१७ फागुन २०८१

समाचार

काम अधूरै छाड्ने २७ कम्पनीको नाम मन्त्रालयमा

चितवन, १५ जेठ (रासस) ः जिल्ला प्रशासन कार्यालयले समयमा निर्माण सम्पन्न नगर्ने ३८ आयोजनाका २७ निर्माण कम्पनीको नाम गृह मन्त्रालय पठाएको छ । मिति थप भई काम गरेका र मिति बाँकी रहेका बाहेक कामै छाडेर बसेका कम्पनीको नाम मन्त्रालयमा पठाइएको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताउनुभयो । निर्माण कम्पनीमध्ये तीन...बाँकी अंश →


विद्यालयका छात्रालाई सेनिटरी प्याड

फलेवास, पर्वत, १५ जेठ (रासस) ः महाशिला गाउँपालिकाले सबै विद्यालयका छात्रालाई सेनिटरी प्याड वितरण गरेको छ । महिनावारीका बेला छात्राहरु विद्यालय छाड्न बाध्य हुने गरेको र त्यसले गर्दा पढाइबाट वञ्चित हुनुपर्ने अवस्था थियो । गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले किशोरीको पठनपाठन प्रभावित नहोस् भनेर गाउँपालिकाका आठ मावि तहका विद्यालयका छात्रालाई...बाँकी अंश →


सडक दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौँ, १५ जेठ (रासस) ः काठमाडौँ महानगरपालिका–३ बसुन्धरास्थित तिलिंगाटारमा आज बिहान भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उक्त स्थानमा रोकिराखेको बा २ ख ६२३० नं को बसमा बा ३७ प ७३८० नं को मोटरसाइकल आज बिहान ४ः२५ मा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको उपचारको...बाँकी अंश →


राष्ट्रपति भण्डारी गणतन्त्र दिवस समारोहमा

काठमाडौँ, १५ जेठ (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभयो । समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस अंकित ब्यानर प्रदर्शन गर्नुका साथै पुष्पवृष्टि गरिएको थियो । समारोहमा मुलुकको राजनीतिक परिवर्तन र लोकतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा...बाँकी अंश →


मुकेशलाई जिउँदो शहीद घोषणा गर्न परिवारको माग

बनेपा, १५ जेठ (रासस) ः “मुकेश उठ, यि हेर त यो के हो ?” बोल त बाबु, तिमी बोल्नुपर्छ । मुकेशकी आमा मीरा कायस्थ उहाँलाई स्याहार गर्ने क्रममा यसरी बोलिरहनु भएको थियो । आमा मीरा र बुबा कृष्णमानले बनेपा नगरपालिका–८ चैतन्य रोड छेउको घरमा रहेको दोस्रो तल्लामा मुकेशलाई यसरी नै...बाँकी अंश →


लक्ष्यअघिनै कटान नियन्त्रण योजना सम्पन्न

बाबियाचौर, म्याग्दी, १५ जेठ (रासस) ः जलजला गाउँपालिका–३ पुल्चोकमा कालीगण्डकी नदी कटान नियन्त्रणका लागि सञ्चालित योजना लक्ष्यभन्दा दुई महिना अघिनै सम्पन्न भएको छ । जलउत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय, बागलुङले २०७५ असार मसान्तसम्ममा सम्पन्न गर्ने सम्झौता गरेको नदी किनारमा पक्की पर्खाल निर्माण गर्ने योजना वैशाख अन्तिम साता सम्पन्न भएको हो...बाँकी अंश →


प्रदेश २ मा तत्काल विश्वासको मत लिनु नपर्ने

महेन्द्रनगर, धनुषा, १५ (रासस) ः प्रदेश २ मा लालबाबु राउत नेतृत्वको सरकारलाई अहिले तत्काल विश्वासको मत लिनु नपर्ने स्थिति देखिएको छ । प्रदेश २ का सभामुख सरोज यादवले गठबन्धन दल राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए मात्र मुख्यमन्त्रीले संसद्बाट विश्वासको मत माग्नु पर्ने स्थिति आउने बताउनुभयो । सभामुख यादवले प्रदेशसभाको...बाँकी अंश →


चौलानी नदी किनारमा शव फेला

बैतडी, १५ जेठ (रासस) ः चौलानी नदी किनारमा एक पुरुषको वेबारिसे शव फेला परेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–६ पन्ज्युनयाँस्थित चौलानी नदी किनारमा सोमबार साँझ उक्त बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । गहुँ गोरो वर्ण, पाँच फिट चार इञ्च उचाइ, रातोमा कालो धर्सा भएको सर्ट,...बाँकी अंश →


हुम्लामा रर्लिङ पर्व भव्यरुपमा मनाइँदै

हुम्ला, १५ जेठ (रासस) ः सिमीकोट गाउँपालिकाअन्तर्गत वडा नं ३, वरगाउँमा पर्ने रर्लिङ गुम्बामा यही जेठ ११ गतेदेखि आजसम्म बौद्ध धर्मावम्बीबाट यहाँ मनाइने ठूलो पर्व रर्लिङ पर्वमा पूजापाठ गरिएको छ । विभिन्न ठाउँबाट आएका ४१ जना पुजारीहरुले बिहानदेखि पूजापाठ गरेको अध्यक्ष एवं पुजारी बुम्दोर्जे लामाले जानकारी गराउनुभयो । उक्त मेलामा...बाँकी अंश →


महोत्तरीबाट १० जनाको कैदमाफी

गौशाला, १५ जेठ (रासस) ः गणतन्त्र दिवसको अवसरमा आज महोत्तरी जिल्ला कारागारबाट एक भारतीयसहित १० जना कैदीको कैद माफी गरिएको छ । कारागार कार्यालय महोत्तरी, जलेश्वरका जेलर शोभेन्द्र ठाकुरका अनुसार गणतन्त्र दिवसको अवसरमा आज यस कारागारबाट कर्तव्य ज्यान मुद्दाका सात, डाँका मुद्दाका दुई र कुटपिट अंगभंग मुद्दाका एक गरी जम्मा...बाँकी अंश →


डुबेर एक बालकको मृत्यु

राजविराज, १५ जेठ (रासस) ः सप्तरीको खडक नगरपालिका–२ बेल्हीमा सोमबार साँझ डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सकल मण्डलका तीन वर्षीय छोरा अरवीन्द मण्डल रहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । सोही ठाउँस्थित चन्द्रेश्वर चौधरीको पोखरीमा खेल्दै गरेको अवस्थामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।...बाँकी अंश →


गणतन्त्र दिवसमा विद्यार्थीको प्रभातफेरी

काठमाडौँ, १५ जेठ (रासस) ः संयुक्त विद्यार्थी संगठनले आज बिहान ११ औँ गणतन्त्र दिवस अवसरमा प्रभातफेरी गरेका छन् । भृकुटीमण्डपबाट प्रभातफेरी शुरु भई पुतलीसडक हुँदै शान्तिबाटिका पुगेर कोणसभामा परिणत गरिएको अनेरास्ववियु (क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । प्रभातफेरीमा विद्यार्थीले ‘गणतन्त्र दिवस जिन्दावाद’, ‘गणतन्त्रको उपहार शिक्षा, स्वास्थ्य र रोजगार’ ,‘वीर...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter