२२ फागुन २०८१

समाचार

प्रज्ञा प्रतिष्ठानको पुनःनिर्माण कार्य तीव्र गतिमा

काठमाडाँै, २३ जेठ (रासस) ः भूकम्पबाट क्षतिग्रस्त नेपाल प्रज्ञा प्रतिष्ठानको पुनःनिर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । गत वर्षको असारमा जीर्णोद्धार कार्य प्रारम्भ भएको प्रतिष्ठानको दुई वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको थियो । रासससँग कुरा गर्दै प्रतिष्ठानका सदस्य–सचिव जीवेन्द्रदेव गिरीले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि...बाँकी अंश →


एक करोड ९६ लाख राजश्व संकलन

दाङ, २३ जेठ (रासस) ः जिल्ला समन्वय समितिले नदीजन्य पदार्थको अवैध उत्खनन् र चोरी निकासी गर्नेलाई कारबाही गरेर रु २८ लाख ५० हजार राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा अवैध उत्खनन् तथा निकासीमा प्रयोग गरिएका ३९९ वटा सवारी साधनलाई कारबाही गरेर सो राजश्व संकलन गरिएको जिल्ला समन्वय समितिका...बाँकी अंश →


प्राथमिकतामा पर्न नसकेको यार्सागुम्बा

काठमाडौँ, २३ जेठ (रासस) ः हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा भने पर्न सकेको देखिँदैन । नेपालमा पछिल्लो दुई दशकयता यार्सागुम्बाको व्यावसायिक रुपमा संकलन तथा ओसारपसार हँुदै आए पनि सरकारले यसमा अझै स्पष्ट नीति र कानूनको व्यवस्था गर्न सकेको छैन । यार्सागुम्बा...बाँकी अंश →


कोशी अञ्चल अस्पताल सुधारमा महानगरपालिकाको सक्रियता

विराटनगर, २३ जेठ (रासस) ः महानगरपालिकाले कोशी अञ्चल अस्पतालको समन्वयमा अस्पताल सुधार अभियान सञ्चालन गरेको छ । अस्पताल प्रशासनसँगको समन्वयमा बच्चा वार्ड, फोहरमैला व्यवस्थानका साथै भौतिक संरचना सुधारका लागि तत्काल सुधार अभियान सञ्चालन गरिने भएको हो । महानगरले अस्पतालको आसपासको क्षेत्रमा आज पनि सरसफाइ अभियान सञ्चालन गरेको छ । विराटनगर...बाँकी अंश →


पुनःनिर्माणको खर्च पारदर्शी रुपमा हुनुपर्छ : अर्थमन्त्री खतिवडा

काठमाडौँ, २३ जेठ (रासस) ः अर्थमन्त्री डा युवराज खतिवडाले दाताबाट ऋण लिएर भूकम्पपीडितलाई निजी आवास पुनःनिर्माणका लागि अनुदान दिइएकाले पारदर्शी रुपमा खर्च हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले आज यहाँ आयोजना गरेको काठमाडौँको निजी आवास पुनःनिर्माणमा भइरहेको ढिलाइका विषयमा नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँगको गोष्ठी उद्घाटन गर्नुहुँदै...बाँकी अंश →


पोखरामा भारतीय पर्यटकको चाप बढ्यो

पोखरा, २३ जेठ (रासस) ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर र मुक्तिनाथ भ्रमण अघिसम्म विशेषतः दक्षिण भारतबाट बढी मात्रामा धार्मिक पर्यटक आउने गरेका थिए । मोदीको भ्रमणपछि भने दक्षिण भारतबाट मात्र नभइ उत्तर भारतका पर्यटक पनि मुक्तिनाथ लगायतका तीर्थस्थलको दर्शनका लागि आउने क्रम वृद्धि भएको छ । पछिल्लो समयमा पोखरा...बाँकी अंश →


सैनामैनामा बुद्धकालीन सभ्यताका अवशेष भेटिए

पन्देही, २३ जेठ ९रासस० ः सैनामैना नगरपालिकामा बुद्धकालीन सभ्यताका अवशेष फेला परेपनि प्रचार नभएका कारण सो क्षेत्र ओझेलमा परेको छ । सैनामैना नगरपालिका–१ को विभिन्न स्थानमा बुद्धकालीन इँट्टा, औजार, पुरातात्विक महत्वका वस्तु, राजा र रानीले नुहाउने कुवा फेला परेकाले अहिले त्यस स्थानलाई तारबार गरेर संरक्षण गरिएको छ । सैनामैना नगरपालिकाले...बाँकी अंश →


हाइड्रोपावर इञ्जिनियरिङ विषयको पढाइ शुरु

काठमाडौँ, २३ जेठ (रासस)ः पोखरा विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तर तहमा ‘हाइड्रोपावर इञ्जिनियरिङ’ विषयको पढाइ शुरु गर्ने भएको छ । नेपालमा जलविद्युत् परियोजनका लागि दक्ष इञ्जिनियर उत्पादन गर्ने उद्देश्यले सो विषयमा पढाइ शुरु गर्न थालिएको विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन बुद्धिराज जोशीले जानकारी दिनुभयो । ‘‘नेपालमा बढ्दो...बाँकी अंश →


गर्मीका कारण जनजीवन कष्टकर

लहान, २३ जेठ (रासस) ः पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ । तापक्रम वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घर बाहिर निस्किनसमेत समस्या भइरहेको छ । अत्यधिक गर्मीका कारण बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ । वैशाख–जेठमा...बाँकी अंश →


दुई भारतीय भारी परिमाणमा भारतीय रुपैयाँसहित पक्राउ

पर्सा, २३ जेठ (रासस) ः भारी परिमाणमा भारतीय रुपैयाँसहित पक्राउ परेका दुई भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी भारत विहार पूर्वी चम्पारण बेलवा निवासी चितरञ्जन प्रसाद र विहारकै मोतियारी पलनवा निवासी रोहित केशरीलाई सार्वजनिक गरेको हो । वीरगञ्जको रजतजयन्ती...बाँकी अंश →


सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गर्ने प्रयास

अछाम, २३ जेठ (रासस) ः दृढ ईच्छा, लगनशीलता र इमान्दारीता भयो भने सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गर्ने प्रयासमा सर्वसाधारण व्यक्ति पनि लाग्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्, अछाम साँफेबगरका कृष्ण कुँवर । पेशाले पुस्तक व्यवसायी कुँवर आफ्नो जिल्लाको सामुदायिक विद्यालयको शैक्षिकस्तर कसरी माथि उकास्ने भन्नेबारेमा सधैँ चिन्तित हुन्छन् ।...बाँकी अंश →


यौनिक तथा अल्पसंख्यकको अधिकार सुनिश्चित गरिने

काठमाडौँ, २३ जेठ (रासस) ः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले यौनिक तथा अल्पसंख्यकहरुको हक अधिकार सुनिश्चितताका लागि सरकारले उचित पहल गर्ने बताउनुभएको छ । यौनिक तथा अल्पसंख्यकको वर्तमान अवस्था, समस्या तथा चुनौतीका सम्बन्धमा आज मन्त्रालयले आयोजना गरेको अन्तक्र्रियामा मन्त्री थापाले संविधानमा उल्लेखित मौलिक हक तथा अधिकारबारे स्पष्ट पार्न...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter