२२ फागुन २०८१

समाचार

लालपूर्जा नभएकाहरुलाई घर बनाउने सुविधा दिनुपर्ने माग

हेटौँडा, २२ जेठ (रासस) ः प्रदेश नं ३  प्रदेशसभाको आजको बैठकमा यही जेठ १८ गते प्रदेश सरकारले आव २०७५÷७६ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथिको छलफल शुरु भएको छ । बैठकमा नेकपाका रामेश्वर फुयाँलले राष्ट्रिय गौरवका आयोजनाहरुलाई प्राथमिकता दिनुपर्ने, काठमाडौँमा सडक व्यवस्थापन गर्नुपर्ने, १३ वटै जिल्लामा खानेपानीको सुविधा पु¥याउनुपर्ने...बाँकी अंश →


युवा उद्यमशीलता प्रदर्शनी सम्पन्न

काठमाडौँ, २२ जेठ (रासस) ः नयाँ उद्यमको विकास र दिगो वृद्घिका लागि सहकार्य भन्ने नाराका साथ देशका सातै प्रदेशमा छरिएर रहेका ४७ नयाँ उद्यमीको प्रदर्शनी करीब एक हजार दर्शकले अवलोकन गर्दै सम्पन्न भएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठान र अन्तरप्रेरणा नामक निजी क्षेत्रद्वारा सञ्चालित कम्पनीले संयुक्तरुपमा सोमबार त्रिपुरेश्वरमा आयोजना...बाँकी अंश →


कर्णाली प्रदेशः राष्ट्रपति रनिङ शिल्ड सुर्खेतलाई

सुर्खेत, २२ जेठ (रासस) ः यही जेठ १९–२१ गतेसम्म प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा सञ्चालित कर्णाली प्रदेशस्तरीय १० औँ राष्ट्रपति रनिङ शिल्ड सुर्खेतले हात पारेको छ । उक्त रनिङ शिल्डमा जुम्ला दोस्रो र सल्यान तेस्रो भएका छन् । भलिबलमा पुरुषमा भने सल्यान जिल्ला प्रथम भएको छ । उक्त खेलमा रुकुम दोस्रो...बाँकी अंश →


धार्मिक पर्यटनको विकास गरिनुपर्ने– मन्त्री कुशियत

विराटनगर, २२ जेठ (रासस) ः प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले धार्मिक पर्यटन क्षेत्रको उचित व्यवस्थापन गरेमा प्रदेशको आर्थिक समृद्धि कायम हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिद्वारा सोमबार यहाँ आयोजित उद्योग, पर्यटन वन तथा वातावण मन्त्रालयको काम र आगामी कार्य...बाँकी अंश →


डोको बुनेर जीविका चलाउँदै सत्तरी बर्षीय विक

रामपुर, पाल्पा, २२ जेठ (रासस) ः पाल्पाको रामपुर नगरपालिका–७, किसानवारी बस्ने ७० वर्षीय विष्णु विकले डोको बुनेर नौ जनाको परिवारको गुजारा चलाउँदै आउनुभएको छ । उमेरले डाँडापारिको घाम बन्नुभएका विकको डोको बुन्ने कार्यमा जोश जाँगर भने जवानी अवस्थाको जस्तै देखिन्छ । बिहान उठेदेखि रात नपरुञ्जेलसम्म डोको बुनेर दिन बितेको उहाँलाई...बाँकी अंश →


म्याग्दीको कुहुँमा १७ औँ शताब्दीको सुरुङमार्ग

बेनी, म्याग्दी, २२ जेठ (रासस) ः म्याग्दीको मंगला गाउँपालिका–१, कुहूँको शिरानमा कुहुँ मालिका मन्दिर नजिकै रहेको १७ औँ शताब्दीको ऐतिहासिक सुरुङमार्ग भेटिएको छ । जिल्लाकै सबैभन्दा पुरानो सुरुङमार्ग भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावमा सो सुरुङमार्ग ओझेलमा परेको छ । बाइसे÷चौबिसे राज्यअन्तर्गत तत्कालीन समयमा शक्तिशाली मानिएका राजा डिम्ब मल्लले शत्रुसँग...बाँकी अंश →


आजदेखि हवाई उडान पुन सुचारु

भोजपुर, २२ जेठ ९रासस० ः आजदेखि भोजपुर—काठमाडौँ हवाई उडान पुन सुचारु हुने भएको छ । नेपाल वायुसेवा निगमले नयाँ भाडादर लागू गरेसँगै पुनः उडान सुचारु हुने भएको हो । हवाई सेवाको भाडादर भने रु एक हजार ३५० ले वृद्धि भएको छ । राष्ट्रिय ध्वाजाबाहक निगमले इन्धनको मूल्यवृद्धि गरेकोे भन्दै भोजपुरदेखि...बाँकी अंश →


स्थानीयले विकास चाहिँदैन भनेपछि करोडौँ बजेट फिर्ता

रोल्पा, २२ जेठ (रासस) ः स्थानीयबीचको वैमनश्यताका कारण रोल्पाको लुंग्री गाउँपालिका–६, गुम्चालको विकास गतिविधि ठप्प भएको छ । विकासमा पछाडि परेको भन्दै गाउँपालिकाले विशेष प्राथमिकताका साथ बजेट विनियोजन गरे पनि आपसी वैमनश्यताका कारण साविक गुम्चाल गाविस वडा नं ७, ८ र ९ को विकास गतिविधि अगाडि बढ्न नसकेको हो ।...बाँकी अंश →


चार किलोमा पहिरो ः मुग्लिन सडक एकतर्फी

रत्ननगर, चितवन, २२ जेठ (रासस) ः चितवनको नारायणगढ —मुग्लिन सडकखण्डअन्तर्गत चारकिलो भन्ने स्थानमा आज बिहान ४ः५५ बजे पहिरो खस्दा सडक एकतर्फ मात्र सञ्चालन भएको छ । राति परेको पानीका कारण यहाँ पहिरो खसेको हो । अहिले पनि पानी पर्ने क्रम चितवनमा रोकिएको छैन । चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी...बाँकी अंश →


धरानमा तीनदिने इष्ट ट्रिजम मार्ट हुने

इटहरी, २२ जेठ (रासस) ः प्रदेश १ को पर्यटन प्रवद्र्धन गर्नका लागि धरान उपमहानगरपालिकामा तीन दिवसीय ‘इष्ट टुरिजम मार्ट–२०१८’ यही जेठ २४ देखि शुरु हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना तथा धरान उपमहानगरपालिकाको स्थानीय संयोजनमा काठमाडाँै बाहिर पहिलो पटक प्रदेश १ कै पर्यटकीय सुन्दर शहर धरानमा मार्ट (व्यापार...बाँकी अंश →


जातीय विभेद अझै कायम

बैतडी, २२ जेठ (रासस) ः विभिन्न अभियानका बाबजुद पनि जातीय विभेद अझै न्यूनीकरण हुन नसकेको एक कार्यक्रमका सहभागीले बताएका छन् । सरकारले जातीय विभेद अन्त्यको घोषणा गरेको १२ वर्ष पूरा भएको अवसरमा सोमबार बैतडीमा गरिएको मिडिया संवाद कार्यक्रमका सहभागीले हरेक सचेत नागरिकले जातीय विभेद अन्त्यको पहल थाल्नुपर्ने बताएका हुन् ।...बाँकी अंश →


राष्ट्रिय कविता प्रतियोगिताको नतिजा सार्वजनिक

लिबाङ, रोल्पा, २२ जेठ (रासस) ः ‘पर्यटन प्रवद्र्धनका लागि साहित्य’ भन्ने मूलनाराका साथ रोल्पामा सञ्चालित बृहत् साहित्य सम्मेलनअन्तर्गत ‘राष्ट्रिय कविता प्रतियोगिता’को अन्तिम नतिजा सार्वजनिक भएको छ । प्रतियोगितामा लमजुङका प्रज्वल अधिकारी (आऊ साइँला एकैछिन भलाकुसारी गरम्) शीर्षक कविता प्रथम, अछामका लक्ष्मण सङ्गम (म त मूर्ख रहेछु) द्धितीय, सिन्धुपाल्चोकका सुरेश बुढाथोकी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter