०८ माघ २०८१

समाचार

चिनी उद्योगको ढोकामा धर्ना

बर्दिवास, १५ जेठ (रासस) ः मुलुकमा ११औँ गणतन्त्र दिवस उत्सव मनाइरहँदा महोत्तरी जिल्लाका उखु किसान भने आफ्नो उत्पादनको मूल्य माग्दै चिनी उद्योगको ढोकामा अझै धर्ना जारी राख्न बाध्य छन् । जिल्लाको गौशाला नगरपालिकाको रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इन्डिष्ट्रिज (एभरेष्ट चिनी उद्योग) ले उखुको भुक्तानी नदिएपछि किसान आफ्नो उत्पादनको मूल्य...बाँकी अंश →


स्टाफ कलेजलाई संघीयताको अध्ययन केन्द्र बनाइने

काठमाडौँ, १५ जेठ (रासस) ः नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान(स्टाफ कलेज)लाई ‘संघीयताको अध्ययन केन्द्र’का रुपमा विकास गर्न थालिएको छ । मुलुक भर्खरै संघीयतामा प्रवेश गरेसँगै सोबारे जानकारी दिनका लागि अध्ययन केन्द्रका रुपमा विकास गर्न थालिएको प्रतिष्ठानका उपकार्यकारी निर्देशक खेमराज पुँजालीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिष्ठानले अध्ययन केन्द्रका रुपमा विकास गर्नका...बाँकी अंश →


दलित भर्ना लिन गुरुकुल मञ्जूर

काँकडभिट्टा, १५ जेठ (रासस) ः श्रीकृष्ण द्वैपायन गुरुकुल वेदविद्याश्रमले बरबोटे–५ इलामका दलित बालक विकास कार्कीढोलीलाई आवासीय भर्ना लिने भएको छ । गुरुकुलको विशेष साधारणसभाले सोमबार विकासलाई भर्ना लिने सर्वसम्मत निर्णय गरेको थियो । दलितलाई भर्ना लिन अस्वीकार गरेर जातीय विभेद गरेको भनी गुरुकुल सञ्चालकविरुद्ध दलित संघसंगठनले आन्दोलन गर्दै आएका थिए...बाँकी अंश →


सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन मुख्य चुनौती

सल्लेरी, सोलुखुम्बु, १५ जेठ (रासस) ः सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन मुख्य चुनौती बनेको छ । सगरमाथा आरोहण समूहले नियमको पालना नगर्दा सगरमाथा आधार शिविरमाथि शिविर २ र ३ मा फोहोरको मात्रा अत्याधिक बढेको छ । यस वर्षको वसन्त ऋतुमा आरोहण गर्न गएकाले समेत नियमको पालना नगरेको पाइएको छ । वर्षेनी...बाँकी अंश →


लोकतान्त्रिक गणतन्त्रको सुखानुभूति भएको मुख्यमन्त्री राउतको भनाइ

महेन्द्रनगर, धनुषा, १५ जेठ (रासस) ः प्रदेश नं २को सरकारले आज गणतन्त्र दिवस मनाएको छ । उक्त दिवसका अवसरमा प्रदेश सरकारले आज बिहान जानकी मन्दिरबाट शुरु गरेको प्रभातफेरी रामानन्द चोक, पिराडी चोक हुँदै जनकपुर चुरोट कारखानास्थित कभर्ड हल पुगेर सभामा परिणत भएको थियो । गणतन्त्र दिवस मूल समारोह समितिका संयोजक...बाँकी अंश →


शान्तिपूर्ण, सुशासित र समृद्ध राष्ट्र निर्माणमा जुट्न आग्रह

बुटवल, १५ जेठ (रासस) ः प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मुख्यमन्त्री शंकर पोखरेलले संघीय लोकतान्त्रिक गणतन्त्रका माध्यमबाट दिगो शान्ति, सुशासित र समृद्ध राष्ट्र निर्माणमा सबै नेपाली एक जुट भई अघि बढ्नुपर्ने बताउनुभएको छ । एघारौँ गणतन्त्र दिवसका अवसरमा प्रदेश प्रमुख उमाकान्त झाको प्रमुख आतिथ्यमा प्रदेश नं ५ को...बाँकी अंश →


‘खाद्य, आवास, कपडा, शिक्षा र स्वास्थ्य विकासको प्रस्थान विन्दु

काठमाडौँ, १५ जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र नेपाली जनताको विजयको प्रतीक भएको बताउनुभएको छ । गणतन्त्र दिवस, २०७५ का उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले हामीले मनाइरहेको विजयोत्सव सम्पूर्ण नेपालीको उत्सव भएको उल्लेख गर्दै भन्नुभयो, “यो गणतन्त्र दिवस जनताको दिवस हो ।...बाँकी अंश →


हेटौँडाबाट–काठमाडौँ सुरुङ मार्ग कार्यान्वयनमा उच्च प्राथमिकतामा

हेटौँडा, १५ जेठ (रासस) ः प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनताको समृद्धिका लागि प्रदेश सरकार सधैँ क्रियाशील रहने बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले ११औँ गणतन्त्र दिवस समारोह समितिद्वारा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच सहकार्य गरिने छ भन्नुभयो । उहाँले प्रदेशका...बाँकी अंश →


काम अधूरै छाड्ने २७ कम्पनीको नाम मन्त्रालयमा

चितवन, १५ जेठ (रासस) ः जिल्ला प्रशासन कार्यालयले समयमा निर्माण सम्पन्न नगर्ने ३८ आयोजनाका २७ निर्माण कम्पनीको नाम गृह मन्त्रालय पठाएको छ । मिति थप भई काम गरेका र मिति बाँकी रहेका बाहेक कामै छाडेर बसेका कम्पनीको नाम मन्त्रालयमा पठाइएको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताउनुभयो । निर्माण कम्पनीमध्ये तीन...बाँकी अंश →


राष्ट्रपति भण्डारी गणतन्त्र दिवस समारोहमा

काठमाडौँ, १५ जेठ (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभयो । समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस अंकित ब्यानर प्रदर्शन गर्नुका साथै पुष्पवृष्टि गरिएको थियो । समारोहमा मुलुकको राजनीतिक परिवर्तन र लोकतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा...बाँकी अंश →


महोत्तरीबाट १० जनाको कैदमाफी

गौशाला, १५ जेठ (रासस) ः गणतन्त्र दिवसको अवसरमा आज महोत्तरी जिल्ला कारागारबाट एक भारतीयसहित १० जना कैदीको कैद माफी गरिएको छ । कारागार कार्यालय महोत्तरी, जलेश्वरका जेलर शोभेन्द्र ठाकुरका अनुसार गणतन्त्र दिवसको अवसरमा आज यस कारागारबाट कर्तव्य ज्यान मुद्दाका सात, डाँका मुद्दाका दुई र कुटपिट अंगभंग मुद्दाका एक गरी जम्मा...बाँकी अंश →


गणतन्त्र दिवसमा विद्यार्थीको प्रभातफेरी

काठमाडौँ, १५ जेठ (रासस) ः संयुक्त विद्यार्थी संगठनले आज बिहान ११ औँ गणतन्त्र दिवस अवसरमा प्रभातफेरी गरेका छन् । भृकुटीमण्डपबाट प्रभातफेरी शुरु भई पुतलीसडक हुँदै शान्तिबाटिका पुगेर कोणसभामा परिणत गरिएको अनेरास्ववियु (क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । प्रभातफेरीमा विद्यार्थीले ‘गणतन्त्र दिवस जिन्दावाद’, ‘गणतन्त्रको उपहार शिक्षा, स्वास्थ्य र रोजगार’ ,‘वीर...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter