०३ माघ २०८१

प्रदेश ४

पर्यटकको पखाईमा झोवाङको शीतल गुफा

पोखरा, १२ असार   ,,  ऐतिहासिक, धार्मिक एवम् पुरातात्विक महत्व बोकेको कास्कीस्थित झोवाङको शीतल गुफा पर्यटकको पर्खाइमा रहेको छ । कास्कीका अन्नपूर्ण गाउँपालिका–५ सल्यानस्थित प्रचुर पर्यटकीय सम्भावना रहेको सो गुफालाई स्थानीय पहलमा व्यवस्थित गरेसँगै यतिखेर यसलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीयवासी लागिपरेका छन् । पोखरा–बागलुङ सडकखण्डको झुवारी खोला पुलसँगै सुगम स्थानमा अवस्थित...बाँकी अंश →


सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनमा जोड

परासी, ११ असार   ,,  पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनमा जोड दिएको छ । अतिक्रमणमा परेका जग्गाको पहिचान गरी त्यसमा निर्माण भएका संरचना हटाएर त्यसको संरक्षण र व्यवस्थापन गर्ने तथा सार्वजनिक जग्गाको बहुउपयोग गरेर आर्थिक उपार्जनका योजना तथा कार्यक्रम ल्याउने नीति गाउँपालिकाले अगाडि सारेको सो गाउँपालिका अध्यक्ष...बाँकी अंश →


सडक पुगेपछि खस्कियो खच्चर व्यवसाय

बलेवा, ११ असार   ,,  पाँच वर्ष पहिलेसम्म खच्चरको पछि दगुर्दै आउनुभएका बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेराका रुद्रनाथ शर्मा अहिले खच्चर छोडेर गाई पाल्न थाल्नुभएको छ । खच्चरकै व्यवसाय गर्दै आउनुभएका अर्का कुश्मिशेराकै चित्रप्रसाद चापाईंले पनि ट्र्याक्टर किनेको केही वर्ष भयो । जिल्लाकै ढोरपाटन नगरपालिका–९ का मङ्गले कामी पनि गत वर्षसम्म खच्चर...बाँकी अंश →


बागलुङमा घरवासको सङ्ख्यामा वृद्धि हुँदै

गलकोट, ११ असार    ,,,  पछिल्लो समय बागलुङमा घरवास (होमस्टे)को सङ्ख्या बढ्दै गएको छ । विसं २०६८ मा जिल्लामै पहिलोपटक बागलुङ नगरपालिका–१० भकुण्डेमा अतिथि सत्कार सामुदायिक घरवासको शुरुआतसँगै जिल्लामा घरवास सञ्चालनमा ल्याउने क्रम शुरु भएको थियो । बागलुङ जिल्लामा अहिले सामुदायिक र व्यक्तिगत गरी झण्डै ४० घरवास रहेका छन् ।...बाँकी अंश →


प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएन ः बजेट फ्रिज हुने अवस्थामा

कास्की, १० असार   ,,  पोखरा महानगरपालिकाले योजना छनोट गर्न नसक्दा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि महानगरपालिकाले जेठ २० गते सबै वडालाई पत्राचार गरेर वडास्तरबाटै योजना माग गरेको थियो । तीन दिनभित्र योजना छनोट गरेर पठाउन भनिए पनि अधिकांश वडाले योजना नै पठाएनन् भने...बाँकी अंश →


तिलिचो ताल जोड्ने सडक निर्माण शुरु

ठिनी, ५ असार   ,,  मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी गाउँदेखि संसारको सबैभन्दा उच्चस्थानमा रहेको तिलिचो ताल जोड्ने सडक निर्माण शुरु भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले ठिनीदेखि तिलिचो ताल नजिकै पर्ने नमखुलेकसम्म सडक पु¥याउन ट्र्याक खोल्ने काम शुरु गरेको हो । यसअघि ठिनीदेखि ताङदुङसम्म साढे दुई किलोमिटर सडक निर्माण भइसकेको...बाँकी अंश →


फोहर नउठ्दा बजार दुर्गन्धित

परासी, ४ असार  ,,  केही दिनदेखि बजारको फोहर नउठ्दा पश्चिम नवलपरासीको सदरमुकाम परासी बजार दुर्गन्धित बन्न थालेको छ । रामग्राम नगरपालिकाले फोहर नउठाउँदा परासीको बुद्धचोकसहित बजार क्षेत्रमा फोहरको थुप्रो लागेको छ । दुई हप्तादेखि फोहर नउठेको स्थानीयवासीले बताएका छन् । नगरपालिकाले फोहर विसर्जन गर्दै अएको स्थानका स्थानीयवासीले फोहर विर्सजनमा अवरोध...बाँकी अंश →


आधार शिविर जाने पदमार्गमा झोलुङ्गे पुल निर्माण

म्याग्दी, ४ असार  ,,  म्याग्दीस्थित अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा दुई झोलुङ्गे पुल निर्माण भएको छ । पर्यटन कार्यालय पोखराको सहयोगमा अन्नपूर्ण खोलामा थप दुई झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा छन् । पदमार्गअन्तर्गत फुतफुते झरनामा ३० मिटर र गुराँसे ओढारमा २५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । कार्यालयको...बाँकी अंश →


कुश्माबजारमा पानीको हाहाकार

पर्वत सदरमुकाम कुश्मा बजारमा विगत एक हप्तादेखि खानेपानीको चरम अभाव भएको छ । केही दिन वर्षा रोकिएसँगै ह्वात्तै बढेको गर्मीका कारण पानीका स्रोत सुख्दै गएपछि पानीको अभाव हुनु र पानीका मुहान रहेका ठाउँमा रोपाइँ शुरु हुँदा बजारमा पानीको अभाव भएको हो । लुगा धुने नुहाउने त परैको कुरा पिउने पानीको...बाँकी अंश →


बौद्धिक अपाङ्ग बालबालिकालाई सहयोग

पोखरा, ३१ जेठ   ,,  मन्टेश्वरी एशोसिएसन कास्कीको चौथो वार्षिकोत्सवको अवसरमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई विभिन्न बन्दोबस्तीका सामग्री वितरण गरिएको छ । पोखरा–३३ बागमारास्थित टीका माध्यमिक विद्यालय बौद्धिक अपाङ्गता केन्द्रका २४ बालबालिकालाई एक कार्यक्रमका बीच बिहीबार दुई÷दुई जोर पोशाक, बल्याङ्केट, सिरानी, तन्नालगायत बिस्कुट विरतण गरिएको हो । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी...बाँकी अंश →


धवलागिरि आधार शिविर जाने पदमार्ग निर्माण

बेनी, ३० जेठ  ,,  म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको आधार शिविर जाने पदमार्ग निर्माण गरिएको छ । भीर र जङ्गलको जोखिमपूर्ण पदमार्गलाई फराकिलो बनाएर पूर्वाधार निर्माण गरिएको हो । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु ५० लाख बजेटबाट नाउराभीरदेखि सल्लाघारीसम्म...बाँकी अंश →


बन्दीपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

तनहुँ, २९ जेठ  ,,  तनहुँको बन्दीपुर गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना कार्यान्वयन शुरुआत गरेको छ । गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले मङ्गलबार बन्दीपुर बजारमा एक कार्यक्रमका बीच ४१ जनालाई रोजगार प्रदान गरेर शुरुआत गर्नुभयो । तनहुँका १० वटा स्थानीय तहमध्ये बन्दीपुर शुरुआत गर्नेमा पहिलो बनेको छ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter