काठमाडौँ, ३ जेठ (रासस) लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने थामिएको छ । थामिएको बजार १.६४ बिन्दुले उकालो लागेर एक हजार ३३९.६५ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.२३ बिन्दुले बढेर २८२.३० बिन्दुमा पुगेको छ । दुई...बाँकी अंश →
बुटवल, ३ जेठ (रासस) रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ स्थित मणिग्राममा बुधबार बेलुका गोली प्रहारबाट घाइते व्यक्तिको आज मृत्यु भएको छ । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइसेन्समा उपचार गराइरहेका घाइते रामकेश धवलको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो । प्रहरीले...बाँकी अंश →
काठमाडौँ, ३ जेठ (रासस) गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले मुलुकका सबै जातजाति र समुदायलाई जोडेर अगाडि बढेमात्र देश विकास हुने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजको स्थापना दिवस एवं साधारणसभाका अवसरमा आज यहाँ आयोजना गरिएको ‘प्रजातान्त्रिक योद्धा सम्मान’ कार्यक्रममा उहाँले लामो समयपछि मुलुकमा परिवर्तन आएको भन्दै यसलाई बचाउनका...बाँकी अंश →
बाबियाचौर, म्याग्दी, ३ जेठ (रासस) विदेशबाट फर्किएका युवाले वातावरण प्रदूषण कम गर्न काम नलाग्ने टायरलाई प्रशोधन गरेर घरायसी सामान निर्माण गर्ने उद्योग सञ्चालन गरेका छन् । जलजला गाउँपालिका–३ मल्लाजका दिपेश केसी, रघुगंगा गाउँपालिका–२ भगवतीका सुगम खत्री र डेनिश थापाले टायरबाट हस्तकलाका सामग्रीसँगै घर, रेष्टुराँ, बगैँचा र होमस्टेका लागि सजावटका सामग्री...बाँकी अंश →
बागलुङ, ३ जेठ (रासस) हवाई भाडा चर्को भएको जनगुनासो बढेपछि बेलवा–काठमाडौँ उडानको भाडादर समायोजन भएको छ । नेपाल वायु सेवा निगमले नयाँ भाडादर रु पाँच हजार ६०० कायम गरेको छ । काठमाडौँदेखि बलेवा उडानको भाडा रु पाँच हजार ८०० तोकिएको छ । यसअघि निगमले दुवैतर्फको उडानमा प्रतियात्रु रु ६ हजार...बाँकी अंश →
केयरखबर/काठमांडौ नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रको एकता प्रक्रियालाई एकता संयोजन समितिको बैठकले टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटमा आज बसेको एकता संयोजन समितिको बैठकले सो प्रक्रियालाई टुंगो लगाएको हो । दुई पार्टी बीचको एकताका विषयमा बुधबार सहमति जुटेको थियो । एकता संयोजन समितिको बैठकमा एकताका विषयमा भएका प्रगति...बाँकी अंश →
ایجنسیاں 17 مئی /2018 یورپی یونین کے صدر ڈونلڈ ٹسک نے امریکی صدر ڈونلڈ ٹرمپ کو شدید تنقید کا نشانہ بناتے ہوئے کہا ہے کہ ’ان جیسے دوستوں کے ہوتے ہوئے ہمیں دشمنوں کی کیا ضرورت ہے؟' انھوں نے بلغاریہ میں ایک اجلاس کے دوران یورپی رہنماؤں پر زورد دیا...बाँकी अंश →
ललितपुर, ३ जेठ (रासस) नेपालीमा सङ्ग्रहालय घुम्ने बानीको विकास हुन थालेको छ । पाटन सङ्ग्रहालयमा केही वर्षयता आन्तरिक पर्यटकको चाप बढ्दै गएको सङ्ग्रहालयका प्रमुख सुरेश लाखेले बताउनुभयो । “अवलोकन गर्न आउनेमा विद्यार्थी बढी रहेका छन्,” उहाँले भन्नुभयो । पहिले केशवनारायण चोकमा मात्र रहेको सङ्ग्रहालय अहिले मूल चोक र सुन्दरी चोकसम्म...बाँकी अंश →
हेटौँडा, ३ जेठ केयर खबर / प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आर्थिक वर्ष २०७५÷७६ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको सन्दर्भको ‘पूर्व बजेट’ प्रस्तुत गर्नुभएको छ । आज बसेको प्रदेश नं ३ को प्रदेशसभाको बैठकमा उहाँले २०७५÷७६ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत...बाँकी अंश →
भक्तपुर, ३ जेठ/ केयर खबर महानगरीय प्रहरी परिषर भक्तपुरमा नयाँ आउनुभएका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले पत्रकारलाई कुनै पनि घटनाको सूचना दिँदा प्रवक्ताबाहेक अरूले नदिन कडा निर्देशन दिनुभएको छ । उक्त परिषरले आयोजना गरेको मोफसलका पत्रकारसँगको छलफलमा परिषरका प्रवक्ताले बाहेक प्रहरी वृत्त थिमि र जगातेका प्रमुख तथा प्रहरी परिषर मातहतका अन्यले...बाँकी अंश →
भक्तपुर, ३ जेठ केयर खबर : सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षाका लागि सूर्यविनायक नगरपालिकाले यहाँका सामुदायिक विद्यालयहरुसँग २७ बुँदे कार्यसम्पादन सम्झौता गरेको छ । नगरपालिकाले आयोजना गरेको भेलामा बृहत् छलफल पछि नगर भित्रका ४० सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु र नगर प्रमुखबीच सम्झौता भएको हो । नगरपालिकाका प्रमुख वासुदेव थापाले विद्यालयको व्यवस्थापकीय सुधार...बाँकी अंश →
बनेपा, ३ जेठ (रासस) काभ्रेपलाञ्चोकका किसान यसवर्षको आलु उत्पादनबाट त्यति सन्तुष्ट छैनन् । विगतको तुलनामा आलु कम फल्नुका साथै उचित मूल्य नपाएपछि किसान चिन्तित बनेका हुन् । यसवर्ष खन्ने मौसममा असिनापानी परेपछि किसान आलु बिग्रन्छ कि भन्ने चिन्तामा छन् । पनौती नगरपालिका–९ फिरफिरेका नवराज श्रेष्ठ उत्पादन कम भएको बताउनुहुन्छ ।...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: