सुरुङ्गा, झापा, १८ जेठ (रासस) ः जातीय विभेदका कारण दलित विद्यार्थीलाई गुरुकुलमा भर्ना नलिएको भन्दै दुई सातादेखि आन्दोलनमा उत्रिएका दलित समुदायले आफ्नो आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । संवाद समूह झापाको संयोजन र मानवाधिकारवादीको सहजीकरणमा हिजो बिर्तामोडमा भएको छलफलमा पाँचबुँदे सहमति भएसँगै संघर्ष समितिले आन्दोलन स्थगित गरेको हो ।...बाँकी अंश →
कयर खबर : कपिलवस्तु जेठ १८, कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले विस बर्ष पार गरे मात्र विहेवारी गर्न सम्पूर्ण नगरबासीलाई अनुरोध गर्नु भएको छ । प्रमुख कलामले वालविवाह रोक्नाका लगि सबैललाई आपm्नो आपm्नो ठाउबाट पहल गर्नु पर्ने बताउनु भयो । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा बिहिवार बालविवाह अन्त्यका लागि...बाँकी अंश →
जाजरकोट, १८ जेठ (रासस) जाजरकोटको नलगाड नगरपालिका दल्ली प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण कार्य थालनी गरेको सात वर्ष बितिसके पनि निर्माण कार्य पूरा नहँुदा निर्माणाधीन भवन अलपत्र परेको छ । निर्माण कार्यको जिम्मा लिएका निर्माण कम्पनीका मालिक बीचमै काम छोडेर बेपत्ता भएका छन् । सरकारी लगानीमा निर्माण हुनथालेको भवनको काम...बाँकी अंश →
पोखरा, १८ जेठ (रासस)ः “घान्द्रुकमा धमाधम भौतिक संरचना निर्माणमा सिमेन्ट तथा बालुवाको प्रयोग बढ्न थालेका कारण कतै यहाँको मौलिकपन हराउने त होइन भन्ने चिन्ता बढ्नु स्वभाविकै हो,”– घान्द्रुकका स्थानीयवासी रुपबहादुर गुरुङले भन्नुभयो । चिटिक्क मिलेका ढुंगाले छाएका र सर्लक्क ढुंगाले छापिएको बस्ती घान्द्रुकको विशिष्टता भए पनि पछिल्लो दुई दशकयता यस...बाँकी अंश →
गुलरिया, बर्दिया, १८ जेठ (रासस) ः भारतीय बजार गोन्डाबाट तीनजना नेपाली बालक र बहराइचको बालगृहवाट एकजना बालकलाई चाइल लाइनको बालगृहवाट एकजना गरी चारजना हराएका नेपाली बालकलाई हिजो उद्धार गरेर ल्याइएको महिला तथा बालबालिका कार्यालय बर्दियाका प्रमुख गीराकुमारी बस्नेतले बताउनुभएको छ । एकैसाथ हराएका बाँके नेपालगञ्ज घर भएको कर्णबहादुर थापाको छोरा...बाँकी अंश →
मंगलबारे, इलाम, १८ जेठ (रासस) ः गुराँस लाइफ इन्स्युरेन्स, शाखा कार्यालय, इलामले बिहीबार इलाम नगरपालिका–९ मा रहेको राहसल बाल अनाथालयलाई एक थान कम्प्यूटर हस्तान्तरण गरेको छ । शाखाले कम्पनीको १०औँ वार्षिकोत्सवको अवसरमा कम्प्यूटर हस्तान्तरण गरेको हो । अनाथालयकै परिसरमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, इलाम उद्योग...बाँकी अंश →
काठमाडौँ, १८ जेठ (रासस) ः मुलुकको विकास र समृद्धिका लागि व्यावसायिक तथा प्राविधिक शिक्षामा जोड दिइएको छ । युवा विद्यार्थी आन्दोलन समितिले बिहीबार आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताले अबको शिक्षालाई उत्पादनसँग जोडनुपर्ने सुझाउनुभएको छ । शिक्षाविद् विद्यानाथ कोइरालाले संविधानको मौलिक हकमा शिक्षा नागरिकको अधिकार भनिएका कारण यसलाई सर्वसुलभ र सबैको...बाँकी अंश →
सुर्खेत, १८ जेठ (रासस) ः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको ऊर्जा संकट समाधानका लागि वैकल्पिक ऊर्जा एकमात्र विकल्प भएको बताउनुभएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, काठमाडौँद्वारा प्रदेश राजधानी वीरेन्द्रनगर, सुर्खेतमा बिहीबार आयोजित ‘नवीकरणीय ऊर्जा प्रवद्र्धनमा प्रदेश सरकारको भूमिका’ विषयक कार्यशाला गोष्ठीमा मुख्यमन्त्री शाहीले यो कुरा बताउनुभएको हो...बाँकी अंश →
बुटवल, १८ जेठ (रासस) ः सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–पाल्पा सडकखण्डमा रातभरि परेको अविरल वर्षाका कारण आज बिहानैदेखि अवरुद्ध भएको छ । सडकखण्डको पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै (सिद्धबाबा मन्दिर नजिकै) आज बिहान ३ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत दोभान...बाँकी अंश →
गाईघाट, उदयपुर, १८ जेठ (रासस) ः उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको गाईघाट बजारस्थित त्रियुगा नदी किनारमा दुई वर्षदेखि निरन्तररुपमा निर्माण कार्य हुँदै आएको बृहत् त्रियुगा शान्तिधाम निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ । पुरातात्विक विभागको करीब रु एक करोड ५० लाख र त्रियुगा नगपालिकाको रु २० लाखको आर्थिक लगानीमा निर्माण...बाँकी अंश →
फलेवास, पर्वत, १८ जेठ (रासस) ः रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ । पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को साथीभाइको कुटपिटबाट बुधबार मृत्यु भएको हो । करीब डेढ हप्ता पहिले आइतबार सँगै काम गर्ने नेपाली युवाले कुटपिट गर्दा...बाँकी अंश →
ताप्लेजुङ, १८ जेठ (रासस) ः विश्व धुम्रपानरहित दिवसका अवसरमा ताप्लेजुङ सदरमुकामस्थित एक निजी विद्यालयका बालबालिकाले धुम्रपानविरुद्ध चित्रकला प्रदर्शनी गरेका छन् । फुङलिङ नगरपालिकास्थित अक्सफोर्ड अंग्रेजी माध्यमिक विद्यालयका बालबालिकाले बिहीबार फुङलिङ बजारका विभिन्न क्षेत्रमा धुम्रपानविरुद्ध तयार पारिएका चित्र प्रदर्शनी गरेका हुन् । उक्त विद्यालयमा गठित बाल क्लब र जुनियर रेडक्रस सर्कलले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: