१५ फागुन २०८१

समाचार

सुनसरीमा बिहानी कक्षा सञ्चालन गर्न आग्रह

इनरुवा, १० जेठ (रासस) ः सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न क्षेत्रमा रहेका विद्यालयलाई बिहानी कक्षा सञ्चालन गर्नका लागि अभिभावकले आग्रह गरेका छन् । अत्यधिक गर्मी भएकाले विद्यालयलाई बिहानी कक्षा सञ्चालन गरी बालबालिकाको सर्वाेपरि हितलाई ध्यान दिन आग्रह गरेका हुन् । सदरमुकाम इनरुवामा रहेको शारदा मावि, बलाहा र राजाजी माविलगायतका अभिभावकले...बाँकी अंश →


काभ्रेको विकट डाँडापारिको बनखुचौरबाट पनि नागरिकता वितरण

बनेपा, जेठ १० (रासस) ः काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिस्थित महाभारत गाउँपालिकाका जनताले अब नागरिकता बनाउनकै लागि जिल्ला सदरमुकाम धुलिखेलसम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । बुधबारदेखि महाभारत गाउँपालिकाको बनखुचौरमा इलाका प्रशासन कार्यालय स्थापना गरी विधिवत्रुपमा सेवा प्रवाह शुरु गरेपछि डाँडापारि बासिन्दाका लागि नागरिकता बनाउनकै लागि सदरमुकाम धाउनै पर्ने बाध्यताको अन्त्य...बाँकी अंश →


पहिरोले जलविद्युत् बगाएपछि एकवर्षदेखि अन्धकारमा

बेनी, म्याग्दी, १० जेठ (रासस) ः म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङ गाउँ एकवर्षदेखि अन्धकारमय बनेको छ । २०७४ साउन १२ गते गाउँनजिक रहेको जुगेपानी पहिरोले २५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजल विद्युत् परियोजनाको विद्युत्गृह पुरिनुका साथै नहर बगाएपछि गाउँ अन्धकार बनेको हो । विद्युत्को अभावमा विद्यालयका विद्यार्थी, स्वास्थ्य चौकीमा नियमित उपचारसहित...बाँकी अंश →


प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति सार्वजनिक

काठमाडौँ ९ जेठ (रासस) प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पद धारण गरेको ६० दिनभित्रमा सम्पत्ति विवरण सार्वजनिक गनुपर्ने कानुनअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यले आज सम्पत्ति सार्वजनिक गर्नुभएको हो । प्रधानमन्त्री...बाँकी अंश →


सञ्चार राज्यमन्त्री र सार्क महासचिवबीच भेटवार्ता

काठमाडौँ, ९ जेठ (रासस) ः सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटा र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव अमजद हुसेन बी सियालबीच आज शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरवारस्थित सञ्चार मन्त्रालयमा भएको भेटका क्रममा सार्क मुलुकमा सूचना, सञ्चार र प्रविधिको आदानप्रदानबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।...बाँकी अंश →


जिससमा अख्तियारको छापा

नुवाकोट, ९ जेठ (रासस) ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला समन्वय समिति (जिसस) को कार्यालय नुवाकोटमा आज छापा मारेर सामाजिक सुरक्षाभत्ता वितरणसम्बन्धी सक्कल कागजात जफत गरेको छ । यहाँ वितरण भएका सामाजिक सुरक्षा भत्ताको सूचीमा मृत्यु भइसकेका र हँुदै नभएका व्यक्तिको नाममा रकम निकासा भएको सूचना बाहिर आएपछि अख्तियारको टोलीले...बाँकी अंश →


क्रिकेटर लामिछानेलाई कार उपहा

काठमाडौँ, ९ जेठ (रासस) ः इन्डियन प्रिमियर लिग(आइपिएल) खेल्ने पहिलो नेपाली खेलाडी बनेका राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले टाटा मोटर्सको टिएगो कार पाएका छन् । सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै १७ वर्षीय क्रिकेटर लामिछानेलाई आज कार उपहार दिएको हो । सिप्रदी ट्रेडिङका निर्देशक शम्भुप्रसाद...बाँकी अंश →


लागुऔषधसहित पक्राउ

बुटवल, ९ जेठ (रासस)  इलाका प्रहरी कार्यालय बुटवलले ठूलो परिणाममा लागुऔषधसहित एक युवकलाई आज पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–६ ट्राफिकचोकस्थित राजमार्गमा जाँचका क्रममा बाग्लुङ बलेवा गाउँपालिका–२ का विजय कुँवरलाई नुफिन ३५० एम्पुल्स, फेनरागन ३५० एम्पुल्स र डाइजेपाम ३५० एम्पुल्ससहित पक्राउ गरेको प्रहरीले जनाएको छ । –––बाँकी अंश →


संयुक्तरुपमा कार्यक्रम गर्न प्रेस चौतारीको निर्देशन

काठमाडौँ, ९ जेठ (रासस)  प्रेस चौतारी नेपालको सचिवालय बैठकले एकताको भावनालाई देशैभर फैलाउन मातहतका कमिटीलाई प्रेस सेन्टर नेपालसँग समन्वय गर्न र संयुक्तरुपमा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ । आज बसेको उक्त बैठकले दुई ठूला कम्युनिष्ट गठबन्धनबीच हालै भएको एकताको स्वागत गर्दै एकतालाई बल पुग्ने गरी सबै जनवर्गीय संगठनले संयुक्त...बाँकी अंश →


बलात्कारको दुई महिनापछि आरोपित पक्राउ

भक्तपुर, ९ जेठ (रासस)  महानगरीय प्रहरी परिसर भक्तपुरले १५ वर्षीया एक किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं ५ बस्ने २३ वर्षीय सुजन खत्रीलाई गत चैत १२ गते किशोरीलाई आफ्नै घर कोठामा बोलाएर डर, त्रास र धम्की दिई जबर्जस्ती करणी गरेको...बाँकी अंश →


कैदीबन्दीको अवस्था सुधारका लागि आयोगको सिफारिश

ललितपुर, ९ जेठ (रासस) राष्ट्रिय मानव अधिकार आयोगले देशभरका कारागार तथा हिरासतमा रहेका बन्दी तथा कैदीको अवस्था सुधारका लागि सरकारलाई सिफारिश गरेको छ । देशभरका कारागार र हिरासतमा आयोगले गरेको अनुगमनका क्रममा कैदी÷बन्दीको अवस्था नराम्रो पाइएकाले आयोगले सरकारलाई सुधारका लागि सुझाव दिएको हो । आयोगको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा...बाँकी अंश →


पत्रकार थापालाई गोगो फाउण्डेशन अवार्ड

काठमाडौँ, ९ जेठ (रासस)  गोगो फाउण्डेशनले मुलुकमा असल शासन अभिवृद्धिका लागि विशिष्ट योगदान पु¥याएबापत पत्रकार हरिबहादुर थापालाई ‘गोगो फाउण्डेशन अवार्ड’ बाट सम्मानित गर्ने भएको छ । यो वर्ष पत्रकारिताको माध्यमबाट भ्रष्टाचारविरूद्धको अभियानमा विशिष्ठ योगदान गर्नुहुने कान्तिपुर दैनिकका सम्पादक हरिबहादुर थापालाई उक्त अवार्ड प्रदान गर्ने निर्णय गरिएको फाउण्डेसनका कार्यकारी निर्देशक केदार...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter