१६ फागुन २०८१

समाचार

नेपालमा नै स्मार्ट कार्ड उत्पादन गर्ने प्रविधि भित्रियो

काठमाडौँ, ११ जेठ (रासस)  तपाईंले सवारी साधनको चालक अनुमतिपत्र लिनका लागि कति समय कुर्नुभयो ? पक्कै पनि नौ महिना वा वर्षदिनभरि कुर्नुभयो होला । सरकारले सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्डमा रुपान्तरण गर्ने योजना अगाडि सारे पनि प्रविधिको अभावमा लामो समयदेखि अनुमतिपत्रका लागि प्रतीक्षा गरिरहनु परेको छ । नेपालका आफ्नै प्रविधिको...बाँकी अंश →


प्रशोधन केन्द्र नहुँदा पचास करोडको जैतुन खेर गयो

बाजुरा, ११ जेठ (रासस) जिल्लाका अधिकांश सामुदायिक वनमा स्थानीय जातको जंगली जैतुन प्रशस्त भए पनि संकलन र प्रशोधन केन्द्र नहुँदा खेर जान थालेको छ । जिल्लाका प्रत्येक सामुदायिक वनमा भएका जंगली जैतुनलाई संकलन गर्ने तरिका र प्रशोधन गर्ने मेशिन नहुँदा जैतुन खेर जान लागेकोप्रति स्थानीयवासी चिन्तित बनेका छन् । जंगलमा...बाँकी अंश →


सामूहिक, करार र सहकारी खेती कार्यान्वयनमा ल्याउन जोड

काठमाडौँ, ११ जेठ (रासस)  राष्ट्रियसभाको आजको बैठकमा अधिकांश सांसदले सरकारबाट प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउन जोड दिनुभएको छ । जेठ ७ गते संघीय संसद्मा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गर्नुभएको आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रमका सन्दर्भमा सांसदहरुले उक्त धारणा राख्नुभएको हो । उहाँहरुले नीति तथा कार्यक्रम शब्दमा...बाँकी अंश →


प्रादेशिक अधिकार नदिए संघीयता संकटमा: अध्यक्ष याद

राजविराज, ११ जेठ (रासस)  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा रहने बताउनुभएको छ । सप्तरीको राजविराजमा आज स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष यादवले जनताको बलिदानीबाट प्राप्त भएको संघीयतालाई जोगाउनुपर्ने बताउनुभयो । स्थानीय तहलाई स्वायत्तता तथा प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा...बाँकी अंश →


विश्व थाइराइड दिवसः नियमित औषधिले निको हुन्छ रोग

रत्ननगर, चितवन, ११ जेठ (रासस)  नियमित औषधि सेवनले थाइराइड रोग निको र नियन्त्रण हुने चिकित्सकले बताएका छन् । विश्व थाइराइड दिवसका अवसरमा आज चितवनको भरतपुरमा पुष्पाञ्जलि अस्पतालद्वारा आयोजित अन्तक्र्रिया तथा थाइराइड सम्बन्धीको सचेतनामूलक कार्यक्रममा उनीहरुले यो रोगको नियन्त्रणका लागि आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गर्नुभयो । नयाँ थाइराइड रोगी धर्मराज...बाँकी अंश →


बुटवलमा ‘जिओलोजिकल पार्क’ बनाउने तयारी

रुपन्देही, ११ जेठ (रासस  बुटवलमा भूगर्भका बारेमा अध्ययन गर्न मिल्ने ‘जिओलोजिकल पार्क’ बनाउने तयारी शुरु भएको छ । “वन विज्ञान र वातावरणका विद्यार्थीका लागि प्रयोगात्मक अध्ययन गर्न मिल्ने पार्क बनाउनेबारेमा डिपिआरसहितको लिखित प्रस्ताव आउने छ, त्यसैलै पनि हामीलाई ठूलो उत्साह जागेको छ,” बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भन्नुभयो । उहाँले...बाँकी अंश →


साँफेबगर विमानस्थलमा प्राविधिक उडान परीक्षण सफल

अछाम, ११ जेठ (रासस)  विगत १३ वर्षदेखि बन्द रहेको अछामको साँफेबगर विमानस्थलको आज परीक्षण उडान गरिएको छ । विमानस्थलको कालोपत्रे, रनवेलगायतको काम सम्पन्न भएपछि आज समिट एयरको १९ सिटे विमानले प्राविधिक परीक्षण गरेको हो । समिट एयरको जहाज बिहान १०ः३० बजे हुम्लाको सिमिकोटबाट साँफेबगर विमास्थल साँफेबगर विमानस्थलमा अवतरण भएको थियो...बाँकी अंश →


न्यायिक समितिमा उजुरी बढे

भीमदत्तनगर, ११ जेठ (रासस)  स्थानीय तहमा उपप्रमुख एवं उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिमा उजुरी दिनेको संख्यामा वृद्धि हुँदै गइरहेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएको झण्डै वर्ष दिन हुन लाग्दा कञ्चनपुरका सात नगरपालिका र दुईवटा गाउँपालिका गरी नौवटै स्थानीय तहमा घरेलु हिंसा, सामान्य झगडा, जग्गा विवादलगायतका उजुरी आउने क्रम बढेको...बाँकी अंश →


सडक स्तरोन्नतिको काम चिनीयाँ कम्पनीले गर्ने

मनाङ, ११ जेठ (रासस)  बेँशीसहर–चामे सडकखण्डको स्तरोन्नतिको काम चिनीयाँ कम्पनीले गर्ने भएको छ । एक सय ४० मेगावाटको क्षमताको तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना चिनीयाँ कम्पनीले लिएपछि सडक स्तरोन्नतिको काम पनि आफैले गर्ने भएको हो । आयोजनाको ठूल्ठूला सवारी साधन चलाउनुपर्ने तथा सडक साँघुरो भएका कारण चिनीयाँ कम्पनी आफैले सडक...बाँकी अंश →


काँग्रेसले युवामैत्री कार्यक्रम सञ्चालन गर्नुपर्छ

काठमाडौँ, ११ जेठ (रासस)  विधान परिमार्जन गरेर युवामैत्री कार्यक्रम सञ्चालन गरेमात्र काँग्रेसले आगामी निर्वाचनमा राम्रो नतिजा ल्याउन सक्ने बताइएको छ । गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थिति ः काँग्रेसको अबको गन्तव्य’ विषयक कार्यक्रममा वक्ताले काँग्रेस सच्चिएर अगाडि बढ्नुको विकल्प नभएको बताए...बाँकी अंश →


ग्यास, विद्युत् र मल अब एउटै बायोग्यास प्लान्टबाट

नवलपरासी, ११ जेठ (रासस)  धरायसी प्रयोजनका लागि चार, छ घनमिटर क्षमताका बायोग्यास प्लान्टमा विश्वमा उदाहरण बन्दै आएकामा अब ठूला क्षमताका बायोग्यास प्लान्ट जडान गरी खाना पकाउने ग्यास, विद्युत् र जैविक मल उत्पादनमा पनि नेपालले सफलता पाउन थालेको छ । वर्षअघिदेखि आफ्नै मोडेल जिजिसी मोडेललाई विश्वका २१ भन्दा बढी देशमा प्रवद्र्धन...बाँकी अंश →


सरकारको उपस्थिति समयमै हुनुपर्छः सभामुख महरा

काठमाडौँ, ११ जेठ (रासस)  सभामुख कृष्णबहादुर महराले संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुको उपस्थितिका बारेमा सदनको ध्यानाकर्षण गराउनुभयो । सरकारको नीति तथा कार्यक्रम माथिको जारी छलफलमा उहाँले केही पत्रपत्रिकाले नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थितिका विषयमा कुरा उठाएका हुँदा यसतर्फ सांसदको ध्यानाकर्षण गराउनुभएको हो । सभामुख महराले संघीय संसद्, प्रतिनिधिसभाको बैठकमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter