२६ फागुन २०८१

समाचार

उड्डयन क्षेत्रको सुधारले हवाई दुर्घटना दर घट्यो ः पर्यटनमन्त्री भट्टराई

काठमाडौँ, ९ असोज    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालको विशिष्टीकृत भौगोलिक वनावट तथा छिटोछिटो परिवर्तन हुने मौसमी अवस्थाका बाबजुद उड्डयन क्षेत्रमा हवाई दुर्घटनाको दर घटेको बताउनुभएको छ । क्यानाडाको मन्ट्रियलमा जारी अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को ४० औँ महासभालाई सम्बोधन गर्दै मन्त्री भट्टराईले पछिल्लो समय नेपालले...बाँकी अंश →


मेगा बैंकले लाभांश दिने

काठमाडौँ, ९ असोज  मेगा बैंकले आफ्ना शेयरधनीलाई कूल ११ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७५÷७६ सम्मको सञ्चित मुनाफा तथा वितरणयोग्य अन्य कोषबाट हाल कायम भएको चुक्ता पूँजी रु १० अर्ब ३८ करोड ८६ लाख २१ हजार ४५३ को ११ दशमलव ७५ प्रतिशतले हुन...बाँकी अंश →


५० ‘चार्जिङ स्टेशन’ बनाउँदै प्राधिकरण

काठमाडौँ, ९ असोज  तीन वर्ष पहिले नियमित विद्युत् पाउनु नै नेपालीका लागि ठूलो सपना जस्तै थियो । विद्युत्को माग र आपूर्तिको व्यवस्थापन नहुँदा देशले चर्कोरुपमा विद्युत्भार कटौतीमा पर्नुपरेको थियो । पछिल्ला दिनमा धेरैले असम्भव जस्तै मानेको नियमित विद्युत्को उपलब्धता पछि नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपतका नयाँनयाँ योजना अगाडि सारेको छ...बाँकी अंश →


फेवाताल बचाउन पहल

पोखरा, ९ असोज  पर्यटकीय नगरी पोखरास्थित फेवातालमा फैलिएको जलकुम्भी झारले ताललाई कुरुप बनाइरहेका अवस्थामा यसलाई बचाउन बृहत् सरसफाइ अभियान शुरु गरिएको छ । वर्षासँगै विभिन्न खोलाले बगाएर ल्याएको जलकुम्भी र करौँते झारका कारण कुरुप बनेको फेवाताललाई सफा र शुद्ध बनाउने लक्ष्यका साथ अभियान थालिएको हो । फेवातालको बीच भागमा अवस्थित...बाँकी अंश →


दर्ता दस्तुर छुट भएपछि महिला उद्यमी बढ्यो

लहान, ९ असोज    घरको काममा सीमित रहँदै आउनुभएकी सिरहाको नवराजपुर–४ की सरिता कुमारी यादव यतिबेला गाउँ नजीकैको चौकमा जनरल स्टोर्स सञ्चालन गर्न थाल्नुभएको छ । गत साउन २५ गते घरेलु तथा साना उद्योग कार्यालय लहानमा सरिता जनरल स्टोर्स दर्ता गराउनुभएकी सरिता यतिबेला असल गृहणीसँगै सफल व्यापारी पनि बन्ने अभियान...बाँकी अंश →


आइसिसी वरियतामा पारस, सोमपाल र वसन्त

काठमाडौँ, ९ असोज  अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टी ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का २७ औँ स्थानमा छन् ।आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान खड्कासँगै वसन्त रेग्मी र सोमपाल कामी पनि परेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका उनी अलराउन्डरतर्फ २७ औँ स्थानमा...बाँकी अंश →


विद्युत् सेवा अवरुद्ध, बस्ती अन्धकार

रुकुमपूर्व, ९ असोज  भुमे गाउँपालिकाका विभिन्न बस्ती शनिबारदेखि अन्धकार भएका छन् । गाउँपालिकाको वडा नं २ स्थित त्रिवेणी लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सेवा अवरुद्ध हुँदा बस्ती अन्धकार भएको हो । विद्युत् सेवा अवरुद्ध भएपछि वडा नं २ का गाबाङ, काँक्री, दहबाङ, आरुडाना, सैपातुङ, जङ्गाधाराखा र खाबाङ बस्तीका ५०० घरधुरी अन्धकार...बाँकी अंश →


लाशमाथिको ‘महाभोज’

काठमाडौँ, ९ असोज    ‘बेवारिसे लाशलाई लुछिलुछी खाँन्छन् गिद्धहरुले, तर मेरो लास बेवारिसे होइन, मेरो आमा छिन् र बा पनि’, काठमाडौँको अनामनगरस्थित मण्डला थिएटरको प्रेक्षालयमा आवाज गुञ्जिन्छ । चकमन्न थिएटरको अँध्यारो कोठामा भरिभराउ दर्शकको मन सिरिङ्ग पार्नेगरी आएको दृश्यसहितको आवजलेनै बोलिरहेको थियो कारुणिक कथा । सन् १९३१ मा भारतको मध्यप्रदेशमा...बाँकी अंश →


हराउँदै छ कमल

चिप्लेढुङ्गा, ९ असोज  पोखरा महानगरलाई तालैतालको शहर भनेर चिनिन्छ । यहाँ मात्रै फेवाताल, रुपाताल, बेगनास, खास्टे, मैदी, दिपाङ, गुँदे, न्युरेनी, कमलपोखरी ताल छन् । अस्तित्वमा रहेका फेवा, बेगनास र रुपातालले तालले शहरको चिनारी गर्नाका साथै पोखराको सुन्दरतालाई जोगाइरहेका पनि छन् तर बाँकी छ तालले भने संरक्षणको अभावमा आफ्नो अस्तित्वसमेत गुमाइरहेका...बाँकी अंश →


आलेख ः डेरीबाट स्वरोजगार बन्दै युवा

इलाम, ९ असोज    इलाम नगरपालिका वडा नं १२ का राजिन राई १८ वर्ष मै खाडी मुलुक हानिए । घरको आर्थिक समस्या गहिरिए पछि उनले विदेशिनुको विकल्प देखेनन् । दुई लाख खर्च गरेर राजिन मलेशिया त हानिए तर विदेशमा पैसा कमाउनुको पीडा उनलाई मलेशिया पुगेपछि मात्र थाहा भयो । दुःख...बाँकी अंश →


गिलुङमा पर्यटन महोत्सव हुने

पोखरा, ९ असोज  लमजुङको क्होलोसोथर गाउँपालिका–९ स्थित गिलुङमा आगामी कात्तिक २९ र ३० गते ‘गिलुङ पर्यटन महोत्सव २०७६’ हुने भएको छ । महोत्सवबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गिलुङ समाज पोखराका अध्यक्ष दूधमान गुरुङ (आशिष)ले गाउँको पर्यटकीय विकासमा टेवा पु¥याउँदै स्थानीयवासीको आयआर्जन वृद्धि गर्ने, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा...बाँकी अंश →


भगवान् बनाइँदै

राँझा, ९ असोज  बाँकेको जानकी गाउँपालिका– ६ कैरातीपुर निवासी राजकुमार हरिजनको दैनिकी माटासँगै बित्छ । दिनरात उहाँ माटाबाट भगवान्का विभिन्न आकृति बनाउन व्यस्त हुनुहुन्छ । नेपालगञ्ज–कोहलपुर चारलेन सडकको किनारमा निर्मित अस्थायी टिनको टहराभित्र र बाहिर यतिबेला बन्दै गरेका भगवान्को आकृति भरीभराउ छन् । सानै उमेरदेखि मूर्ति बनाउने काम गर्दै आउनुभएका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter