काठमाडाँैं, ३१ जेठ (रासस)ः राष्ट्रियसभामा नेकपाबाट संसदीय दलका नेता दीनानाथ शर्माले सांसदलाई प्रशिक्षण नभई भवन निर्माणमा सहयोग गर्न दातृ निकायलाई आग्रह गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो,‘‘दातृ निकायले हामीलाई प्रशिक्षणका लागि नै सहयोग गर्न जरुरी छैन । संसद् भवन निर्माण गरिदिए हुन्छ । सांसदको...बाँकी अंश →
महेन्द्रनगर, धनुषा ३१ जेठ (रासस) ः प्रदेश नं २ को प्रदेश प्रहरी ऐन मन्त्री परिषद्बाट स्वीकृत भएको छ । केन्द्रबाट आएका सुरक्षा विज्ञ र स्थानीय सुरक्षा विज्ञको टोलीबीच विभिन्न चरणमा छलफल गरी प्रदेश प्रहरी ऐन निर्माण गरी आज मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । मन्त्रिपरिषद्बाट ऐन पारित भएपछि प्रदेश प्रहरी विधेयक...बाँकी अंश →
काठमाडौँ, ३१ जेठ (रासस) ः नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसको बन्दसत्र सम्पन्न भएको छ । चार वर्ष नौ महिनापछि भएको महाधिवेशनको बन्दसत्रमा सरकारले सञ्चार क्षेत्रमा गरेको ज्यादती, यातायात एकाधिकारको नाममा मजदूर र पूँजीलाई नियन्त्रण गर्न खोजेको, निर्माण क्षेत्रका मजदूरलाई गरेको व्यवहारलगायत मजदूरविरुद्ध चालिएका कदमविरुद्ध सशक्त आन्दोलन गर्ने...बाँकी अंश →
काठमाडौँ, ३१ जेठ (रासस) ः नेपाल र भातरबीच थप हवाईमार्ग उपलब्ध गराउने विषयमा आजदेखि द्विपक्षीय छलफल शुरु भएको छ । हवाई यातायात थप सहज र सरल बनाउने लक्ष्यका साथ नेपालले थप हवाईमार्ग उपलब्ध गराउन लामो समयदेखि प्रयास गर्दै आएका सन्दर्भमा नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) र भारतको ‘एयरपोर्टस् अथोरिटी अफ इन्डिया...बाँकी अंश →
बागलुङ, ३१ जेठ (रासस) ः राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता धेरै नटिक्ने दाबी गर्नुभएको छ । प्रगतिशील पत्रकार संघले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले संघीयता देशलाई भारी भएको टिप्पणी गर्नुभयो । अध्यक्ष केसीले नेपालको अर्थतन्त्रले संघीयता धान्न नसक्ने जिकीर गर्नुभयो । उहाँले भन्नुभयो, “जसोतसो केही वर्ष धानिएला,...बाँकी अंश →
काठमाडौँ, ३१ जेठ (रासस)ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजग कोरियाका स्टेट अफेयर्स कमिसनका अध्यक्ष किम जोङ उनबीच भएको वार्ताले विश्व शान्ति कायम गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । नेता नेपालले आज जारी गरेको विज्ञप्तिमा गत...बाँकी अंश →
फलेवास, पर्वत, ३१ जेठ (रासस) ः स्वास्थ्य तथा जनससंख्या राज्यमन्त्री पद्मा अर्यालले अब सम्पूर्ण नेपाली नागरिकको स्वास्थ्योपचारको जिम्मा सरकारले लिने बताउनुभएको छ । पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कार्यक्रमलाई आज सदरमुकाम कुश्माबजारमा सम्बोधन गर्दै राज्यमन्त्री अर्यालले पाँच वर्षभित्र सबै स्थानीय तहमा विशेष चिकित्सकको दरबन्दीसहितको अस्पताल निर्माण गरिने बताउनुभयो । उहाँका...बाँकी अंश →
वीरगञ्ज, ३१ जेठ (रासस) ः बालबालिकाले अपराध गरेको ठहरिए पनि उनीहरूलाई अपराधी वा खराब व्यक्तिका रुपमा नहेरी सुधारात्मक व्यवहार गर्नुपर्ने राय कानून व्यवसायीहरूको छ । सामाजिक न्यायका दृष्टिकोणले बालबालिकाका मुद्दा हेर्दा धेरैजसोमा बालबालिकालाई जति दोषी ठानिन्छ त्योभन्दा बढी दोष सामाजिक परिवेश, घटनाक्रम र मूल्य मान्यताका कारण हुने गरेको उनीहरूको कथन...बाँकी अंश →
कलैया, ३१ जेठ (रासस) ः जिल्ला कृषि विकास कार्यालय बाराले विभिन्न जातका धानका बीउमा किसानलाई २५ प्रतिशत अनुदान दिने भएको छ । भदैया र अघनी धानखेती गर्न कृषकलाई अनुदानको बीउ वितरण गर्न लागिएको वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले जानकारी दिनुभयो । कार्यालयले राम, सावित्री, हर्दिनाथ, सुक्खा तीन, स्वर्ण एक...बाँकी अंश →
दाङ, ३१ जेठ (रासस) ः प्रदेश नं ६ अन्तर्गत सुर्खेतको हात्तीखालमा निर्माण शुरु भएको भेरी बबई डाइभर्शन बहुउद्देश्यीय आयोजना (विविडिएमपी) को सुरुङ मार्ग निर्माणको काम करीब ४० प्रतिशत सम्पन्न भएको छ । चाइना ओभरसियस इन्जिनियरिङ ग्रुरुपले निर्माण गरिरहेको भेरी बबई डाइभर्सन आयोजनाको साढे पाँच किलोमिटर सुरुङ मार्ग निर्माण सम्पन्न भएको...बाँकी अंश →
विराटनगर, ३१ जेठ (रासस) ः उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान बहुमतको सरकारलाई काम गर्ने राम्रो अवसर प्राप्त भएको बताउनुभएको छ । प्रेस चौतारी मोरङ र प्रेस सेन्टर मोरङद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई पूर्णरुपमा सफल बनाउने...बाँकी अंश →
मंगलबारे, इलाम, ३१ जेठ (रासस) ः हालको लघुवित्तसम्बन्धी नीतिले गाउँगाउँमा समस्या निम्त्याएको भन्दै यससँग सम्बन्धित नीति परिमार्जन गर्न सरोकारवालाले माग गरेका छन् । नेपाल मधेश फाउण्डेशन, सुन्दर शान्त नेपाल नामक संस्थाद्वारा सदरमुकाममा आयोजित ‘वित्तिय संस्थाले पारेको सामाजिक प्रभाव तथा असर’ विषयक कार्यक्रमका वक्ताले विकृति र विसंगति बढेकाले यस्तो नीति परिमार्जन...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: