भीमदत्तनगर, २८ मङ्सिर,, वाणी मुक्तकमैया शिविरका बिप्टी चौधरीले घर खर्च चलाउन बस्ती छेउमै रहेको मछेली नदीमा बालुवा छान्न थालेको दशक बितिसक्यो । विसं २०५८ मा कमैयाबाट मुक्त भएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणी शिविरमा आउनुभएकी उहाँ र उहाँको परिवारलाई गर्जो टार्न अझै पनि मजदूरी गर्नुको विकल्प छैन ।“हिउँदका बेला नदीमा दिनभरि...बाँकी अंश →
धनगढी, २७ मङ्सिर,, नेपाल खाद्य संस्थानले किसानको धान खरीद गर्न थालेसँगै व्यापारीले संस्थानले तोकेको मूल्यभन्दा केही बढी मूल्य तोकेर धान खरीद गर्न थालेका छन् । संस्थानले धान खरीदको व्यवस्था गरेसँगै किसानले धान बिक्री गर्दा मूल्यमा व्यापारीबाट हुने मोलमोलाइको समस्या हटेको किसानले बताएका छन् । संस्थानले मोटो धान प्रतिक्विन्टल रु दुई...बाँकी अंश →
अछाम, २६ मङ्सिर,, महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै अवस्थामा अछाममा एक किशोरीमाथि जबर्जस्ती करणी भएको छ । १७ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा अछाम प्रहरीले ३३ वर्षीय युवकलाई पक्राउ गरेको हो । जबरजस्ती करणीको आरोपमा जिल्लाको साँफेबगर नगरपालिका–४ भण्डारीगाउँ निवासी ३३ वर्षीय मिलन भुललाई प्रहरीले पक्राउ गरी...बाँकी अंश →
बैतडी, २५ मङ्सिर ,, बैतडी सदरमुकाम क्षेत्रमा केही वर्षदेखि बाँदरले आतङ्क मच्चाएको छ । दशरथचन्द नगरपालिका–४, ५, ६, ७ र ८ मा बाँदरले आतङ्क मच्चाएको स्थानीवासीले बताएका छन् । बाँदरका कारण स्थानीयवासी निकै आतङ्कित बनेका नगरपालिका–५ का वडाध्यक्ष नारायणप्रसाद भट्टले बताउनुभयो । बाँदरको आतङ्ककै कारण स्थानीय बासिन्दा बसाइँ सर्न बाध्य...बाँकी अंश →
धनगढी, २५ मङ्सिर,, ‘लौ आयो हजुर, निगालीको सुन्तला, खानमा निकै स्वादिलो ।’ सुन्तला व्यापारी नरेन्द्र धामी सोमबार धनगढी बजारमा निगालीको सुन्तला बेच्न यसरी प्रचार प्रसार गरिरहेको भेटिनुभयो । सडक छेउमा निगालीको सुन्तला राखेर प्रचार भइरहेको सुनेका सुन्तलाका पारखीका लागि ‘ढुङ्गा खोज्दा देउता मिले’ झैँ भयो । कसैले एक किलो र...बाँकी अंश →
बैतडी, २४ मङ्सिर,, फलफूल खेतीबाट किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ बैतडी र दार्चुलाका विभिन्न स्थानमा ओखरको बगैँचा स्थापना गरिने भएको छ । बैतडीमा ३० हेक्टर र दार्चुलाको २५ हेक्टर क्षेत्रफलमा ओखरको बगैँचा स्थापना गर्ने तयारी भएको कृषि ज्ञानकेन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो । ओखरका बिरुवा ५० प्रतिशत...बाँकी अंश →
बैतडी, २३ मङ्सिर,, जिल्लाको दुर्गम तल्लोस्वराडको शिवनाथ गाउँपालिकामा शनिबारदेखि घुम्ती शिविर सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीको समन्वयमा सञ्चालन भएको शिविरको पहिलो दिन शर्मालीका २५० जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुरेश घिमिरेले जानकारी दिनुभयो । शिविरमा जिल्ला निर्वाचन कार्यालयले १५० जनाको फोटोसहितको मतदाता नामावलीमा...बाँकी अंश →
मार्तडी, २३ मङ्सिर,, जिल्लाको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका वडा नं ४, ५, ६ र ७ का ३१३ विपन्न दलित परिवारलाई शनिबार सुधारिएको चुलो वितरण गरिएको छ । दुर्गम हिमाली गाउँपालिकाका दलित परिवारका घरलाई धुवाँरहित बनाउने उद्देश्यले ललितपुरस्थित वैकपिल्क ऊर्जा प्रर्वद्धन केन्द्रको अनुदान सहयोग र जिल्ला दलित सशक्तिकरण नेटवर्कको समन्वयमा...बाँकी अंश →
डोटी, २२ मङ्सिर,, दीपायल सिलगढी नगरपालिकी एक महिलालाई एचआइभी सङ्क्रमण भएको सात वर्ष भयो । तीन सन्तानकी आमा परिवार पाल्नकै लागि सदरमुकाममा दैनिक ज्यालादारीमा जोखिमपूर्ण काम गर्दैआउनुभएको छ । डोटीकै पूर्वीचौकी गाउँपालिकाकी अर्की महिलाको अवस्था पनि उस्तै छ । श्रीमान्ले भारतमा गएर कमाइ गरेर घर परिवार राम्रै चलेको थियो ।...बाँकी अंश →
बैतडी, २२ मङ्सिर,, भारतमा मोटरसाइकल दुर्घटनामा एक नेपालीको मृत्यु हुनाका साथै अर्का एक नेपाली घाइते भएका छन् । दक्षिण भारत तामिलनाडु राज्यको कृष्णागिरि भन्ने ठाउँमा बिहीबार बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दोगडाकेदार–७ देउलेक निवासी २४ वर्षीय लक्ष्मण कार्कीको मृत्यु भएको बैङ्लोरबाट सुदूरपश्चिमेली नेपाली समाजका अध्यक्ष लीलाधर कपाडीले जानकारी दिनुभयो...बाँकी अंश →
बाजुरा, २१ मङ्सिर,, बाजुराको साँफे मार्तडी सडकखण्डअन्तर्गत बार्जुगाडदेखि सदरमुकाम मार्तडीसम्मको २८ किमी सडकमा यस वर्षको बर्खाले निकै क्षति पु¥याएपछि जिल्ला प्रहरी कार्यालयको अगुवाइमा मर्मत गर्न थालिएको छ । साँफे–मार्तडी सडकखण्डअन्तर्गतको बल्दे, दवारी, हरणेखोला, तिपाडा, ओलेना, पानीनाउला, थुवाकाँध र पावरहाउसदेखि मार्तडीको कारागार डिलसम्मको सडक बर्खाले पूर्णरूपमा क्षति पु्¥याएको थियो । बर्खामा...बाँकी अंश →
बेझाड, २० मङ्सिर,, कृषकलाई व्यावसायिक बनाउन रामपुर नगरपालिका वडा नं ६ पाल्पाले अनुदानमा जैविक मल र दाना वितरण गरेको छ । पाँच वर्षभित्रमा कृषि र पर्यटन विकासमा वडालाई विकास गर्ने उद्देश्यले वडाका ३४ कृषकलाई अनुदानमा जैविक मल र दाना वितरण गरेको हो । बुधबार वडाका २४ व्यावसायिक तरकारी खेती गर्ने...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: