काठमाडौँ, १६ जेठ (रासस) ः कक्षा १ मा भर्ना हुने उमेरमध्येका झण्डै ९६ प्रतिशत विद्यार्थी भर्ना भएका छन् । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार विद्यालयमा भर्ना भएका विद्यार्थीमध्ये कक्षा १० सम्म टिकाउ दर ५७.१ प्रतिशत पाइएको छ । कक्षा १२ सम्मको टिकाउ दर १७.२ प्रतिशत मात्र रहेको छ । शैक्षिक...बाँकी अंश →
बुटवल, १६ जेठ (रासस) ः मुलुकमा दिगो शान्ति स्थापना र समृद्धि प्राप्तिका लागि दण्डहीनता र भ्रष्टाचारको अन्त्य जरुरी रहेको धारणा मंगलबार बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताले व्यक्त गरेका छन् । ११ औँ गणतन्त्र दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाजले आयोजना गरेको गणतन्त्रका एक दशकः अबको प्राथमिकता सुशासन र सुव्यवस्था विषयक...बाँकी अंश →
लिबाङ, रोल्पा, १६ जेठ (रासस) ः साविकको कुरेली–१, रोल्पाकी १२ वर्षीया मैती विकको खुट्टा केही समय अघि आगोले पोलेको थियो । कक्षा ५ मा अध्ययनरत विकको आगोले पोलेका कारण एउटा खुट्टा जलेर नष्ट भयो, जसका कारण उनले नचाहेर पनि एउटा खुट्टा गुमाउनु परेको थियो । खुट्टा जलेपछि उनलाई हिँडडुल गर्न...बाँकी अंश →
फलेवास, पर्वत, १६ जेठ (रासस) ः पर्वतको जलजला गाउँपालिका–५, लेखफाँटमा रहेको फलामेडाँडालाई पर्यटकीयस्थल बनाउन स्थानीयवासीले पहल थालेका छन् । हिमशृंखला, सूर्योदय, पहाडी भूगोल, ग्रामीण बस्तीको मनमोहक दृष्य अवलोकन गर्न सकिने फलामेडाँडालाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न स्थानीयवासीले पूर्वाधार निर्माण तथा प्रचारप्रसार शुरु गरेका छन् । प्रशस्त पर्यटकीय सम्भावना भएपनि पूर्वाधार...बाँकी अंश →
बाबियाचौर, म्याग्दी, १६ जेठ (रासस) ः बेनी नगरपालिका–६ छापको भगवती टोलका महिलाले सामुदायिक भवन निर्माण गरेका छन् । भगवती टोलमा रहेको डाँडाबारी आमा समूहले निर्माण गरेको सभाहलसहितको सामुदायिक भवनको मंगलबार ११ औँ गणतन्त्र दिवसको अवसरमा उद्घाटन गरिएको छ । वडाध्यक्ष कृष्णबहादुर बानियाँ र सहयोगदाता नारायण महतले भवनको उद्घाटन गर्नुभएको हो...बाँकी अंश →
रत्ननगर, चितवन, १६ जेठ (रासस) ः पश्चिम चितवनको जगतपुरस्थित ध्रुव भन्ने स्थानमा गैँडाको आक्रमणबाट गएराति एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२५ स्थित जगतपुरबाट ध्रुवतर्फ जाँदै गर्दा गैँडाको आक्रमणमा परी स्थानीय ५० वर्षीय अर्जुन क्षेत्रीको मृत्यु भएको हो । सो ठाउँ चितवन राष्ट्रिय...बाँकी अंश →
वीरगञ्ज, १६ जेठ (रासस) ः अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७५÷७६ को बजेटलाई औद्योगिक नगरी वीरगञ्जका उद्योगी व्यवसायीले सकारात्मकरुपमा लिएका छन् । उद्योग वाणिज्य संघ, पर्साका अध्यक्ष तथा सांसद ओमप्रकाश शर्माले यो बजेट समग्रमा राम्रो छ भने बजेटमा उद्योगधन्दाका लागि चाहिने ऊर्जालाई प्राथमिकतामा राखेको पक्ष पनि...बाँकी अंश →
इलाम, १६ जेठ (रासस) ः नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सांसद धीरेन्द्र शर्माले युवापुस्तामा पठन संस्कृतिको विकास गर्नुपर्ने बताउनुभएको छ । एघारौँ गणतन्त्र दिवसको अवसरमा मंगलबार शहीद स्मृति पुस्तकालयको उद्घाटन गर्दै शर्माले आधुनिकतासँगै पठन संस्कृति हराउँदै गएकाले पुस्तकालयमा पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनुभयो । रु १५ लाखको लागतमा इलाम...बाँकी अंश →
पथरी, मोरङ, १६ जेठ (रासस) ः आर्थिक वर्ष २०७५÷०७६ का लागि सरकारले ल्याएको बजेटमा १ नम्बर प्रदेशको जोगबनी–किमाथांका सडक, विराटनगर विमानस्थल, तमोर तथा कन्काई जलविद्युत् आयोजना तथा मदन भण्डारी राजमार्गलाई समावेश गरिएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार प्रस्तुत गर्नुभएको बजेटमा जोगबनीदेखि किमाथांकासम्मको सडक निर्माणलाई पनि बजेटले समेटेको हो...बाँकी अंश →
कयर खबर : जेष्ठ १५ आगामी आर्थिक बर्ष २०७५÷०७६ का लागी नगरपालिकाबाट पास हुने बजेटमा अपांगताको क्षेत्र बिशेष बजेट बिनियोजन गरिने कपिलबस्तु नगरपालिकाका नगरप्रमुख किरण सिंहले बताउनुभएको छ । नगरपालिकाबाट अपांगमैत्री कानुन पास गरि अपागंता भएका ब्यक्तिहरुको बिकासमा ठोस कार्य गर्ने समेत उहाले बताउनुभयो । कपिलबस्तु नगरपालिकाका अपांगता भएका...बाँकी अंश →
काठमाडौँ, १५ जेठ (रासस)ः सरकारले प्रत्येक निर्वाचन क्षेत्रको विकासका लागि रु ४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५÷७६ को आयव्ययको विवरण प्रस्तुत गर्दैे सडक, खानेपानी, सिँचाइ र नदी नियन्त्रणका लागि सो रकम विनियोजन गरेको घोषणा गर्नुभयो । तीन...बाँकी अंश →
काठमाडौँ, १५ जेठ (रासस) ः सरकारले प्रदेश तथा स्थानीय तहलाई रु एक खर्ब ३५ अर्ब ५० करोड ७३ लाख वित्तीय समानीकरण अनुदानका रुपमा उपलब्ध गराउने भएको छ । प्रदेश र स्थानीय तहको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानव विकास सूचकांक, पूर्वाधार, खर्चको आवश्यकता, राजस्व क्षमता तथा ती तहमा रहेका आर्थिक सामाजिक...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: