०९ माघ २०८१

समाचार

नमूना विद्यालयलाई रु एघार लाख अनुदान

दाङ, १८ जेठ (रासस) ः छनोट भएका नमूना विद्यालयलाई दाङ राप्ती गाउँपालिकाले रु एघार लाख अनुदान दिने निर्णय गरेको छ । सो गाउँपालिकाका शिक्षा समितिको बैठकले उक्त रकम दिने निर्णय गरेको हो । गाउँपालिकाले श्री मावि मौरीघाट, शंकर मावि पिपरी, सरस्वती आधारभूत विद्यालय छोट्की सिसहनिया र नवप्रतिभा आधारभूत विद्यालय पाखापानीलाई...बाँकी अंश →


मुलुकमा विकास र समृद्धि कायम हुन्छः गृहमन्त्री थापा

विराटनगर, १८ जेठ (रासस) ः गृहमन्त्री रामबहादुर थापाले आगामी वर्ष मुलुकको आर्थिक वृद्धि दर आठ प्रतिशत पुग्ने बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर मोरङद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारद्वारा गत मंगलबार प्रस्तुत बजेटले मुुुलुकमा विकास र समृद्धि कायम भई आगामी केही वर्षभित्र आर्थिक वृद्धि...बाँकी अंश →


दुर्घटनामा परेका बाह्र जनाको सनाखत

पाल्पा, १८ जेठ ९रासस० ः रम्भा गाउँपालिका–४, हुमिनको धारादी वनमा बस दुर्घटनामा मृत्यु भएका १२ जनाको सनाखत भएको छ । प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार मृत्यु हुनेमा तानसेन नगरपालिका–४ का विष्णुमान बज्राचार्य र कृष्णबहादुर बोहोरा, तानसेन– २ का लोकनाथ ढकाल, तानसेन– ३ का वसन्ती खाँड, देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान...बाँकी अंश →


ज्येष्ठ नागरिकका लागि पाँच हजार भत्ता कहिले कार्यान्वयन हुन्छ ?

काठमाडौँ, १८ जेठ ९रासस० ः राष्ट्रियसभाको आजको बैठकमा आव २०७५÷७६ को राजश्व र व्ययको अनुमानमाथिको छलफल आज पनि जारी छ । निर्धारित समयभन्दा २२ मिनेट अर्थात् ११ बजेर २२ मिनेटमा शुरु भएको बैठकमा सांसद खिमलाल भट्टराईले सुन्दा प्रारम्भमा बजेटमा केही छुटेको जस्तो लागे पनि समग्र बजेट वक्तव्य पढिसकेपछि मुलुकको विकास...बाँकी अंश →


पाल्पामा बस दुर्घटना, बाह्रको मृत्यु

पाल्पा, १८ जेठ (रासस) ः पाल्पाको रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा आज बिहान बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा नौ पुरुष र तीन महिला रहेका छन् । प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार सदरमुकाम तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु२ख ९७५...बाँकी अंश →


ऐतिहासिक हातहतियार हराउँदा अमरगढी किल्लाको महत्व घट्दै

डडेल्धुरा, १८, जेठ (रासस) ः डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी किल्लामा रहेका महत्वपूर्ण ऐतिहासिक हातहतियार गायब हुँदा किल्लाको महत्व घटिरहेको छ । सुदूरपश्चिमकै ऐतिहास तथा देशको गरिमा बोकेको अमरगढी किल्लामा रहेका पुरातात्विक महत्वका हतियार हराउँदा किल्ला अवलोकन गर्न आउने पर्यटक निराश बन्ने गर्छन् । ऐतिहासिक गौरव बोकेको अमरगढी किल्ला यस क्षेत्रकै...बाँकी अंश →


पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी, १८ जेठ (रासस) ः गएराति परेको पानीले पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । डिलासैनी–६ को बागाँबगरमा पहिरो जाँदा यातायात ठप्प भएको छ भने एक्साभेटरले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यस्तै हावाहुरीसँगै आएको वर्षाले बैतडीको पाटन नगरपालिका–५ ओदाली र कद्वारमा आठ घर...बाँकी अंश →


विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालय बन्द

रुकुम, १८ जेठ (रासस) ः रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको एक विद्यालयमा पढ्दै गर्दा विद्यार्थी मुर्छा पर्न थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । बाँफिकोट गाउँपालिका–१, पिपल लगिमको जनएकता आधारभूत विद्यालयका विद्यार्थी मुर्छा पर्न थालेपछि बन्द गरिएको हो । केही दिनदेखि यहाँका ४० जना विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालय...बाँकी अंश →


अर्थमन्त्रीले आज जवाफ दिने कार्यसूची

काठमाडौँ, १८ जेठ ९रासस० ः अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रियसभाको आजको बैठकमा आव २०७५÷७६ को राजश्व र व्ययको अनुमानमाथिको सामान्य छलफलमा सदस्यहरुले उठाउनुभएका विषयमा जवाफ दिनुहुने भएको छ । बिहीबारदेखि राष्ट्रियसभामा आर्थिक वर्ष २०७५÷७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएकामा आज छलफल सकिएलगत्तै अर्थमन्त्रीले जवाफ दिनुहुने कार्यसूचिमा उल्लेख...बाँकी अंश →


गुरुकुलमा सबैले पढ्न पाउने

सुरुङ्गा, झापा, १८ जेठ (रासस) ः जातीय विभेदका कारण दलित विद्यार्थीलाई गुरुकुलमा भर्ना नलिएको भन्दै दुई सातादेखि आन्दोलनमा उत्रिएका दलित समुदायले आफ्नो आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । संवाद समूह झापाको संयोजन र मानवाधिकारवादीको सहजीकरणमा हिजो बिर्तामोडमा भएको छलफलमा पाँचबुँदे सहमति भएसँगै संघर्ष समितिले आन्दोलन स्थगित गरेको हो ।...बाँकी अंश →


विस बर्ष पार गरे मात्र विहेवारी गर्न नगर प्रमुखकोे अनुरोध ।।

  कयर खबर : कपिलवस्तु जेठ १८, कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले विस बर्ष पार गरे मात्र विहेवारी गर्न सम्पूर्ण नगरबासीलाई अनुरोध गर्नु भएको छ । प्रमुख कलामले वालविवाह रोक्नाका लगि सबैललाई आपm्नो आपm्नो ठाउबाट पहल गर्नु पर्ने बताउनु भयो । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा बिहिवार बालविवाह अन्त्यका लागि...बाँकी अंश →


सातवर्ष बित्यो तर बनेन स्वास्थ्य भवन

जाजरकोट, १८ जेठ (रासस)  जाजरकोटको नलगाड नगरपालिका दल्ली प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण कार्य थालनी गरेको सात वर्ष बितिसके पनि निर्माण कार्य पूरा नहँुदा निर्माणाधीन भवन अलपत्र परेको छ । निर्माण कार्यको जिम्मा लिएका निर्माण कम्पनीका मालिक बीचमै काम छोडेर बेपत्ता भएका छन् । सरकारी लगानीमा निर्माण हुनथालेको भवनको काम...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter