१५ फागुन २०८१

समाचार

नक्कली नागरिकता लिने भारतीय कारबाहीमा

विराटनगर, ९ जेठ (रासस)  किर्ते कागजका आधारमा एक जना भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएकोमा त्यसको छानबिन गरी आवश्यक कारबाही गर्न माग गरिएको छ । भारत बिहार अररिया जिल्लाका ३५ वर्षीय मुजफ्फर हुसैनले किर्ते कागजका आधारमा रंगेली नगरपालिका–८ बाट २०७४ माघ १७ गते नेपाली नागरिकताको प्रमाणपत्र लिएको जनाएको छ ।...बाँकी अंश →


जोशी अमेरिकी विश्वविद्यालयका पहिलो नेपाली डीन

काठमाडौँ, ९ जेठ (रासस)  तनहुँमा जन्मेर अमेरिकामा बसोबास गर्दै आउनुभएका डा जीत जोशी एक अमेरिकी विश्वविद्यालयको पहिलो नेपाली डीन बन्नुभएको छ । आजभन्दा झण्डै तीन दशकअगाडि अमेरिका पुग्नुभएका उहाँ हाल अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जेल्समा बस्दै आउनुभएको छ । डा जोशी क्यालिफोर्निया स्टेट युनिभर्सिटी लङ्बीच युनिभर्सिटीका डीन एवं सोही विश्वविद्यालयको अन्तर्राष्ट्रिय...बाँकी अंश →


नीति तथा कार्यक्रममाथि ६ वटा संशोधन प्रस्ताव दर्ता

काठमाडौँ, ९ जेठ (रासस)  सरकारले संघीय संसद्मा प्रस्तुत गरेको आव २०७५÷७६ को नीति तथा कार्यक्रममाथि छ वटा संशोधनका सूचना दर्ता भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका डा मीनेन्द्रप्रसाद रिजाललगायत १७ सांसदले प्रस्तुत गरिएको संशोधनमा राष्ट्रपतिबाट भएको नीति तथा कार्यक्रमको सम्बोधन विभिन्न ठाउँमा सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई सम्बोधन गर्दा...बाँकी अंश →


औषधि पसलमा आगलागी तीन घर नष्ट

राजविराज, ९ जेठ (रासस)  सप्तरीको सुरुङ्गा नगरपालिका– २ भेडियास्थित एउटा औषधि पसलमा आज बिहान आगलागी हुँदा लाखौंँ मूल्य बराबरको क्षति भएको छ । स्थानीयवासी आनन्द विकले सञ्चालन गरेको औषधि पसलमा विद्युत् चुहिई आगलागी हुँदा करीब रु दश लाख मूल्य बराबरको औषधि र टिनको छानो भएको एउटा घर पूर्णरुपमा जलेर नष्ट...बाँकी अंश →


नेपाल प्रहरीद्वारा हेलिप्याड निर्माण

रसुवा, ९ जेठ (रासस)  नेपाल प्रहरीको सक्रियतामा धुञ्चेमा नयाँ हेलिप्याड निर्माण भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीको सक्रियतामा आफ्नो कार्यालयको माथिल्लो भागमा एमआई हेलिकोप्टरसमेत अवतरण गर्न सक्ने हेलिप्याड निर्माण गरिएको छ । पहिलो पटक अल्टिच्युड एयरको हेलिकोप्टर अवतरण गराई सफल परीक्षण समेत गरिएको...बाँकी अंश →


घुस लिँदै गर्दा अख्तियारको फन्दामा सुनसरीका जिल्ला शिक्षा अधिकारी: सुवेदी

कयर खबर ९ जेठ  इनरुवा। घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीलाई पक्राउ गरेको छ। बुधबार बिहान घुस लिँदै गरेको अवस्थामा सुनसरी जिसिअ सुवेदीलाई अख्तियारको टोलिले उनकै निवासबाट नियन्त्रणमा लिएको क्षेत्रीय अख्तियार दुरुपयोग कार्यालय इटहरीले जनाएको छ । एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग...बाँकी अंश →


स्वास्थ्य चौकीलाई चार रोपनी जग्गादान

रामपुर, पाल्पा, ९ जेठ (रासस)  रामपुर नगरपालिका–८ मा रहेको खालीवन स्वास्थ्य चौकीलाई चार रोपनी जग्गा दानस्वरुप प्राप्त भएको छ । यहाँका दुई घरपरिवारबाट चार रोपनी जग्गादान स्वास्थ्य चौकीलाई गरिएको हो । वडा नं ८ को कालीगण्डकी करिडोर नजिकै कुमराङमा रहेको रु ४० लाख बराबरको जग्गा स्वास्थ्य चौकीको नाममा पास भएको...बाँकी अंश →


आमाको १९ औं स्मृती दिवसमा अनाथ असहाय बालकलाई सहयोग हस्तान्तरण

कयर खबर ,कपिलबस्तु । जेष्ठ ९ । १९ बर्ष अघि दिवंगत तुल्सादेवी बर्माको १९ औं बार्षिक पूण्यतिथीमा बर्मा परिवारद्धारा कपिलबस्तु बालगृहका बच्चाहरुलाई शैक्षिक सामग्री एवं स्कुल किट हस्तान्तरण गरिएको छ । कपिलबस्तु नगरपालिका वडा नं. १ निवासी रामदेव बर्माको श्रीमती स्वर्गीय तुल्सादेवी बर्माको १९ आंै बार्षिक पुण्यतिथिमा बालगृहका बच्चाहरुलाई उक्त...बाँकी अंश →


बजेटमा पर्वतले गौरव गर्ने ठाउँ पाउँछ: अध्यक्ष तिमिल्सिना

फलेवास, पर्वत, ९ जेठ (रासस)  जिल्लावासीले आशा गरेअनुसार नै यस वर्षको बजेटमा पर्वतले गौरव गर्ने ठाउँ पाउने आश्वासन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले दिनुभएको छ । विभिन्न क्षेत्रमा क्रियाशील अगुवाको मंगलबार साँझ भएको भेटघाट कार्यक्रममा तिमिल्सिनाले बारीबेनीदेखि पर्वत, स्याङ्जा हुँदै तनहुँ गैँडाकोट जोड्ने कालीगण्डकी लोकमार्गलाई राष्ट्रिय गौरबको योजनाका रुपमा बजेट...बाँकी अंश →


भेडिया बजारमा आगलागी, चार घर जलेर नष्ट

लहान, ९ जेठ (रासस)  सप्तरीको सुरुङ्गा नगरपालिका–२ भेडिया बजारमा आज बिहान आगलागी हुँदा एउटा औषधि पसलसहित चारवटा घर जलेर नष्ट भएका छन् । स्थानीय आनन्द विश्वकर्माको घरबाट बिहान ५ बजेतिर अचानक सल्केको आगो फैलिएर आगलागी हँुदा उहाँले सञ्चालन गर्नुभएको औषधि पसलसहित दुई वटा घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको...बाँकी अंश →


महोत्तरीको बजारमा सिक्का चल्दैन

गौशाला, ९ जेठ (रासस)  केही दिनदेखि महोत्तरी जिल्लाका हाटबजारमा सिक्का पैसा चल्न छोडेको छ । जिल्ला सदरमुकाम जलेश्वरसहित विभिन्न गाउँ, शहरमा रहेका हाटबजार र पसलमा सिक्का पैसा लिन छाडेको उपभोक्ताले गुनासो गरेका छन् । जिल्लाका सयौँ गाउँ तथा दर्जनभन्दा बढी शहरका सानादेखि ठूलो पसलले अहिले खुद्रा (सिक्का) पैसा लिन छाडेको...बाँकी अंश →


केन्द्र सरकारमा २१ प्रतिशत कर्मचारीमात्र

काठमाडौँ, ९ जेठ (रासस)  संघीय सरकार मातहतमा अहिले भएका कर्मचारीको २१ प्रतिशत मात्र रहने भएका छन् । तीन तहमा कर्मचारी समायोजन गर्दा करीब २१ प्रतिशत मात्र कर्मचारी संघीय सरकार मातहतमा रहने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । उहाँले समायोजन गर्दा प्रारम्भिक चरणमा गरेको संगठन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter