०३ माघ २०८१

प्रदेश ७

नगरपालिकाको लगानी बढेपछि उपचारमा सहज

टीकापुर, १० माघ ,, टीकापुर नगरपालिकाले स्वास्थ्यमा लगानी गरेपछि नागरिकले सुविधा प्राप्त गर्न थालेका छन् । नगरपालिकाले बालरोग विशेषज्ञ चिकित्सक भर्ना गरेको छ । सबै वडामा शहरी स्वास्थ्य केन्द्र, सुत्केरीलाई निःशुल्क एम्बुलेन्स र नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउन थालेको छ । टीकापुर अस्पतालमा डेढ महीनाको अवधिमा बालरोग विशेषज्ञ चिकित्सकबाट एक...बाँकी अंश →


उठाइयो अस्पतालको फोहर

नारायणपुर, १० माघ ,, घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको फोहर ११ दिनपछि उठाइएको छ । कर्मचारीले निरन्तर आन्दोलन जारी राखेपछि फोहर उठ्न नसक्नुका साथै सरसफाइसमेत नगरिएकामा बुधबार विभिन्न स्थानबाट प्रयोगात्मक अभ्यासका लागि आएका विद्यार्थीको सहयोगमा फोहर उठाइएको हो । आन्दोलनरत कर्मचारीलाई काममा फर्काउनुको साटो प्रतिष्ठानको उपकुलपति आफँैले फोहर उठाएर...बाँकी अंश →


आलेख ,, हस्तान्तरणपछि झन् खस्कियो प्रतिष्ठान

नारायणपुर, ६ माघ  ,,   दाङको राप्ती उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण हुने खबरले दङालीमाझ खुशी ल्यायो । घरआँगनमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुने र डाक्टर विषयको अध्ययन पनि जिल्लामै हुने भएपछि अब जिल्लाकै अनुहार फेरिन्छ भनेर उनीहरुमा आशा जागेको हो । लामो तयारी र कसरतपछि गत असोजमा राप्ती...बाँकी अंश →


कार्यालय सहयोगीका भरमा प्रशासन कार्यालय

बेझाड, ६ माघ  ,,  पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ । कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए । गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई यहाँबाट सरुवा भई त्रिभुवन...बाँकी अंश →


पसलमा साढे तीन लाखको धनमाल चोरी

बैतडी, ६ माघ  ,,   बैतडीको डिलाशैनी गाउँपालिकाका विभिन्न तीन पसलमा गए राति तोडफोड गरी रु तीन लाख ५० हजारको धनमाल चोरी भएको छ । डिलाशैनी–३ पंसेरामा रहेको हरि नाथको पसलबाट नगदसहित रु एक लाख ५० हजार, धनीराम ओडको मोबाइल पसलबाट नगदसहित रु एक लाख २५ हजार र केशव कोलीको किराना...बाँकी अंश →


कुकुरलाई रेविजविरुद्ध खोप

कञ्चनपुर, ४ माघ  ,,   कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ३ का १०० घरपालुवा कुकुरलाई बिहीबार निःशुल्करुपमा रेविजविरुद्धको खोप लगाइएको छ । रेविज रोगविरुद्धको खोप कार्यक्रमअन्तर्गत नगरपालिकाको वडा कार्यालयले निःशुल्क एक दिने रेविजविरुद्धको खोप शिविर आयोजना गरी कुकुरलाई खोप लगाएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने वडामा रहेका कुकुर...बाँकी अंश →


बडघरको स्थान अझै महत्वपूर्ण

कञ्चनपुर, ४ माघ  ,,  कृष्णपुर नगरपालिका–२ वाणी थारू बस्तीमा बडघर(मुखिया)का रूपमा १८औँ पटक लवारीराम डगौरा चयन हुनुभएको छ । गाउँको सफल नेतृत्वबहन गर्न सक्षम भएकै कारण गाउँका बासिन्दाले लवारीरामलाई विसं २०५७ देखि लगातार बडघरका रूपमा चयन गर्दै आएका हुन् गाउँको नेतृत्वकर्ताका रूपमा थारू समुदायले प्रतिवर्ष बडघर चयन गर्ने गर्छन् ।...बाँकी अंश →


अझै खुलेन सहजपुर–दिपायल सडक

डोटी, ४ माघ  ,,  डोटीको विपीनगर हँुदै दिपायल जोड्ने बोगटान सडकको अहिलेसम्म ४३ किलोमिटर बाटो खुलाउन सकिएको छैन । शिलान्यास भएको ३३ वर्ष बित्दा पनि उक्त सडकखण्डको साधारण बाटोसम्म पनि नखोलिएकामा स्थानीयवासी आक्रोशित भएका छन् । विसं २०४२ मा शिलान्यास गरिएको उक्त १०८ किमी सडकमध्ये ४३ किमीमा बाटो खुल्न बाँकी...बाँकी अंश →


सहकारीमा महिलाको आकर्षण बढ्दो

बेझाड, ३ माघ  ,,  पाल्पा, रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने पार्वती न्यौपानेको आम्दानीको बाटो केही पनि थिएन । तरकारी खेती र कुखुरापालन व्यवसाय गर्ने सोच बनाएर आफन्त, साथीभाइ सबैसँग ऋणका लागि गुहार्नुभयो तर, कसैले पत्याएन । उहाँलाई छोराछोरीको पढाइ खर्च, घरव्यवहार चलाउन निकै कठिन थियो । कमाउने कोही नहुँदा आफन्त साथीभाई...बाँकी अंश →


आयोजना पार्टीकरण गरियो : काङ्ग्रेस नेता महत

नारायणपुर, ३ माघ   ,,  नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले आयोजना सञ्चालन हुन नसक्दा विकास बजेट खर्च हुन नसकेको बताउनुभएको छ । घोराहीमा दाङका पत्रकारसँगको कुरकानीमा नेता महतले विगतको सरकारले शुरु गरेका अधिकांश आयोजना अहिले अलपत्र अवस्थामा रहेको बताउनुभयो । “विगतको सरकारले देशभर १२÷१३ हजार सानाठूला आयोजना शुरु गरेको थियो...बाँकी अंश →


हुम्लामा छब्बीस किलोमिटर ग्रामीण सडक निर्माण

हुम्ला, ३ माघ  ,,  जिल्लाका सातवटै गाउँपालिकाले आर्थिक वर्ष २०७४÷७५ मा २६ किमी ग्रामीण सडक निर्माण गरेका छन् । सडकलाई पहिलो प्राथमिकता दिँदै स्थानीय सरकारले उक्त आर्थिक वर्षमा वार्षिक योजना तय गरेरै सडकको निर्माण गरेका हुन् । सडक सञ्जाललाई गाउँपालिकाको विकासका लागि पहिलो प्राथमिकतामा राखेको सिमकोट गाउँपालिकाले गत वर्ष पाँच...बाँकी अंश →


दार्चुला–तिङ्कर सडकः दश वर्षमा ३२ किमी साधारण बाटो खुला

दार्चुला, ३ माघ  ,,   केन्द्रीय सरकारकारको महाकाली करिडोर योजना अन्तर्गत दार्चुला– तिङ्कर सडकको १० वर्षमा ३२ किलोमिटर साधारण बाटो खुला गरिएको छ । उक्त बाटोका लागि रू तीस करोड १७ लाख बजेट छुट्याइएको थियो । सात महीनाअघि गत असार १० गते बझाङ जिल्लाको कालाङगाड जलविद्युत् आयोजनाबाट विष्फोटक पदार्थ आइसकेपछि विजयपुरका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter