०३ माघ २०८१

प्रदेश ७

भेडापालन लोप हुँदै

बाजुरा, २७ असार  ,,   जिल्लाको स्वामीकार्तिक गाउँपालिकाका पूर्वबहादुर साहीले भेडापालन गरेको लामो समय भयो । उमेरले ६० वर्ष नाघिसक्नुभएका साहीसँग अहिले १०० भन्दा बढी भेडा छ तर पछिल्लो समय यस क्षेत्रमा भेडापालन व्यवसाय नै लोप हुन थालेको उहाँले बताउनुभयो । वनजङ्गलमा चराउने ठाउँ नहँुदा र विभिन्न रोगका कारण भेडा मर्न...बाँकी अंश →


आलेख ः द्वन्द्वले उजाडिएको डोटीको छेडा गाउँ

डोटी, २६ असार   ,,   डोटीको बडीकेदार गाउँपालिका–२ को छेडा गाउँ हिजोआज सुनसान छ । पहिलेको बर्छैन गाविसअन्तर्गत पर्ने यो गाउँमा राम्रै बसोबास थियो । अहिले गाउँमा न मान्छेको चहलपहल हुन्छ न त कसैको आवतजावत नै । विसं २०५९ वैशाख १९ गते उक्त गाउँमा तत्कालीन शाही नेपाली सेना र माओवादी विद्रोहीबीच...बाँकी अंश →


नयाँ पक्की बाँध निर्माणपछि सिँचाइको सुविधा

कैलालीको मोहना सिँचाइ आयोजनाको मुहानमा पक्की नयाँ बाँध निर्माणले स्थानीय कृषकलाई सिँचाइको सुविधा पुग्ने भएको छ । नयाँ बाँध निर्माणपछि उक्त आयोजना निर्माण भएको ३२ वर्षपछि उपभोक्ताले सिँचाइ सुविधा पाउने देखिएको हो । यसअघिसम्म आयोजनाको मुहानमा निर्माण गरिने बाँध पटकपटक भत्किने गरेका कारण उपभोक्ता सिँचाइ सुविधाबाट वञ्चित भएका थिए ।...बाँकी अंश →


‘ग्रीन तुलसीपुर क्लिन तुलसीपुर’ अभियानको १५०आँै हप्ता

दाङ, २५ असार  ,,  तुलसीपुर उपमहानगरपालिका–७ का ७५ वर्षीय खुमानन्द अधिकारी प्रत्येक मङ्गलबार बिहान कम्तीमा दुई किलोमिटर पैदल हिँडेर तुलसीपुर पुग्नुहुुन्छ । दुई किलोमिटर पैदल हिँड्नु उहाँको बाध्यता र रहर होइन, सरसफाइ कार्यक्रममा सहभागी हुन उहाँ तुलसीपुर आउने गर्नुहुन्छ । सफाइ कार्यक्रममा एक घण्टा खट्नुहुन्छ र फेरि पैदलै हिँडेर घर...बाँकी अंश →


शिक्षकको कुटाइबाट घाइते विद्यार्थीको मृत्यु

भीमदत्तनगर, २५ असार  ,,  कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयका एक विद्यार्थीको मृत्यु भएको छ । गत असार १३ गते शिक्षकको कुटाइबाट घाइते भएका कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीको उपचारका क्रममा भारतको भोजीपुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णनन्द भट्टले जानकारी दिनुभयो । “यसअघि सो...बाँकी अंश →


मलको आपूर्ति

धनगढी, २३ असार  ,,  कैलाली जिल्लामा रासायनिक मल डिएपीको अभावका कारण कृषक समस्यामा परेपछि सरकारले रासायनिक मल आपूर्ति गर्न पहल गरेको छ । सङ्घीय सरकार र प्रदेश सरकारको पहलमा डिएपी मल आपूर्ति भई आजबाट कैलालीको धनगढी र बौनिया गरी दुई ठाउँबाट बिक्री वितरण शुरु गर्न लागिएको साल्ट ट्रेडिङ कर्पोरेशनको धनगढी...बाँकी अंश →


चार महीनामै स्याउ फल्दा किसान हर्षित

बाजुरा, १८ असार   ,,   जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको चाखुडेथला आधारभूत विद्यालयमा परीक्षणस्वरुप लगाइएका स्याउ यसै वर्ष फलेको छ । विद्यालय परिसरमा गत चैत महीनामा लगाइएका एक हजार बोट स्याउ फल्न थालेको विद्यालयले जनाएको छ । गाउँपालिकाले गत चैत महीनामा रोपेका स्याउले फल दिन थालेको गाउँपालिकाका कृषि शाखाका प्राविधिक निरेश कट्टेलले...बाँकी अंश →


स्थानीयवासीलाई बाढी र पहिरोको चिन्ता

डोटी, १७ असार  ,,  जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश बासिन्दालाई हिजोआज बाढी र पहिरोको चिन्ता बढ्न थालेको छ । वर्षा यामसँगै ग्रामीण बस्तीमा बाढी तथा पहिरोको जोखिम बढ्ने भएकाले यहाँका बासिन्दामा चिन्ता बढ्न थालेको हो । वर्षाको समय शुरु भएकाले यहाँका बासिन्दालाई कतिबेला कहाँबाट बाढी र पहिरो आउने हो भन्ने चिन्ताले...बाँकी अंश →


डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर्ने अभियान

कञ्चनपुरका सात नगरपालिकामा डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गरिने अभियान सञ्चालन हुने भएको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको भाइरस नियन्त्रण गर्नका लागि अभियान सञ्चालन हुन लागेको हो । दुई दिनभित्रै शुक्लाफाँटा, वेदकोट, कृष्णपुर, भीमदत्त, महाकाली, बेलौरी र पुनर्वास नगरपालिकाका शहरी र शहरोन्मुख क्षेत्रमा लार्भा...बाँकी अंश →


जीप दुर्घटनामा छ घाइते एकको अवस्था चिन्ताजनक

डोटी, १६ असार ९रासस० ः जिल्लाको पश्चिमी क्षेत्रस्थित आदर्श गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा छजना घाइते भएका छन् । उक्त गाउँपालिकाबाट सायल गाउँपालिकातर्फ जाँदै गरेको से १ च ९१७ नं को जीप गजेडा भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । घाइते छमध्ये चालक कटक सितालको अवस्था...बाँकी अंश →


बैतडीमा ४० प्रतिशत रोपाइँ सम्पन्न

बैतडी, १५ असार  ,,  यहाँ ४० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र बैतडीका अनुसार रोपाइँ हुने कूल क्षेत्रफलमध्ये ४० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जिल्लाका अधिकांश स्थानमा सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्दा यो वर्ष रोपाइँ ढिला शुरु भएको हो । सिँचाइ सुविधा भएका...बाँकी अंश →


बाजुरामा ३० प्रतिशत रोपाइँ सम्पन्न

बाजुरा, १५ असार   ,,  यतिबेला कृषक रोपाइँको चटारोमा व्यस्त छन् । तर, असारको मध्यभागमा आइसक्दा पनि पानी नपर्दा खेतीयोग्य जमीनमा पर्याप्त मात्रामा सिँचाइ सुविधा नभएपछि कृषकलाई खेतमा धान रोप्न अझै समस्या उत्पन्न भएको छ । कृषकले अघिल्ला वर्षहरुमा असार १५ गतेभित्र जिल्लाका अधिकांश खेतीयोग्य जमीनमा धान रोपेर सक्ने गरेका थिए...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter