२२ फागुन २०८१

समाचार

इको टुरिजम उद्यान सञ्चालनमा

भरतपुर,२८ असोज  पूर्वी चितवनको राप्ती नगरपालिकामा निर्माण गर्न लागिएको इको टुरिजम उद्यान सञ्चालनमा ल्याइएको छ । प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले सोमबार उद्यान शिलान्यास गर्नुभएको हो ।वनको आयआर्जनका लागि रु पाँच करोडको लागमा शिखर हरियाली सामुदायिक वनको १३ बिघा जमीनमा अत्याधुनिक सामुदायिक उद्यान निर्माण...बाँकी अंश →


आफ्ना बस्ती सफा–सुन्दर बनाइराख्न आग्रह

काभ्रेपलाञ्चोक, २८ असोज  स्थानीय तहहरूले आ–आफना घर तथा बस्ती सफा, सुन्दर, हराभरा बनाइराख्न स्थानीय बासिन्दामा आग्रह गरेका छन् । सरकारको ‘सुखी नेपालीः समृद्ध नेपाल’ महाअभियानमा सहयोग पु¥याउने उद्देश्यले काभ्रेपलाञ्चोकका नगरपालिका तथा गाउँपालिकाले स्थानीय बासिन्दामा यस्तो आग्रह गर्दै आएका हुन् । “प्रत्येक व्यक्तिले आफ्नो घर–आँगन, चोक, गल्ली तथा बस्ती सफा राख्न...बाँकी अंश →


भूकम्पले लडाएका घर सरकारी अनुदानमा ठडिए

बेत्रावती, २८ असोज  नुवाकोटमा भूकम्पले लडाएका ५६ हजारभन्दा बढी घर पुनःनिर्माण गरिएकोे छ । जिल्लास्थित अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार हालसम्म ५६ हजार १०७ भूकम्पपीडित लाभग्राहीले सरकारी अनुदान लिएर भूकम्पले लडाएका घर पुनःनिर्माण गरेका हुन् ।पीडितलाई घर पुनःनिर्माणका लागि नेपाल सरकार र सरकारबाट अनुमति पाएका सामाजिक संस्थाले तीन...बाँकी अंश →


अन्तरराष्ट्रिय क्रस कन्ट्री दौडमा २७ टोलीको सहभागिता

कास्की, २८ असोज  पोखरामा यही असोज २९ गते ९अक्टोबर १६० मा हुने अन्तरराष्ट्रिय क्रस–कन्ट्री दौड प्रतियोगिताका लागि सबै तयारी पूरा गरिएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ, पश्चिमाञ्चल होटल सङ्घ तथा चीनको कुन्मिन माउण्टेनियरिङ एण्ड एक्पोरेशन एशोसिएसन ९केएमइए०को संयुक्त आयोजनामा हुने सो प्रतियोगितामा टिम इभेन्टमा नेपाल र चीनका गरी २७...बाँकी अंश →


शीतभण्डार निर्माण

मुग्लिन, २८ असोज  चितवनको इच्छाकामनामा शीतभण्डार निर्माण गरिएको छ । साना किसान सहकारी संस्था लिमिटेडले उक्त गाउँपालिका–४ स्थित कुरिनटारमा सो शीतभण्डार निर्माण गरेको हो । केन्द्र सरकारको तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गत गाउँपालिकाले साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई छनोट गरेकामा उक्त कार्यक्रमबाट रु ३५ लाख र सहकारीको १० प्रतिशत लगानीमा शीतभण्डार...बाँकी अंश →


मिनी चिडियाघरमै वन्यजन्तु असुरक्षित

भद्रपुर, २८ असोज    पर्यटक आकर्षणका लागि झापाका थुप्रै सामुदायिक वनले मिनी चिडियाघरका नाममा पालेका वन्यजन्तु असुरक्षित भएका छन् । मेचीनगर–११ मा रहेको बाँसबारी सामुदायिक वनमा तारजालीको कडा घेराभित्र पालिएका चार वयस्क हरिणलाई एक महीनाअघि कुकुरले चिथोरेर मारेपछि चिडियाघरका वन्यजन्तुको सुरक्षामा प्रश्न उठन थालेको छ । एकैखेपमा यति धेरै दुर्लभ...बाँकी अंश →


तीन दिनमा ११० ट्याक्सी चालक नियन्त्रणमा

पोखरा, २७ असोज  तीन दिनयता पोखरा महानगरपालिकाका विभिन्न स्थानमा मिटरमा नगई मनोमानी भाडा लिने तथा मिटर नै जडान नगरी चलाउने ११० ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यही असोज २५, २६ र २७ गते कास्की जिल्ला प्रहरी कार्यालयले गरेको जाँचका क्रममा क्रमशः ५३, २७ र ३० ट्याक्सी चालकलाई नियन्त्रणमा...बाँकी अंश →


बढी भाडा लिएको आरोपमा मुद्दा दायर

खोटाङ, २८ असोज  यात्रुबाट बढी भाडा लिएको आरोपमा दुई जनाविरुद्ध कालोबजारीअन्तर्गत मुद्दा दायर गरिएको छ । तोकिएकोभन्दा बढी भाडा लिएको आरोपमा हुर्लुङस्थित खोटाङ यातायात प्रालिको काउण्टरबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका तेञ्जी शेर्पा र फुर्वा शेर्पालाई पक्राउ गरी सोमबार मुद्दा दायर गरिएको हो । खोटाङबाट काठमाडौँ जाने यात्रुबाट जनही रु...बाँकी अंश →


मेलामा खुकुरी प्रहार गर्ने पाँच पक्राउ

राँझा, २८ असोज  बाँकेको बैजनाथ गाउँपालिकामा लागेको मेलामा युवामाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । उक्त गाउँपालिका–२ भौंरीकुनास्थित शिवमन्दिर परिसरमा लागेको पूर्णिमा मेलामा आइतबार राति युवती जिस्क्याएको विषयमा विवाद उत्पन्न भई खुकुरी हानाहान हुँदा सोही ठाउँका नेपाली सेनामा कार्यरत लोकेन्द्र शाही सख्त...बाँकी अंश →


छुट्टाछुट्टै घटनामा तीन पक्राउ

कैलाली, २८ असोज  प्रहरीले लागुऔषधसहित एक जनालाई सोमबार पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३ मा डेरा गरी बस्ने भारतको लखिमपुरका १९ वर्षीय आशिष बालमिकीलाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।लागुऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर शाखा र त्रिनगर प्रहरी चौकीबाट खटिएको टोलीले बालमिकीको कोठाबाट...बाँकी अंश →


वैकल्पिक सडक अनुगमन

भक्तपुर, २८ असोज  मध्यपुरथिमि अस्पतालबाट खरिबोट हँुदै सूर्यविनायक नगरपालिका–५ दधिकोट गाम्चा जाने वैकल्पिक सडक निर्माण भएको छ । मध्यपुरथिमि नगरपालिका र दधिकोट जोड्ने हनुमन्ते खोलामा पुल निर्माण भएसँगै शुरु गरिएको उक्त सडकमा कालोपत्र गरिएको थियो । सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतको पहलमा निर्माण भएको उक्त सडकको उहाँसहितको टोलीले अनुगमनसमेत गरेको...बाँकी अंश →


सोमबारदेखि भारतमा नेपाल र भारतका ऊर्जा सचिवको बैठक

काठमाडौँ, २६ असोज,,  नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक सोमबारदेखि भारतमा शुरु हुने भएको छ । बैठक दुई दिनसम्म चल्ने सो बैठकमा अन्तरदेशीय प्रसारण लाइन, इनर्जी बैंकिङलगायतका विषयमा छलफलसहित सहमति जुटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो । बैठकमा नेपालले लामो समयदेखि प्रस्ताव...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter