनग्य आम्दानी

बागलुङ, २१ पुस,,  तरकारीको बीउ बेचेर यहाँका एक किसानले मनग्य आम्दानी गर्दै आउनुभएको छ । बागलुङ नगरपालिका–८ सिगानाका टोपबहादुर खड्काले वर्षेनी लाखौँ रुपैयाँको काउली र काँक्राको बीउ उत्पादन गर्नुहुन्छ । “गत वर्ष १५० किलो काउलीको बीउ उत्पादन गरेर रु दश लाखमा बेचेँ”, उहाँले भन्नुभयो, “अझै ३० किलो जति बाँकी छ...बाँकी अंश →


योजना निर्माणमा सुझाव सङ्कलन

बलेवा, २० पुस,, गण्डकी प्रदेश योजना आयोगले निर्माण गर्न लागेको प्रथम पञ्चवर्षीय योजना तर्जुमाका लागि जिल्लास्तरीय छलफल तथा सुझाव सङ्कलन अभियान थालेको छ । आयोगले पहिलो पटक बागलुङबाट सुझाव थालेको हो । यसअघि प्रदेश तहमा मात्र छलफल भएको थियो । छलफलबाट प्रदेश तहमा कस्ता प्रकारका दीर्घकालीन योजना सञ्चालन गर्ने भन्ने...बाँकी अंश →


पर्यटकीय गन्तव्य बन्दै ‘राम्चेढुङ्गा’

बागलुङ, २० पुस,, गलकोट नगरपालिका–७ मल्मस्थित राम्चेढुङ्गा पर्यटकीय गन्तव्यका रुपमा चर्चित भएको छ । मनोरम भूवनोट, प्राकृतिक वातावरण र हिमशृङ्खला अवलोकन यहाँको मुख्य आकर्षणक बन्न थालेको छ । गाउँको उत्पादन, कला र संस्कृतिले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । समुद्री सतहदेखि एक हजार ९०० मिटर उचाइमा अवस्थित राम्चेढुङ्गा प्याराग्लाइडिङका लागि...बाँकी अंश →


पर्यटक भित्र्याउन ‘ॐ पार्क’ निर्माण शुरु

पर्वत, २० पुस,,  सन् २०२२ सम्म गण्डकी प्रदेशले २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्यअनुरुप अहिले जिल्लाका पर्यटकीय क्षेत्रको संरक्षण, प्रवद्र्धन र पूर्वाधार निर्माणमा तीव्रता दिन थालेको छ । पर्यटकीय पूर्वाधार बनाउने, मुलुककै अग्ला र लामा मूर्ति र मन्दिर बनाउने होडबाजीनै चलेका बेला पर्वत सदरमुकाम कुश्माबजारमा ॐ पार्क निर्माण गर्न थालिएको...बाँकी अंश →


‘एक घर एक धारा’ योजना शुरु

पर्वत, १९ पुस,, खानेपानीको अभाव रहेको पर्वत मोदी गाउँपालिका वडा नं ६ र ८ मा एक घर एक धारा बनाउने उद्देश्यसहित दराक तिलहार खानेपानी योजना निर्माण शुरु भएको छ । मोदी गाउँपालिका–६ को साविक तिलहार गाविस ठूलो भूभाग र वडा नं ८ साविक चित्रे ओडारे गाउँमा हरेक घरमा एक धारा...बाँकी अंश →


कृषिलाई सम्मानित पेशा बनाउनुपर्छ.. वरिष्ठ नेता पौडेल

दमौली, १९ पुस,, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषिलाई सम्मानित पेशा बनाउनुपर्नेमा जोड दिनुभएको छ । ब्यास नगरपालिका–६ सिसाघाटस्थित श्याम्घा साना किसान सहकारीको चौथो साधारणसभाको आज उद्घाटन गर्दै नेता पौडेलले नेपालका अधिकांश किसान कृषिमा निर्भर भए पनि यो पेशा अपहेलित हुन पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाललाई किसानको देश...बाँकी अंश →


बाँदरले पनि छोडेन सुन्तला

पोखरा, १९ पुस,, सिक्टस ग्रिनिङ भाइरसका कारण कास्कीका सुन्तला सखाप भएसँगै किसान मारमा परेका त थिए नै, जसोतसो बचेका ठाउँमा पनि बाँदर आतङ्कले पिरोल्न थालेको छ । कास्कीको भरतपोखरी, हंसपुरलगायत स्थानमा सुन्तला सखाप जस्तै भएका बेला निर्मलपोखरी, कृस्ती लगायतका स्थानका केही किसानले अभैm पनि सुन्तला उत्पादन राम्रो गरेका छन् ।...बाँकी अंश →


औषधि किन्न अक्षयकोष

बलेवा, १९ पुस,, बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा स्थापना भएको सामुदायिक स्वास्थ्य एकाइले सञ्चालन गरेको अक्षयकोष स्थापना अभियानका लागि झण्डै रु १२ लाख सङ्कलन भएको छ । बिरामीको उपचारमा आवश्यक औषधिको जोहो गर्न र कार्यालय व्यवस्थापनको स्रोत जुटाउन स्थापना गर्न लागिएको अक्षयकोषका लागि एकाइले सहयोग अभियान सञ्चालन गरेको हो । गत...बाँकी अंश →


मुस्ताङमा पर्यटक बढे

मुस्ताङ, १८ पुस,, सन् २०१७ को तुलनामा २०१८ मा हिमाली पर्यटकीय जिल्ला मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या १२ प्रतिशतले वृिद्ध भएको छ । सन् २०१७ मा ५२ हजार ४७५ जना विदेशी पर्यटकले भ्रमण गरेका मुस्ताङमा सन् २०१८ मा ५९ हजार ८३८ पर्यटक आएका अन्नपूर्ण संरक्षण क्षेत्रको इलाका संरक्षण कार्यालय...बाँकी अंश →


दीर्घकालीन योजनालाई प्राथमिकता दिनुपर्छ.. अध्यक्ष तिमिल्सिना

पर्वत, १८ पुस,, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लामो समयको राजनीतिक लडाइँपछि मुलुक विकास र समृद्धिको युगमा प्रवेश गरेको बताउँदै अब दीर्घकालीन योजना बनाएर अघि बढेमा विकासका कामले गति लिने बताउनुभएको छ । प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशले प्रथम पञ्चवर्षीय योजना तर्जुमा गर्न पर्वतको कुश्मामा आयोजना गरेको जिल्लागत सुझाव...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter