२२ फागुन २०८१

समाचार

पाँच लाख रोजगारी सिर्जना हुन्छ ः पूर्वमन्त्री कोइराला

काठमाडौँ, २३ जेठ (रासस) ः पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले मुलुकमा पाँच लाख रोजगारी सिर्जना गर्ने गरी सरकारले हालै प्रस्तुत गरेको बजेटले सामाजिक रुपान्तरणमा ठूलो परिवर्तन ल्याउने बताउनुभएको छ । सञ्चार केन्द्र नेपालद्वारा आज यहाँ आयोजित ‘बजेटले सामाजिक जीवनमा पार्ने प्रभाव’ विषयक अन्तक्र्रियामा उहाँले कृषि, पर्यटन, ऊर्जालगायत क्षेत्रमा सरकारले गर्ने लगानीले...बाँकी अंश →


कानून निर्माणमा सजग र सिर्जनशील हुन सभामुखको निर्देशन

काठमाडौैँ, २३ जेठ (रासस) ः सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई कानून बनाउने मुख्य जिम्मेवारी प्रति प्रर्याप्त समय दिई घोत्लिएर काम गर्न निर्देशन दिनुभएको छ । संघीय संसद्का सांसदलाई कानून तर्जुमालगायत समग्र संसदीय प्रक्रियाकाबारे जानकारी दिन आज यहाँ आयोजित अभिमुखीकरण कार्यक्रम शुभारम्भ गर्दै उहाँले सांसदको मुख्य काम कानून र नीति बनाउनु भएकाले...बाँकी अंश →


‘लीलाध्वज साहित्य सम्मान’ ताना शर्मालाई

काठमाडौँ, २३ जेठ (रासस) ः लीलाध्वज थापा स्मृति प्रतिष्ठानले यस वर्षको ‘लीलाध्वज साहित्य सम्मान’ वरिष्ठ साहित्यकार तारानाथ शर्मालाई प्रदान गर्ने भएको छ । नेपाली भाषा तथा अंग्रेजी साहित्यको विकासमा योगदान पु¥याएबापत शर्मालाई उक्त सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले जानकारी दिनुभयो । सो पुरस्कारको राशि रु २५ हजार र...बाँकी अंश →


प्रहरीद्वारा भेटिएको रकम फिर्ता

विराटनगर, २३ जेठ (रासस) ः इलाका प्रहरी कार्यालय, रानीका प्रहरी सहायक निरीक्षक लोकप्रसाद दुलालले बेवारिसे अवस्थामा भेटिएको रकम सम्बन्धित व्यक्तिलाई मंगलबार फिर्ता गर्नुभएको छ । विराटनगर–१५ स्थित भन्सार ढाटमा ड्युटीमा खटिनुभएको बेलामा सो रकम भेटिएको थियो । विराटनगर–१० बस्ने डा क्षितिज गिरीलाई सो रकम मंगलबार फिर्ता गरिएको इलाका प्रहरी कार्यालय...बाँकी अंश →


रामपुरको तालपोखरामा लोभिए पर्यटक

पाल्पा, २३ जेठ (रासस) ः रामपुर नगरपालिकाको तालपोखरामा डुङ्गाको यात्रा सञ्चालनमा आएसँगै यहाँका आन्तरिक पर्यटक तालप्रति लोभिएका छन् । सामान्य पानी रहेको पोखरीमा मानिसलाई आकर्षण गर्ने भौतिक संरचनाको विकासले तालपोखरा जिल्लाकै नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको हो । तालमा भरिभराउ पानी, डुङ्गाको यात्रा, दैनिक शिवको पूजा हुन थालेसँगै पर्यटक यस...बाँकी अंश →


नारायणगढ—मुग्लिन सडक दिउँसो बन्द नहुने

चितवन, २३ जेठ (रासस) ः नारायणगढ–मुग्लिन सडकखण्डको पूरै भागमा कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ । नारायणगढ—मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ईन्जिनियर शिव खनालका अनुसार मंगलबार राति १२ बजे सो सडकको ३३ दशमलब २ किलोमिटरमा पहिलो तहको कालोपत्र गर्ने कार्य सम्पन्न भएको हो । यससँगै दैनिक बिहान १० देखि दिउँसो...बाँकी अंश →


अत्यधिक गर्मीले तराईको जनजीवन अस्तव्यस्त

महेन्द्रनगर, धनुषा, २३ जेठ (रासस) ः धनुषासहित मध्य तथा पूर्वी तराईमा पछिल्लो चार–पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । वायुमण्डल सफा रहँदा सूर्यको किरणले जीउ नै पोल्ने गरी बढेको तापक्रम अझै केही सातासम्म बढ्ने जलवायु तथा मौसम कार्यालयले जनाएको छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै हावा नचल्नु र...बाँकी अंश →


सुनसरीमा जंगली हात्तीको आतंक

इनरुवा, २३ जेठ (रासस) ः सुनसरीको कोशी गाउँपालिकामा जंगली हात्तीको आतंक बढेको छ । केही दिनयता कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्कने जंगली हात्तीले स्थानीयवासीको घरबालीमा क्षति पु¥याउने गरी आतंक मच्चाउन थालेको स्थानीयवासी चन्दन मगरदैताले जानकारी दिनुभयो । रातिको समयमा दैनिकजसो कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आतंक मच्चाउन थालेपछि स्थानीयवासी त्रसित...बाँकी अंश →


कोशी गापामा चारसय चल्लाको मृत्यु, बर्डफ्लुको आशंका

इनरुवा, २३ जेठ (रासस) ः सुनसरीको कोशी गाउँपालिका–६ मा एक कुखुरापालक किसानका ४०० चल्ला मरेका छन् । स्थानीयवासी उपेन्द्र यादवले सोमबार राति चल्ला ल्याएको र मंगलबार बिहान एक–दुई गर्दागर्दै भकाभक चल्लाको मृत्यु भएको स्थानीय प्राविधिक पप्पु पाठकले जानकारी दिनुभयो । यादवले कैलाशपति ह्याचरी चितवनबाट ल्याएको चल्ला मधुवनका वासु श्रेष्ठसँग खरीद...बाँकी अंश →


शहीद परिवारलाई आयआर्जनका लागि गाई र भैँसी

राजविराज, २३ जेठ (रासस) ः प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शहीद परिवारलाई आयआर्जनका लागि उन्नत जातका गाई र भैँसी दिइने घोषणा गर्नुभएको छ । राजविराजमा सञ्चालित एकदिने पशु स्वास्थ्य तथा बाँझोपना निवारण शिविरको मंगलबार उद्घाटन गर्दै मन्त्री साहले सो घोषणा गर्नुभएको हो ।...बाँकी अंश →


कुष्ठरोग खोज्न गाउँ पस्दै स्वास्थ्यकर्मी

काँकडभिट्टा, २३ जेठ (रासस) ः मेचीनगर नगरपालिकाले सन्दिग्ध कुष्ठरोगीको खोजपड्ताल गर्न स्वास्थ्यकर्मीलाई गाउँगाउँ खटाउने भएको छ । स्वास्थ्यकर्मीको टोलीले घरघरै पुगेर फेला पारेका सन्दिग्ध व्यक्तिहरुलाई स्वास्थ्य केन्द्रमा बोलाएर कुष्ठरोग लागेको हो कि होइन भनी यकिन गरेर उपचारको निःशुल्क व्यवस्था मिलाइने बताइएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार वडाध्यक्ष र सञ्चारकर्मीसँग...बाँकी अंश →


उपप्रधानमन्त्री यादव र शहरी विकासमन्त्री राइनलाई बधाई

काठमाडौँ, २२ जेठ (रासस) ः उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राइनलाई संघीय समाजवादी फोरमले शुभकामना तथा बधाई ज्ञापन गरेको छ । पार्टी मुख्यालय ललितपुरको बालकुमारीमा आज आयोजित कार्यक्रममा उहाँहरुलाई पार्टीबाट उपप्रधानमन्त्री र मन्त्रीजस्तो गरिमामय पद सम्हाल्नुभएकामा स्वागत तथा बधाई ज्ञापन गर्नुभयो । सो अवसरमा पार्टीका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter