गलेश्वर, २ माघ ,, म्याग्दीको बेनी नगरपालिका– १ रत्नेचौरका एक युवाले रेडियो, टिभी र मोबाइल मर्मत पसल सञ्चालन गर्नुभएको छ । साथै उहाँले मासु पसलसमेत सञ्चालन गरेर मासिक रु दुई लाखभन्दा बढी कमाइ गर्दै आउनुभएको छ । रत्नेचौरमा विनोद एण्ड विजय फ्रेस हाउस सञ्चालन गर्नुका साथै रेडियो, मोबाइल र टिभी...बाँकी अंश →
म्याग्दी २ माघ ,, म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय क्षेत्र घोडेपानी र घान्द्रुक क्षेत्रमा एक वर्षमा ६५ हजार विदेशी पर्यटक भित्रिएका छन् । सन् २०१८ मा ६५ हजार ७६ विदेशी पर्यटकले घोडेपानी–घान्द्रुक पदमार्गमा पर्ने पर्यटकीयस्थलको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय घान्द्रुकले जनाएको छ ।...बाँकी अंश →
गलकोट, २ माघ ,, बागलुङका तीन रणनीतिक सडक स्तरोन्नति गर्न सङ्घीय सरकारले रु तीन करोड बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सिफारिसका आधारमा अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हो । जिल्लाको पश्चिम क्षेत्रमा यातयातको सहज पहुँच पु¥याउन व्यापारिक केन्द्र बुर्तिवाङदेखि तमानखोला लाममेला हँुदै म्याग्दीको दरवाङ जोड्ने सडक...बाँकी अंश →
पर्वत, २ माघ ,, लागुऔषध दुव्र्यसनीको सङ्ख्या बढ्दै गएपछि प्रहरीले ‘स्टेपिङ अपरेशन’ शुरु गरेको छ । पर्वतमा लागुऔषधको समस्या भित्रभित्रै फैलिएको भेटिएपछि ‘स्टेपिङ अपरेशन’ शुरु गरेको हो । अपरेशनपछि प्रहरीले ठूलो सफलता प्राप्त गरेको दाबी गरेको छ । पर्वत प्रहरीले गएको साउनयता नौ वटा लागुऔषध मुद्दा दर्ता गरेको हो ।...बाँकी अंश →
कास्की, २ माघ ,, उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणको प्रमुख आधार पर्यटन क्षेत्र भएको बताउनुभएको छ । पोखरा बुद्धचोकमा खुलेको होटल टास्क इन्टरनेशनलको आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सरकारले पर्यटन, कृषि, जलविद्युत् (ऊर्जा) र जडीबुटीलाई समृद्धिको आधारका रुपमा लिनुपर्ने बताउनुभयो । “नेपालमा पर्यटनका लागि भौतिक पूर्वाधार कम छन्, पूर्वाधार...बाँकी अंश →
बागलुङ, २ माघ ,, प्रहरीको कुटपिटबाट गलकोट नगरपालिका–६ का सोम बस्नेत र कृष्ण खत्री घाइते भएका छन् । हटिया प्रहरी चौकीका जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट बस्नेत र खत्री घाइते भएका हुन् । गम्भीर घाइते बस्नेतको पोखरास्थित फेवा सिटी अस्पतालको सघन कक्षमा उपचार भइरहेको उहाँकी श्रीमती कृष्णकुमारीले जानकारी...बाँकी अंश →
म्याग्दी, २ माघ ,, ट्र्याक खुलेको एक दशकपछि बेनी नगरपालिका–३ दूधेखोलादेखि भकिम्ली जोड्ने सडकको स्तरोन्नति थालिएको छ । भकिम्लीका बासिन्दाले चन्दा सङ्कलन गरेर ट्र्याक खोलेको कच्ची र साँघुरो अवस्थाको दूधेखोला–हल्लेगौडा–डाँडाखानी–डोले हँुदै मुसुङ्ग जोड्ने १३ किलोमिटर सडकलाई बेनी नगरपालिकाले स्तरोन्नति गर्न लागेको हो । बेनी नगरपालिकाले विनियोजन गरेको रु ३३ लाख...बाँकी अंश →
दमौली, ३० पुस ,, तनहुँको ब्यास नगरपालिका–१० स्थित दुम्सीचौरमा कृत्रिम ताल निर्माण गर्न थालिएको छ । उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित निर्माण गर्न लागिएको ताललाई ‘नारेश्वर ताल’ नामाकरण गरिएको छ । सोही ठाउँको नारेश्वर खोलाको पानी थुनेर बनाइने ताल २८ रोपनी क्षेत्रफलमा फैलिने व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपानेले जानकारी...बाँकी अंश →
दमौली, ३० पुस ,, तनहँु जिल्लामा सञ्चालनमा रहेका बैंकका शाखाहरुले सामाजिक उत्तरदायित्व वहन गर्दै सामाजिक क्षेत्रमा सहयोग गर्न थालेका छन् । तनहुँको दमौलीमा रहेको महालक्ष्मी विकास बैंक, कैलाश विकास बैंक र डुम्रेस्थित मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा खानेपानी र सरसफाइका सामग्री, विद्यार्थीलाई झोला र वडामा सडकबत्ती जडान गरेका...बाँकी अंश →
इलाम, ३० पुस ,, केही समय अघि इलाम सदरमुकाममा मेची पर्यटन महोत्सव भयो । महोत्सवको उद्घाटन कार्यक्रममा देखाइएका ताप्लेजुङको शेर्पा नाच र झापाको सन्थाल नाचले निक्कै चर्चा पायो । कार्यक्रममा राई जातिको साकेला नाच, लिम्बूको धान नाच र नेवार समुदायको लाखे नाचले पनि स्थान पायो । हिजोआज यहाँ हुने धेरै...बाँकी अंश →
पोखरा, ३० पुस ,, सुन्दा अचम्म लाग्छ, शिलामा कुँदिएका दृश्यले सजिएको र चमेरै चमेराले भरिएको गुफाभित्र दुुई झरना छन् । जुन हिउँदमा सुक्दैन, वर्षात्मा पनि ठूलो हुँदैन । पृथ्वी राजमार्गअन्तर्गतको तनहुँ दुलेगौँडाबाट झण्डै १५ किलोमिटर पश्चिम लागेपछि शुक्ला गण्डकी नगरपालिका वडा नं १२ स्थित रमणीय घडेरी गाउँ पुगिन्छ । गाउँको...बाँकी अंश →
बागलुङ, ३० पुस ,, भूकम्पले क्षति पु¥याएका यहाँका विद्यालय भवनको पुनःनिर्माणले गति लिएको छ । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइका अनुसार यो वर्ष ४० विद्यालयको पुनःनिर्माण शुरु भएको छ । गत आवमा २६ विद्यालयको पुनःनिर्माण सकिएको छ । चालु आवमा चारकोठे १७, तीनकोठे पाँच र दुईकोठे भवन १८ वटा निर्माण...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: