०३ माघ २०८१

समाचार

प्रदेशसभाको दोसो अधिवेशन शुरु

धनगढी, २ जेठ (रासस)ः प्रदेश नं ७ प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि शुरु भएको छ । आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आव २०७५÷७६ का लागि ल्याइने बजेटको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति (कर प्रस्तावबाहेक) मा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो । बैठकमा आर्थिक मामिला तथा योजना...बाँकी अंश →


काँगे्रसले विषयगत समितिमार्फत धारणा व्यक्त गर्ने

काठमाडौँ, २ जेठ (रासस) ः नेपाली काँग्रेसले नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा विषयगत समिति गठन गरी पार्टीको ठोस धारणा व्यक्त गर्ने भएको छ । काँग्रेस संसदीय दलको आज बसेको बैठकले सरकारद्वारा चालु संसद अधिवेशनमा प्रस्तुत गरिने बजेट र नीतिका सम्बन्धमा विषयगत समितिमार्फत छलफल गर्ने निर्णय गरेको हो । बैठकले...बाँकी अंश →


मातृभाषा र लिपि संरक्षणमा नयाँ पुस्तालाई जिम्मेवार बनाउनुपर्छ

हेटौँडा, २ जेठ (रासस) ः प्रदेश नं २ का मुख्यमन्त्री डोरमणि पोैडेलले दुर्गम भेगमा बसोबास गर्ने जातिका लोप हुन लागेको मातृभाषा, लिपि र सांस्कृतिक धरोहरलाई जीवन्त राख्न जिम्मा युवा पुस्तालाई दिनुपर्ने र भाषा आयोगले यसमा सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालय र भाषा आयोगको संयुक्त आयोजनामा...बाँकी अंश →


सडक र ट्राफिक व्यवस्थापनका निर्णय कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, २ जेठ (रासस) ः गृहमन्त्री रामबहादुर थापाले सडक र ट्राफिक व्यवस्थापनका विषयमा यसअघि गरिएका निर्णयलाई कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । आज गृह मन्त्रालयमा गृह सचिव, विभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधि, नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौँ, ललितपुर महानगरपालिका प्रमुख, काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको बैठकमा...बाँकी अंश →


खाजा खाएर दुई हजार नक्कली नोट तिर्दा…

काठमाडौँ, २ जेठ (रासस) ः काठमाडौँका विभिन्न स्थानबाट रु दुई करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित छ जनालाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी परिसरअन्तर्गतको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको सक्रियतामा उक्त रकमसहित सुर्खेतका महेन्द्र बोगटी, सिन्धुलीका सुजित तामाङ, साजन तामाङ, काठमाडौँका माधवराज वाग्ले, धादिङका प्रकाश सुवेदी र...बाँकी अंश →


पार्टी एकता निर्णायक मोडमा

काठमाडौँ, २ जेठ (रासस) ः नेकपा (एमाले) को आजको स्थायी कमिटी बैठकले नेकपा (माओवादी केन्द्र) सँगको एकता प्रक्रिया निर्णायक बिन्दुमा पुगेको ठहर गरेको छ र चाँडै मिति घोषणाका लागि पार्टी एकता संयोजन समितिको बैठकलाई पर्खिने निर्णय गरेको छ । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान केन्द्रका अध्यक्ष...बाँकी अंश →


प्रगतिशील भारतीय लेखक नेपालमा

काठमाडौँ, २ जेठ (रासस)ः राजस्थान प्रगतिशील लेखक संघको चार सदस्यीय प्रतिनिधिमण्डलले आज प्रेस काउन्सिल नेपालको कार्यालयको अवलोकन भ्र्रमण ग¥यो । भ्रमणका अवसरमा काउन्सिलद्वारा आयोजित छलफल कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य सचिव तथा सूचना विभागका महानिर्देशक बालकृष्ण घिमिरेले आपसी सहकार्यबाट नेपाल र भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउनुपर्ने धारणा राख्नुभयो । संघका...बाँकी अंश →


एकैदिन करिब एक सय आरोही सगरमाथाको शिखरमा

सल्लेरी, सोलुखुम्बु, २ जेठ (रासस) ः सगरमाथा आरोहणको आज चौथो दिन एकैपटक करिब एक सयजनाले शिखरको चुचुरोमा पाइला टेकेका छन् । विभिन्न आरोहणदलबाट गएकाले फरक फरक समयमा भएपनि एकैदिन ९४ जनाले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका सम्र्पक अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । आरोहणको तेस्रो दिन मौसम प्रतिकूलताका कारण...बाँकी अंश →


‘पूरा काम, पूरा दामको व्यवस्था होस्’

काठमाडौँ, २ जेठ (रासस)ः नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएशनका कर्मचारीले तलब बढाउनुपर्ने माग गरेका छन् । एशोसिएशनका कर्मचारीले आज सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटासँग भेट गरी आफूहरुको तलब स्केल अत्यन्त कम भएको भन्दै खरिदारसरह बनाउनुपर्ने माग गरेका हुन् । एशोसिएशनका कर्मचारीले राज्यमन्त्री बाँस्कोटासमक्ष कार्यालय कोठाको व्यवस्था गरिनुपर्ने, कार्यालय...बाँकी अंश →


‘सरकारले मातृभाषाका पत्रिकालाई लोककल्याणकारी विज्ञापन देओस्’

काठमाडौँ, २ जेठ (रासस) ः मातृभाषा पत्रकारिताको विकासमा राज्यको सहयोगी भूमिका अपेक्षित रहेको सरोकारवालाहरुले बताएका छन् । नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजना तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघको संयोजनमा आज यहाँ आयोजित ‘मातृभाषा पत्रकारिता सम्मेलन’ मा वक्ताहरुबाट मुलुकभित्र प्रचलित विभिन्न मातृभाषाको उन्नयनका लागि मातृभाषा पत्रकारिता आवश्यक रहेको र यसको प्रवद्र्धनका...बाँकी अंश →


प्रदेश ४ मा कानून निर्माण प्रक्रियाले गति लिँदै

पोखरा, २ जेठ (रासस)  प्रदेश नं ४ मा कानून निर्माण प्रक्रियाले गति लिएको छ । प्रदेशमा हालसम्म सात वटा विधेयक पारित भई राजपत्रमा प्रकाशित भइसकेको र १५ वटा कानूनको मस्यौदालाई मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति प्रदान गरिसकेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म आन्तरिक...बाँकी अंश →


भारतीय प्रधानमन्त्रीको घोषणाबाट क्यान्सर अस्पतालमा आशाको सञ्चार

भक्तपुर, २ जेठ (रासस)  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपाल भ्रमणका बेला भक्तपुर दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पताललाई भाभाट्रोन रेडियो थेरापी उपकरण दिने घोषणा भएसँगै अस्पतालमा क्यान्सरका बिरामीलाई सहजरुपमा गुणस्तरीय रेडियो थेरापी सेवा दिन सकिने आशा पलाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा ऋषिकेश नारायण श्रेष्ठले भारतीय प्रधानमन्त्री मोदीबाट क्यान्सर बिरामीको उपचारमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter