२० फागुन २०८१

समाचार

नेकपा संसदीय दलको उपनेतामा नेम्वाङ

काठमाडौँ, १६ जेठ (रासस) ः नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ चयन हुनुभएको छ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज बसेको दलको बैठकले उपनेतामा नेम्वाङसहित प्रमुख सचेतकमा देवप्रसाद गुरुङ, सचेतकमा शान्ता चौधरीलाई चयन गरेको हो । दलका नेता एवं पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता...बाँकी अंश →


बलियो सरकारले ल्याएको कमजोर बजेट ः राप्रपा

काठमाडौँ, १६ (रासस) ः राष्ट्रिय प्रजातन्त्र पार्टीको आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारले ल्याएको बजेटले निजी क्षेत्रलाई आश्वस्त तथा वैदेशिक लगानीलाई आकर्षित गर्न नसक्ने निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज केन्द्रीय कार्यालयमा बसेको बैठकले आठ प्रतिशतको आर्थिक वृद्धि कायम गर्ने, पाँच वर्षमा कृषि उत्पादन...बाँकी अंश →


युवा वर्गलाई स्वदेशमै बसेर काम गर्न आग्रह

काठमाडौँ, १६ जेठ (रासस) ः कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले वर्तमान सरकारले देशलाई समृद्ध बनाउने प्रमुख लक्ष्यका साथ कार्य गरिरहेको बताउनुभएको छ । दशौं गणतन्त्र दिवसका अवसरमा फोकस नेपाल नामक संस्थाले आज आयोजना गरेको ‘समृद्धिका लागि सहकार्य, देशका निम्ति अपरिहार्य’ विषयको एक विचार गोष्ठीमा मन्त्री तामाङले आथिक समृद्धि...बाँकी अंश →


मुख्यमन्त्री पोखरेल नेकपा संसदीय दलमा सर्वसम्मत

बुटवल, १६ जेठ (रासस) ः प्रदेश नं ५ को नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा मुख्यमन्त्री शंकर पोखरेल सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बुटवलमा आज बसेको संयुक्त संसदीय दलको बैठकले दलको नेतामा पोखरेललाई निर्विरोध रुपमा चयन गरेको नेकपाका नेता विघटित नेकपा...बाँकी अंश →


प्रदेश नं ४ को दोस्रो अधिवेशन शुरु

पोखरा, १६ जेठ (रासस) ः प्रदेश ४ को दोस्रो अधिवेशन (वर्षे अधिवेशन) आजदेखि यहाँ शुरु भएको छ । प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले पठाउनुभएको अधिवेशन आह्वानसम्बन्धी पत्र उपसभामुख सृजना शर्माले सदनमा पढेर सुनाउनु भएको थियो । अधिवेशनमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश आकस्मिक कोषसम्बन्धी प्रस्ताबलाई कार्यान्वयन...बाँकी अंश →


धूमपानरहित दिवस ः धूमपान त्यागौँ, स्वस्थ बनौैँ

काठमाडौँ, १६ जेठ ९रासस० ः धूमपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने जानेर पनि धेरै मानिस यसको लतमा फँसेका छन् । यसको प्रयोगले वर्षेनि हजारौँ मानिस क्यान्सर, मुटु, हृदयाघात, स्ट्रोकजस्ता समस्याबाट ज्यान गुमाउँछन् । विश्वमा २१ प्रतिशत सुर्तीजन्य पदार्थ प्रयोगकर्ता रहेको बताइन्छ । सुर्तीजन्य पदार्थको प्रयोग घटाउन सके ११ प्रतिशत मृत्यु...बाँकी अंश →


हावाहुरीले तीन सय घरको छाना उडायो

कञ्चनपुर, १६ जेठ (रासस) ः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हावाहुरीले व्यापक क्षति पु¥याएको छ । गए राति आएको हावाहुरीले तीन सयभन्दा बढी घरमा क्षति पु¥याएको छ । काठको कच्ची घरमा लगाइएका टायल उडाएर हावाहुरीले क्षति गरेको हो । आधा दर्जनभन्दा बढी घरमा हावाहुरीले रूख ढाल्दा परिवार नै विस्थापनमा परेका छन् ।...बाँकी अंश →


प्रधानमन्त्री कप क्रिकेट ः प्रदेश नं ४ विजयी

काठमाडौँ, १६ जेठ (रासस)ः हरिबहादुर चौहानले ब्याटिङतर्फ शतक र बलिङतर्फ ह्याट्रिकसहित ४ विकेट लिएपछि प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा समूह ‘ए’ बाट प्रदेश नं ४ ले आफ्नो तेस्रो खेलमा पहिलो जित दर्ता गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी उक्त प्रतियोगितामा प्रदेश ४...बाँकी अंश →


काँग्रेस एक ढिक्का बन्नु आवश्यक ः वरिष्ठ नेता पौडेल

पोखरा, १६ जेठ (रासस)ः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेस एक ढिक्का बन्नु आवश्यक भएको बताउनुभएको छ । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल केन्द्रीय कार्यसमितिद्वारा आज यहाँ आयोजित संघको ४ नं प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले लोकतन्त्र बलियो हुन काँग्रेस बलियो बन्नु आवश्यक भएको बताउनुभयो । सरकारले ल्याएको...बाँकी अंश →


बालश्रम प्रयोग भएका सामग्री बहिष्कार गरिने

भक्तपुर, १६ जेठ (रासस) ः जिल्लाको सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकाले बालश्रम प्रयोग भएका निर्माण सामग्री बहिष्कार गर्ने घोषणा गरेको छ । कमलविनायकमा दुई नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको बालश्रम मुक्त इँट्टा भट्टा घोषणा कार्यक्रममा यस्तो घोषणा गरिएको हो । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा र चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद...बाँकी अंश →


गम्भीर बिरामीको जीविकोपार्जन भत्ता काटिएकामा काँग्रेसको आपत्ति

काठमाडौँ, १६ जेठ (रासस) ः प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मिर्गाैला रोग, क्यान्सर र स्पाइनल इन्जुरी भई पक्षघात भएका बिरामीलाई जीविकोपार्जन भत्ताबापत मासिक रु पाँच हजार उपलब्ध गराउने यसअघिको सरकारले गरेको प्रबन्ध हालको बजेटमा उल्लेख नगरिएकामा आपत्ति जनाएको छ । प्रमुख प्रतिपक्ष दल काँग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार...बाँकी अंश →


पत्रकार लम्सालको ‘नि हाउ ! नमस्ते !’ सार्वजनिक

काठमाडौँ, १६ जेठ (रासस) ः लामो समयदेखि रेडियो पत्रकारितामा संलग्न पत्रकार लक्ष्मी लम्सालको ‘नि हाउ ! नमस्ते !’ नामक पुस्तक सार्वजनिक भएको छ । बुलबुल पब्लिकेशनद्वारा प्रकाशित पुस्तक आज एक कार्यक्रमबीच विभिन्न क्षेत्रका सञ्चारकर्मीले सामूहिकरूपमा सार्वजनिक गर्नुभयो । पुस्तकमाथि वरिष्ठ पत्रकार तीर्थ कोइराला, अमृता लम्साल र युवा पत्रकार पवन आचार्यले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter