०३ माघ २०८१

प्रदेश ७

पाँच किलो बढी अवैध सुन बरामद

कञ्चनपुर, ३ फागुन   ,,    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका सुरज तिरुवाको गोठमा लुकाइराखेको अवस्थामा प्रहरीले गए राति पाँच किलो ६०० ग्राम अवैध सुन बरामद गरेको छ । इलाका प्रहरी कार्यालय झलारीका अनुसार राति १ बजेको समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले छापा मारी...बाँकी अंश →


गाउँमा डोजर भित्रिएपछि मजदुर विस्थापित

डोटी, ३ फागुन  ,,  जिल्लाका स्थानीय तहले निर्माण गर्ने सडक उपभोक्ता समितिमार्फत गर्ने भनिए पनि यहाँका गाउँगाउँमा डोजर र स्काभेटर प्रयोग गरेर सडक निर्माण भइरहेका छन् । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने हिसाबले उपभोक्ता समितिको अवधारणा आए पनि स्थानीय तहले मेसिन प्रयोग गरेर सडक निर्माण गरिरहेको स्थानीयवासीको आरोप छ । गाउँमा...बाँकी अंश →


पर्यटक भित्र्याउन पूर्वाधारमा जोड दिनुपर्छ ,, उपराष्ट्रपति पुन

कञ्चनपुर, २ फागुन   ,,   उपराष्ट्रपति नन्दबहादुर पुनले कञ्चनपुर बेदकोट नगरपालिका–४ स्थित शिवलिङ्गेश्वर (लिङ्गा) क्षेत्रको आज विहान स्थलगत अवलोकन गर्नुभएको छ । सो अवसरमा उहाँले भौतिक पूर्वाधार निर्माण गर्न सके यहाँ आन्तरिक र बाह्य धार्मिक पर्यटकलाई भित्र्याउन सकिने उल्लेख गर्दै धार्मिक पर्यटकका लागि उच्च सम्भावना बोकेको यस क्षेत्रको विकासका लागि सम्बन्धीत...बाँकी अंश →


झुलाघाटमा पक्की पुल निर्माणको माग

बैतडी, २ फागुन   ,,  भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा पक्की पुल निर्माणका लागि बैतडीवासीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । केही दिनअघि गठन गरिएको पुल निर्माण दबाब समितिले प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेमार्फत बुधबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । झुलाघाट नाकामा करीब डेढ सय वर्षअघि निर्माण गरिएको झोलुङ्गे पुलबाट आवतजावत भइरहेकाले...बाँकी अंश →


आन्तरिक पर्यटक बढाउन गन्तव्य यात्रा

मार्तडी, २ फागुन  ,,   धार्मिक तथा पर्यटकीय दृष्टिले प्रसिद्ध तर प्रचारप्रसार हुन नसकेको कालाजग्रामा आन्तरिक तथा बाह्य पर्यटक बढाउनका लागि बडिमालिका नगरपालिकाले गन्तव्य यात्रा शुरु गरेको छ । आज बिहानदेखि नै सदरमुकाम मार्तडीबाट सोही नगरपालिका–७ मा पर्ने पोरखेगढी र कालाजग्रामा सो यात्रा शुरु गरिएको बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले बताउनुभयो...बाँकी अंश →


स्वास्थ्य संस्थालाई सोलार वितरण

बैतडी, १ फागुन  ,,   स्वास्थ्य सेवा प्रभावकारी बनाउन बैतडीको दुर्गम सिगास गाउँपालिकाले गाउँपालिकाभरिका सबै स्वास्थ्य संस्थामा सोलार वितरण गरेको छ । गाउँपालिकाभरि रहेका १७ स्वास्थ्य संस्था, सामुदायिक स्वास्थ्य एकाइ र प्रसूति सेवा केन्द्रमा सोलार सेट वितरण गरिएको सिगास गाउँपालिकाका स्वास्थ्य सहसंयोजक जनकसिंह धामीले जानकारी दिनुभयो । रातिको समयमा समेत सेवा...बाँकी अंश →


चट्याङले टेलिकमको टावरमा क्षति हुँदा सेवा अवरुद्ध

बाजुरा, १ फागुन  ,,  चट्याङ लागेर जिल्लाको छेडेदह गाउँपालिकामा रहेको नेपाल टेलिकमको रेडियो रिपीटरटावरमा चट्याङ पर्दा फोन सेवा अवरुद्ध भएको छ । खप्तड छेडेदह गाउँपालिका–७ छेडेदहको जङ्गलमा रहेको नमस्ते फोनको टावरमा चट्याङ लागेर क्षति पुगेको वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिनुभयो । टावर र सोलारमा क्षति पुगेपछि सो क्षेत्रको नमस्ते फोन...बाँकी अंश →


कुष्ठरोगका नयाँ बिरामी

डडेल्धुरा, २९ माघ ,,   सरकारले सन् २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि प्रत्येक वर्ष कुष्ठरोगका नयाँ बिरामी थपिँदै गएका छन् । डडेल्धुरामा मात्रै प्रत्येक वर्ष ३–४ जनामा कुष्ठरोग देखिने गरेको यहाँको उपक्षेत्रीय अस्पतालले जनाएको छ । अस्पतालले पाँच वर्षको अन्तरालमा ९३ कुष्ठरोगीको उपचार गरेको जनाएको छ । गत...बाँकी अंश →


बजेट खर्च निरासाजनक

बैतडी, २९ माघ  ,,   सुदूरपश्चिम प्रदेश सरकार मातहत स्थापना भएका बैतडीका कार्यालयहरुको ६ महीनाको खर्च स्थिती हेर्दा निराशाजनक देखिएको छ । विकास निर्माणसँग सम्बन्धित कार्यालयले चालू आर्थिक वर्षको छ महीना पूरा हुँदासमेत विकास खर्च बढाउन सकेका छैनन् । जिल्लाका रणनीतिक सडक, सडक पुल र ठूलाठूला झोलुङ्गे पुल निर्माणको जिम्मा पाएको...बाँकी अंश →


टीकापुर महोत्सवमा एक करोड कारोवार

लम्की, २९ माघ  ,,   टीकापुर महोत्सवमा रु एक करोड बराबरको कारोवार भएको छ । ‘औद्योगिक, सांस्कुतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना, समृद्ध सुदुरपश्चिमको परिकल्पना’ नाराका साथ ११ दिनसम्म चलेको सो महोत्सवमा रु २७ लाख ६३ हजारको टिकट बिक्री भएको थियो । महोत्सव आयोजक स्टल व्यवस्थापन उपसमितिका संयोजक गणेश रेग्मीका अनुसार...बाँकी अंश →


आप्रवासी कामदारको निःशुल्क बीमा

बैतडी, २८ माघ  ,,   पाटन र दशरथचन्द नगरपालिकाका विभिन्न वडाका नागरिकको धमाधम निःशुल्क बीमा गर्न थालिएको छ । गत मङ्सिरदेखि हालसम्म पाटनमा ७५ तथा दशरथचन्द नगरपालिकामा ४५ आप्रवासी कामदारको बीमा गरिएको छ । “काम गर्न भारत जाने नागरिकको दुर्घटना बीमा गर्न थालिएको छ”, पाटन नगरपालिकाका नगरप्रमुख केशवबहादुर चन्दले भन्नुभयो ।...बाँकी अंश →


‘भ्यूटावर’ निर्माण गरिने

दार्चुला, २७ माघ  ,,  महाकाली नगरपालिका–१ छापरीमा पर्यटन प्रवद्र्धनको लागि दृश्यावलोकन स्तम्भ‘भ्यूटावर’ निर्माण गरिने भएको छ । चालू आर्थिक वर्षभित्रै भ्यूटावर निर्माणका लागि सर्भे गर्ने काम भएको महाकाली नगरपालिकाले जनाएको छ । जी फोर्स विल्र्डस एण्ड कन्सल्र्ट प्रालि काठमाडौँबाट आएको सर्वेक्षकको टिमले भ्यूटावर निर्माणका लागि सर्भे गरेको महाकाली नगरप्रमुख हंशराज...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter