पोखरा, ३० पुस ,, क्षेत्रीय खेलकूद विकास समितिको आयोजना एवं राष्ट्रिय खेलकूद परिषद्को आर्थिक सहयोगमा गण्डकी प्रदेशको राजधानी पोखरामा हुने दोस्रो सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । पोखरा रङ्गशालामा माघ १ देखि ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सात प्रदेश र तीन वटा विभागीय टोलीसहित १०...बाँकी अंश →
गलेश्वर, ३० पुस ,, म्याग्दीको बेनीमा सञ्चालित म्याग्दीकाली सञ्चार सहकारी संस्था लिमिटेडको भवन निर्माणका लागि आज बेनीको मङ्गलाघाटमा शिलान्यास गरिएको छ । विसं २०६६ देखि भाडाको घरबाट सञ्चालन हुँदै आएको सञ्चार सहकारी संस्थाले रु ५० लाखमा घडेरी किनेर ५०० वर्गफिटको चारतले पक्की भवन निर्माण गर्न लागेको हो । आगामी पुस...बाँकी अंश →
बेनी, ३० पुस ,, बेनी नगरपालिका–३ मुसुङमा माघे सङ्क्रान्ति पर्वको अवसरमा परम्परागत रुपमा लाग्दै आएको मेलालाई यस वर्षदेखि पर्यटन मेलाका रुपमा सञ्चालन गर्न शुरुआत भएको छ । भकिम्ली क्षेत्रमा रहेको धार्मिक, पर्यटकीय गन्तव्य, कृषि, पशुपालनलगायतको सम्भावनाको उजागर गर्न परम्परागत रुपमा लाग्दै आएको मेलालाई पर्यटन मेलाको रुपमा आयोजना गरिएको हो ।...बाँकी अंश →
इलाम, २९ पुस ,, इलाममा पाँच दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीको मागअनुसार नै इलाममा आज मेडिकल कलेजको सम्भाव्यता अध्ययन गरिएको छ । पहाडी क्षेत्र ताप्लेजुङ, पाँचथर र तेह्रथुम क्षेत्रको मध्यमार्गी क्षेत्र इलाममा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने डा केसीको माग हो । प्रजिअ श्रवणकुमार तिम्सिनाका अनुसार एक सरकारी टोलीले...बाँकी अंश →
दमौली, २९ पुस ,, गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले हरेक बालबालिकालाई शिक्षाको ज्योति छर्ने जिम्मेवारी सरकारको रहेको बताउनुभएको छ । नारी जागरण अभियान पोखराको समन्वयमा तनहुँ देवघाट गाउँपालिका–२ खानीभित्तास्थित लक्ष्मी आधारभूत विद्यालयका विद्यार्थीलाई आज न्यानो कपडा वितरण गर्दै उहाँले भन्नुभयो, “ हरेक बालबालिकालाई शिक्षाको ज्योति छर्ने दिशातर्फ सरकार अगाडि बढिरहेको...बाँकी अंश →
लमजुङ, २९ पुस ,, लमजुङमा आज अपराह्न ४ बजेर १ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । उत्तरी लमजुङको सिम्पानी केन्द्रबिन्दु रहेको ३ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बेंसीशहरमा छोटो तर कडा झड्का महसुुस भएको थियो भने उत्तरी लमजुङको बाहुनडाँडादेखि दक्षिणको सुन्दरबजार...बाँकी अंश →
तनहुँ, २९ पुस ,, व्यासनगरपालिका कार्यालयले मानुङकोटको विकासको लागि गुरुयोजना थालेको छ । बसाइँसराइले रित्तो बन्दै गएको वडा नं ५ मा रहेको मानुङकोटको आकर्षण बढाउन नगरपालिकाले रु ३० लाख खर्चेर भ्यूटावर बनाउने भएको छ । उक्त क्षेत्रमा भ्यूटावर निर्माण गर्दा पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्न सक्ने वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताउनुभयो ।...बाँकी अंश →
कावासोती, २९ पुस ,, पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावसोतीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । आज बिहान डण्डाबाट नारायणगढका लागि छुटेको ना४ख ७९२८ नंको बसले ना४९प २२०७ नंको मोटरसाइकललाई ठक्कर दिँदा रौतहट गोमरिया घर भई हाल कावासोतीमा मिस्त्री काम गर्दै आएका ३५ वर्षीय दमेन्द्र यादवको मृत्यु भएको हो...बाँकी अंश →
म्याग्दी, २९ पुस ,, रघुगङ्गा गाउँपालिका वडा नं ४ र ५ को सिमाना भएर बग्ने राहुघाट नदीमाथि मोटर चल्ने पुल निर्माण शुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले सो पुल निर्माण शुरु गरेको हो । कम्पनीद्वारा निर्माण हुन लागेको ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको बाँधस्थलसम्म...बाँकी अंश →
दमौली, २९ पुस ,, आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को सङ्घीय समितिको तेश्रो पूर्ण बैठक १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा भिमाद नगरपालिका–५ मिर्छुलुङमा सम्पन्न बैठकले श्रमजीवी पत्रकार ऐन तथा सरकारले तय गरेको श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक तत्काल कार्यान्वयन गर्नुपर्नेसहित १७...बाँकी अंश →
दमौली, २९ पुस ,, खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको व्यास नगरपालिकाले दोस्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्ने भएको छ । शहीद दिवसको अवसर पारेर व्यास नगरपालिकाले माघ १६ गते दोस्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्न लागेको हो । व्यास नगरपालिका–५ मानहुँबाट शुरु हुने म्याराथन व्यास नगरपालिका–८...बाँकी अंश →
गलेश्वर, २९ पुस ,, म्याग्दी जिल्लाको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित ज्येष्ठ नागरिक आश्रममा रहेका ज्येष्ठ नागरिकलाई शनिबार सौन्दर्य कला व्यवसायी सङ्घ र लायन्स क्लब अफ बेनी महारानीले न्यानो कपडा वितरण गरेको छ । सन्तानबाट तिरस्कृत भएका तथा बेसाहरा वृद्धवृद्धालाई पछ्यौरा, मफलर र ओँठमा लगाउने लिपगार्ड हस्तान्तरण गरिएको हो । सोही...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: