०३ माघ २०८१

प्रदेश ४

अठार वर्षपछि बन्यो शहीद नेपाली छात्रावास

तनहुँ, ३१ असार  ,,  तनहुँको व्यासनगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त बहुमुखी क्याम्पस परिसरमा निर्माणाधीन शहीद चन्द्र नेपाली छात्रावास १८ वर्षपछि सम्पन्न भएको छ । विसं २०५८ मा जग खन्न शुरु गरिएको उक्त छात्रावास भवनको यही २०७५ मङ्सिरमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो । विसं २००७ मा बन्दीपुर क्रान्तिमा जेल पर्नुभएका...बाँकी अंश →


विपत्तिमा सावधानी अपनाउन मुख्यमन्त्री गुरुङको आग्रह

कास्की, ३१ असार   ,,  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राकृतिक विपत्तिमा सावधानी अपनाउन आम नेपाली दाजुभाइ तथा दिदीबहिनीमा आग्रह गर्नुभएको छ । सोमबार साँझ एक प्रेस वक्तव्य प्रकाशित गर्दै उहाँले वर्षायाममा जुनसुकै समयमा पनि प्राकृतिक विपत्ति आउनसक्ने सम्भावनालाई ध्यान दिँदै आवश्यक पूर्व तयारीमा जुट्न र सावधानी अपनाउन सर्वसाधारणमा आग्रह गर्नुभएको...बाँकी अंश →


बेलीब्रिज जीर्ण

स्याङ्जा, २६ असार  ,,  कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा स्याङ्जा र गुल्मी जिल्लालाई जोड्न जलविद्युत् आयोजनाको ड्यामभन्दा केही तल कालीगण्डकी नदीमा निर्माण गरिएको बेलिब्रिज मर्मत सम्भारको अभावमा जीर्ण बनेको छ । जलविद्युत् आयोजना निर्माणका क्रममा निर्माण गरिएको सो बेलिब्रिज आयोजना निर्माण भएर विद्युत् सञ्चालनमा आइसकेपछि लामो समयसम्म मर्मतसम्भार नहुँदा...बाँकी अंश →


बढ्दै लैङ्गिक हिंसाका घटनाc

गलकोट, २६ असार   ,,  पछिल्लो समय बागलुङमा लैङ्गिक हिंसाका घटना बढ्दै गएका छन् । लैङ्गिक हिंसा पीडितको परामर्श र उपचार गर्दै आएको धौलागिरि अञ्चल अस्पतालमा स्थापित एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले वर्षेनी लैङ्गिक हिंसाका घटना बढ्दै गएको तथ्याङ्क सार्वजनिक गरेको छ । सोअनुसार आर्थिक वर्ष २०७५÷७६ मा मात्र १३५ लैङ्गिक हिंसाका...बाँकी अंश →


भूकम्प गएको चार वर्ष पुग्दा पनि पुनः निर्माण सुरु भएन

पोखरा, २६ असार  ,,  विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पनले क्षति पुगेको पोखराको प्रसिद्ध भद्रकाली मन्दिरको पुनःनिर्माण अझै शुरु हुनसकेको छैन । भद्रकाली मन्दिर परिसरस्थित गणेश तथा भद्रकाली मन्दिरलाई भूकम्पले क्षतिग्रस्त बनाएको थियो । भूकम्पले मन्दिरका चारै भित्ता चर्केको छ भने वरपरका पाटी तथा सत्तलमा समेत...बाँकी अंश →


प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम

दमौली, २६ असार  ,,  सरकारले शुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम तनहुँमा प्रभावकारी देखिएको छ । दश स्थानीय तहमध्ये नौ वटामा शुरु गरिएको सो कार्यक्रमअन्तर्गत सडक मर्मत, नाला निर्माण, सडक पेटी, चौतारा, घरबास निर्माणलगायत काम भइरहेको छ । व्यास नगरपालिका बाहेक अन्य नौ स्थानीय तहमा उक्त कार्यक्रम शुरु गरिएको हो ।...बाँकी अंश →


प्रधानमन्त्री स्वरोजगार कार्यक्रम प्रभावकारी

रामपुर, २४ असार  ,,  पाल्पामा प्रधानमन्त्री स्वरोगार कार्यक्रम प्रभावकारी देखिएको छ । कार्यक्रमबाट रोजगारी पाएका नागरिकले छोटो समयका लागि भए पनि जागिर पाएको बताएका छन् । दश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढी रैनादेवी छहरा गाउँपालिकाका ३२० महिला तथा पुरुषले रोजगार पाएका छन् । तानसेन नगरपालिका र रामपुर नगरपालिकासँगै अन्य...बाँकी अंश →


विकट गाउँका टोलटोलमा सौर्यबत्ती

पर्वत, २४ असार   ,,  पर्वतको महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीका विभिन्न स्थानमा सौर्यबत्ती जडान गरिएको छ । रातिको समयमा स्थानीयवासीलाई हिँड्डुल गर्न, चोरी डकैती, लुटपाट र दुर्घटना न्यूनीकरण गर्न सौर्यबत्ती जडान गरिएको हो । गाउँका हरेक टोल, चोक, विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालयलगायत सार्वजनिकस्थलमा सौर्यबत्ती जडान गरिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो...बाँकी अंश →


टिमुर खेतीतर्फ युवा

बागलुङ नगरपालिका–१२ अमलाचौरका युवाले व्यावसायिक रूपले टिमुर खेती गर्न थालेका छन् । बाँझो जमीनमा फैलिएको बनमारा फँडानी गरेर उनीहरूले टिमुरको बिरुवा लगाएका हुन् । मसलाका लागि प्रयोग हुने टिमुरको माग बजारमा उच्च रहेकाले व्यावसायिक रूपले खेती गरिएको स्थानीय युवा कृषक राजु शाहीले बताउनुभयो । पहिलो चरणमा झण्डै एक रोपनी जमीनमा...बाँकी अंश →


केबलकारको ‘बटम स्टेशन’ भवन शिलान्यास

तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण हुन लागेको केबलकारको ‘बटम स्टेशन’ भवन निर्माण शुरु भएको छ । केबलकारको साझेदारी कम्पनी आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले निर्माण गर्न लागिएको उक्त भवन आज शिलान्यास गर्नुभएको हो । बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा रु १८ करोड ५५ लाखको लागतमा निर्माण गर्न लागिएको उक्त...बाँकी अंश →


बसपार्कको नक्साङ्कन र पर्खाल निर्माण

दमौली, २३ असार  ,,  तनहुँको बन्दीपुर गाउँपालिका–१ चिसापानीमा गाउँपालिकाको आन्तरिक बजेटबाट बसपार्कको नक्साङ्कन र पर्खाल निर्माणको काम सम्पन्न भएको छ । गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोखरेलका अनुसार पृथ्वीराजमार्गदेखि बसपार्कसम्म पुग्ने ५०० मिटर बाटोमा पर्खाल लगाइएको छ । ग्राभेल, नाला निर्माण, जग्गा सम्याउने, ढलान गर्ने लगायतका काम गर्न बाँकी रहेको पोखरेलले...बाँकी अंश →


बाँझो जग्गा सदुपयोग गर्न सूर्यमुखी खेती

गलकोट २२ असार   ,,  कुनै समय घरआँगनमा सोखका रूपमा लगाइने सूर्यमुखी फूलको खेती बागलुङ जिल्लामा व्यावसायिकरूपमा गर्न थालिएको छ । बागलुङ नगरपालिका–१० भुकण्डे गलुवास्थित एक वृद्धले जमीन बाँझो हुन थालेपछि व्यावसायिकरूपमा सूर्यमुखी खेती शुरु गर्नुभएको छ । नेपाली सेनाका पूर्व जमदार ७५ वर्षीय बमबहादुर खत्रीले जनशक्ति अभावका कारण बाली लगाउन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter