नवलपरासी, १९ जेष्ठ (रासस) ः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षामान पुनले आगामी दश वर्षभित्र मुलुकमा पर्याप्त विद्युत् उत्पादन हुने भएकाले खाना पकाउनका लागि वर्षेनी आयात गरिने रु २४ अर्ब बराबरको एलपी ग्यासको आयात घटाई बढ्दो व्यापार घाटालाई कम गर्न सकिने बताउनुभएको छ । नवलपरासी, रामग्राममा स्थापना गरिएको ठूलो क्षमताको...बाँकी अंश →
नुवाकोट, १९ जेठ (रासस) ः नुवाकोटमा जारी रहेको ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’मा आज घरेलु टोली नुवाकोटले फ्रेण्डस क्लब काठमाडौलाई ५–० गोल अन्तरले हराएको छ । बट्टारस्थित खेल मैदानमा भएको प्रतिस्पर्धामा नुवाकोट–११ ले बलियो प्रतिद्वन्द्वी फ्रेण्डस क्लबलाई फराकिलो गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । नुवाकोट टोलीले खेलको पहिलो हाफको...बाँकी अंश →
काठमाडौं, १९ जेठ (रासस) ः कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले सुकुम्वासी समस्या समाधान र भूमि व्यवस्थापनबारे प्रभावकारी नीति ल्याउने अन्तिम तयारी भइरहेको बताउनुभएको छ । ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने नारासहित सगरमाथाको सफल आरोहण गर्नुभएकी आरोही निमा छोकी शेर्पाको सम्मानमा कल्याणकारी स्वयमसेवक संघ नेपालले आज रिपोर्टर्स क्लवमा...बाँकी अंश →
काठमाडौँ, १९ जेठ (रासस) ः “झुल्क्यो हेर पूर्वमा नयाँ घाम देशको नयाँ चोला फेर्न उठ हिँड जाम् नयाँ नेपाल बनाउँन लागम् सबै लाम्” मुलुकले समृद्धिको सपना देखिरहेका बेला जनताका गायक रामेश श्रेष्ठले नेपालीलाई आपसमा लडाएर विकासलाई रोक्न खोज्नेहरुको चाललाई चकनाचुर पार्न आह्वानसहित आफ्ना युगीन गीत प्रस्तुत गरिरहँदा श्रोतादीर्घाबाट प्रधानमन्त्री केपी...बाँकी अंश →
सल्यान, १९ जेठ (रासस) ः नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसका लागि सुध्रिने सुनौलो अवसर आएको बताउनुभएको छ । नेपाल शिक्षक संघको २९ औँ प्रतिनिधिसभालाई आज यहाँ सम्बोधन गर्दै शर्माले प्रतिपक्षमा बसेर बिग्रेको काँग्रेस सुधार्ने अहिले नै सबैभन्दा राम्रो अवसर रहेको बताउनुभयो । मदन भण्डारीको जनताको बहुदलीय जनवाद आत्मसात गरेको...बाँकी अंश →
वालिङ, स्याङ्जा १९ जेठ (रासस) ः नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले काँग्रेसको भातृ संगठनका रुपमा रहेका नेपाल तरुण दल र नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्तालाई गुट उपगुट नभनी अगाडि बढ्न आग्रह गर्नुभएको छ । “तपाईँहरुले नेतृत्व गरेको संघसंगठन बलियो हुनुपर्छ”–स्याङ्जामा नेविसंघले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नेता गुरुङले...बाँकी अंश →
पोखरा, १९ जेठ (रासस)ः नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकमा विभिन्न आन्दोलनबाट प्राप्त परिवर्तनको संस्थागत गर्दै थप अधिकारका लागि निरन्तर लडाइँ लडिरहनुपर्ने बताउनुभएको छ । नयाँशक्ति पार्टीको भातृ संगठन तमु राष्ट्रिय परिषद नेपालको दोस्रो राष्ट्रिय भेलाको आज पोखरामा उद्घाटन गर्दै उहाँले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक...बाँकी अंश →
सुर्खेत, १९ जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्माले कर्णालीलाई मुलुककै धनी प्रदेश बनाउने अठोट लिएको बताउनुभएको छ । आज प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले गरिबीको उपमा पाएको यो प्रदेशलाई १० वर्षपछि देशकै धनी बनाउने अठोटका साथ लागि परेको बताउनुभयो । “संघीय सरकारले आर्थिक...बाँकी अंश →
बनेपा, जेठ १९ (रासस) ः सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको ध्यान आर्थिक समृद्धितर्फ केन्द्रित भएको बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकास्थित ढुंखर्कमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन समिति÷बेथानचोक समन्वय समिति, ढुंखर्कले आयोजना गरिएको ‘प्रथम काभ्रे आलु महोत्सव–२०७५ को उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले देशलाई आत्मनिर्भर बनाउन...बाँकी अंश →
काठमाडौँ, १९ जेठ (रासस) ः नेपाल फोटो पत्रकार महासंघ (एनएफपिजे) ले पछिल्लो पटक फोटो पत्रकारहरूमाथि धम्की दिनुका साथै आक्रमण भइरहेको भन्दै सुरक्षाको माग गरेको छ । महासंघले यहाँ आज पत्रकार सम्मेलन गरी नौबुँदे “चितवन घोषणापत्र–२०७५” जारी गर्दै फोटो पत्रकारमाथि सेल्फ सेन्सरसिप बढेको भन्दै फोटो पत्रकारको सुरक्षा, सम्मान र स्वतन्त्र रुपमा...बाँकी अंश →
काठमाडौँ, १९ जेठ (रासस)ः राज्यले सबै भाषा, धर्म र संस्कृतिको समान रुपमा संरक्षण र प्रवर्धन गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन् । गणतन्त्र दिवसको अवसरमा गोरखापत्र दैनिकको ‘नयाँ नेपाल’ बहुभाषिक पृष्ठ संयोजक समितिद्वारा यहाँ आज आयोजित “गोरखापत्र पृष्ठः हिजो, आज र भोलि” विषयक अन्तक्र्रियामा सरोकारवालाहरूले संविधानमा व्यवस्था गरिएको बहुभाषिक, बहुधार्मिक र...बाँकी अंश →
दार्चुला, १९ जेठ (रासस) ः जिल्लाको उत्तरी क्षेत्रका सीमानाकाहरूको सुरक्षाका लागि सशस्त्र प्रहरी खटिएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक विकास थापाको कमाण्डमा ३२ जना सशस्त्र प्रहरीको टोली आज उत्तरी क्षेत्रका सीमा क्षेत्रतर्फ प्रस्थान गरेको सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म, दार्चुलाका गुल्मपति अम्विकाप्रसाद जोशीले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: