१६ फागुन २०८१

समाचार

मृतकको सनाखत हुन सकेन

धनगढी, १२ जेठ (रासस) ः पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको बल्मी सडकखण्डमा गए राति ना ६ ख ५१०० नं को बसले ठक्कर दिएर घाइते भएका से १ प ४४६५ नं को मोटरसाइकलका चालकको सेती अञ्चल अस्पतालमा मृत्यु भएको छ । अन्दाजी ३० वर्षका मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...बाँकी अंश →


रासस समाचार प्रभावः बालगृहबाट ३३ बालबालिकाको उद्धार

रुकुम, १२ जेठ (रासस) ः रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिकामा मापदण्डविपरीत सञ्चालन गरिएको एक बालगृहबाट आज ३३ बालबालिकाको उद्धार गरिएको छ । मुसिकोट–१ बागबजारमा अवैधरुपमा सञ्चालन भएको नर्सिङ हिमालय अनाथ नामको बालगृहबाट रुकुमका नौ र जुम्लाका २४ बालबालिकालाई उद्धार गरेर आफन्तको जिम्मा लगाइएको हो । न्यूनतम मापदण्ड पनि पूरा नगरेर...बाँकी अंश →


बालबिबाह रोक्न कपिलबस्तुमा किशोरीहरुको भलिबल प्रतियोगिता ।

  अजय बर्मा,कपिलबस्तु । जेष्ठ १२ । समाजमा ब्याप्त कुरितीको रुपमा रहेको बालबिबाह रोक्न कपिलबस्तुमा किशोरी भलिबल प्रतियोगिता आयोजना गरिएको छ । “बालबिबाह रोक्न म नेतृत्व लिन्छु” भन्ने नाराका साथ जिल्ला स्तरीय किशोरी सशक्तिकरण संजाल कपिलबस्तुको आयोजना, दलित सामाजिक बिकास केन्द्र कपिलबस्तु र केयर नेपालको सहयोगमा तौलिहवामा भएको किशोरी भलिबल...बाँकी अंश →


‘उत्तम शान्ति पुरस्कार’ शर्मालाई

काठमाडौँ, १२ जेठ (रासस) ः विसं २०७४ को ‘उत्तम शान्ति पुरस्कार’ गैरआख्यानकार दीनानाथ शर्मालाई प्रदान गरिएको छ । ताम्रपत्र र नगद रु ५० हजार राशिको यो पुरस्कार विसं २०४४ देखि प्रदान गरिँदै आइएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीमा प्राप्त गैरआख्यानका साहित्यिक कृतिमध्येबाट छनोट समितिले निर्णय गरेका व्यक्तिलाई पुरस्कार...बाँकी अंश →


धरहरा आसपासका एक होटल र १३ सटर भत्काइयो

काठमाडौँ, १२ जेठ (रासस) ः काठमाडौँ महानगरपालिकाले आज धरहरा आसपासको एक होटलसहित १३ वटा सटर भत्काएको छ । काठमाडौँ महानगरपालिका, नगरकार्यपालिको गत बिहीबार बसेको बैठकको निर्णयअनुसार होटल धरहरा हाउस क्याफेसहित १३ वटा सटर भत्काइएको हो । धरहरा सञ्चालनसम्बन्धी साइड वाकर्ससँग भएको सम्झौताको मूल विषय २०७२ सालको भूकम्पको क्षतिसँगै समाप्त भएको...बाँकी अंश →


विराटनगर–पोखरा हवाई उडान शुरु हुने

विराटनगर, १२ जेठ (रासस) ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विराटनगर–पोखरा हवाई सेवा चाँडै शुरु हुने बताउनुभएको छ । विराटनगर नागरिक उड्डयन कार्यालय कार्यालयद्वारा आज यहाँ आयोजित ‘विराटनगर विमानस्थलको भावी विकास तथा विस्तारका सम्भावना तथा चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले अन्तरप्रदेशीय सम्बन्धका लागि पहिलो चरणमा यहाँबाट पोखरा...बाँकी अंश →


मृगलाई हानेको गोली लागेर मृत्यु

संखुवासभा, १२ जेठ (रासस) ः सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ तेल्लोकमा आज अपराह्न भरुवा बन्दुकले हानेको गोली लागेर एक युवकको घटनास्थलमै मृत्यु भएको छ । स्थानीयवासी चकेन्द्र अधिकारीले नजिकै जंगलमा आएको मृगलाई गोली हान्ने क्रममा २७ वर्षीय योगेन्द्र पौडेललाई गोली लागी निजको घटनास्थलमै मृत्यु भएको बताइएको छ । गोली प्रहार गर्ने अधिकारीलाई...बाँकी अंश →


खानेपानीको समस्या समाधानका लागि गुरुयोजना आवश्यक

दाङ, १२ जेठ (रासस) ः प्रदेश नंं ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङमा खानेपानी सहज आपूर्तिका लागि गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । जिल्ला खानेपानी डिभिजन कार्यालय र जिल्ला पानी सञ्जाल, दाङको आयोजनामा आज दाङको तुलसीपुरमा आयोजित खानेपानीको दिगो विकास व्यवस्थापनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रममा सो कुरा बताउनुभएको...बाँकी अंश →


प्रधानमन्त्रीले भोलि सदनमा जवाफ दिनुहुने

काठमाडाँै, १२ जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाउनुभएका प्रश्नहरुको भोलि आइतबार जवाफ दिनुहुने भएको छ । आइतबार बिहान ११ः०० बजे प्रारम्भ हुने प्रतिनिधिसभा र अपराह्न १३ः०० बजे शुरु हुने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव...बाँकी अंश →


परिवर्तनको अनुभूति गराउन सरकार प्रतिबद्धः मन्त्री तामाङ

काठमाडौँ, ११ जेठ (रासस) ः कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले मुलुकमा सुशासन, जनताको विकास र समृद्धिका लागि आवश्यक पर्ने कानूनको अभाव हुन नदिने बताउनुभएको छ । राष्ट्रिय संगीतकर्मी संघको चौँथो महाधिवेशनको शनिबार भृकुटीमण्डपमा उद्घाटन गर्दै मन्त्री तामाङले कानूनी जटिलताले समाजमा हुन लागेका राम्रा काममा ढिला सुस्ती भएको उल्लेख...बाँकी अंश →


पूर्वराष्ट्रपति डा यादवद्वारा पुस्तक लोकार्पण

काठमाडौँ, १२ जेठ (रासस) ः नेपालको प्रशासनिक संस्कृति नामक पुस्तक सार्वजनिक भएको छ । डा जनार्दनराज लामिछानेले लेख्नुभएको पुस्तकमा विसं ९३७ देखि विसं १८२६ सम्मका घटनाक्रम समेटिएको छ । पुस्तक आज लोकार्पण गर्नुहुँदै पूर्वराष्ट्रपति डा रामवरण यादवले प्रशासनिक क्षेत्रको संस्कृतिको विश्लेषण गरी लेखिएको पहिलो कृति भएको बताउनुभयो । बाङमय शताब्दी...बाँकी अंश →


‘नरसंहार र हिंसात्मक आक्रमणप्रति खेद प्रकट’

काठमाडौँ, १२ जेठ (रासस)  काठमाडौँमा भएको विश्व प्रजातान्त्रिक युवा संगठनको महासभाले १४ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । यही जेठ ९ देखि ११ गतेसम्म चलेको महासभाले विश्व कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिकाको सराहना गर्दै विश्वका विभिन्न देशमाथि साम्रज्यवादी शक्तिले गरेको नरसंहार र हिंसात्मक आक्रमणप्रति खेद प्रकट गरेको युवा संघ नेपालका वरिष्ठ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter