१९ माघ २०८१

समाचार

नरभक्षी चितुवा नियन्त्रणमा गम्भीर बन्न ध्यानाकर्षण

दमौली, २८ असोज    तनहुँ जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा लगातार चितुवाको आक्रमण बढेपछि नेपाली काङ्ग्रेसका निर्वाचित जनप्रतिनिधिले यसको नियन्त्रणमा गम्भीर बन्न प्रशासनलाई ध्यानाकर्षण गराउनुभएको छ । चितुवाको आक्रमणबाट नगरपालिकाका विभिन्न वडामा पाँच जना बालबालिकाको मृत्यु भइसकेकाले जतिसक्दो चाँडो चितुवा नियन्त्रणमा लिएर स्थानीयवासीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गर्दै राष्ट्रियसभा...बाँकी अंश →


नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न

काठमाडौँ, २८ असोज  दलित समुदायको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने र सम्बन्धित देशमा जातीय छुवाछूत कानून बनाउन पहल गर्नेलगायत नौ बुँदे घोषणापत्र जारी गर्दै ‘जातीय विभेद अन्त्यका लागि प्रवासी नेपालीको भूमिका’ विषय दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ । नासो कम्युनिटी युएसए र जातीय विभेदविरुद्ध विश्वमञ्च युएसएलगायतका सङ्घसंस्थाद्वारा काठमाडौँमा आयोजित सो...बाँकी अंश →


शान्तिपुर मन्दिरको जीर्णोद्धार चार करोडमा

काठमाडौँ, २८ असोज  विश्व सम्पदामा सूचीकृत स्वयम्भूमा रहेको शान्तिपुर मन्दिरको जीर्णोद्धार रू चार करोडको लागतमा सम्पन्न भएको छ । भूकम्पका कारण ठूलो क्षति पुगेको उक्त सम्पदा जोखिममा परेपछि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले मन्दिरको जग तथा चारैतर्फको पर्खाल भत्काएर जीर्णोद्धारका साथै आवश्यक स्थानमा पुनःनिर्माणसमेत गरेको हो । स्वयम्भूको संरक्षण तथा...बाँकी अंश →


पत्रकार बोहराको उपचारका लागि आर्थिक सहयोग गर्न महासङ्घको अपिल

काठमाडौँ, २८ असोज  नेपाल पत्रकार महासङ्घले हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेको छ । पत्रकार बोहरा मस्तिष्कघातका कारण गम्भीर बिरामी भई काठमाडौँको बाँसबारीस्थित न्यूरो अस्पतालको सघन उपचार कक्षमा कक्षमा उपचाररत हुनुहुन्छ । बोल्न र हिँडडुल गर्न नसक्ने अवस्था रहेपछि बेहोस अवस्थामै अध्यक्ष बोहरालाई उपचारका...बाँकी अंश →


रुग्ण आयोजनाबाट मुक्ति पाउँदै प्राधिकरण

काठमाडौँ, २८ असोज    एउटा आयोजना सम्पन्न गर्न कति समय लाग्ला ? सामान्य मान्छेले उत्तर दिन सक्छ, दुई, तीन वा पाँच वर्ष । तथ्यहरु नै भन्छन् सरकारी लगानीको एउटा आयोजना सम्पन्न गर्न १२ वर्ष लागेको छ । नेपालीमा एउटा उखान लोकप्रिय छ ‘बाह्र वर्षमा त खोला पनि फर्किन्छ ।’ यस्तै...बाँकी अंश →


प्रसारण लाइन निर्माण गर्न पुनः बोलपत्र

काठमाडौँ, २८ असोज  नेपाल विद्युत् प्राधिकरणले कूल २२० केभी क्षमताको हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौँडा–भरतपुर खण्ड निर्माणका लागि पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । भारतीय निर्माण व्यवसायी कम्पनी आईकम टेल लिमिटेडको कामको प्रगति सन्तोषजक नभएपछि प्राधिकरणले गत वैशाखमा ठेक्का तोडेको थियो । प्राधिकरणले प्रसारण लाइनको बाँकी काम गर्न ठेकेदार...बाँकी अंश →


विद्यालयमा तालाबन्दी

लहान, २८ असोज    विद्यालय व्यवस्थापन समितिका असन्तुष्ट सदस्य तथा स्थानीय अभिभावकले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका– ३ स्थित माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । विद्यालयमा उमेर हद नाघिसकेका व्यक्तिलाई कागजी कीर्ते गरी लेखापालमा सिरहाको भगवान्पुर गाउँपालिका– २ नहरारिगौल निवासी जागेश्वर सिंहलाई नियुक्ति गरेको आरोप लगाउँदै असन्तुष्ट सदस्य तथा स्थानीय अभिभावकले हिजो...बाँकी अंश →


रेल सेट निर्माण हुँदै

काठमाडौँ, २८ असोज    धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि खरीद गर्न लागिएको रेल सेट भारतमा निर्माण हुँदैछ । नेपालले भारतीय सरकारी कम्पनी कोनकानमार्फत रेल सेट खरीद गर्न लागिएको होे । उक्त स्थानमा गुड्ने दुई सेट रेलको अहिले भारतमा निर्माण हुँदै छन् । चाँडो निर्माण सक्नका लागि रेल विभागले ताकेता गरिरहेको...बाँकी अंश →


राष्ट्रिय टोलीका कप्तान पारसले दिए राजीनामा

काठमाडौँ, २८ असोज    नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले राष्ट्रिय टोलीको कप्तान पदबाट आज राजीनामा दिनुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निलम्वनबाट फुकुवा भएकामा खुशी व्यक्त गर्दै क्यानको नयाँ कमिटीलाई नेपाली क्रिकेट, खेलाडी र सरोकारवालाको सुधारका पक्षमा रहेको हेर्न चाहेको बताउनुभयो ।...बाँकी अंश →


धान उत्पादनमा कमी आउने

भीमदत्तनगर, २८ असोज  सुदूरपश्चिम प्रदेशको अन्न भण्डार मानिने कैलाली र कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा कमी आउने भएको छ । सिँचाइको अभाव, समयमा आकाशे पानी नपर्नुका साथै रोपाइँमा भएको ढिलाइलगायतका कारणले कैलाली र कञ्चनपुरमा धान उत्पादन २५ प्रतिशतले घट्ने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र भीमदत्तनगर निमित्त प्रमुख रामचन्द्र...बाँकी अंश →


साथीलाई छुरा प्रहार गर्ने पक्राउ

धरान, २८ असोज    आफ्नै साथीलाई छुरा प्रहार गरेर फरार रहेका एक युवालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । चार दिनअघि धरान–२, छाताचोकस्थित राजु तुलाधरको किराना पसल नजिक ३० वर्षीय सविन भुजेललाई धरान–५ देउरालीका २५ वर्षीय विकास भुजेलले छुरा प्रहार गरेका थिए । उनीहरुबीच मोबाइल सेटको विषयमा विवाद हुँदा...बाँकी अंश →


एक चिकित्सकको भरमा डडेल्धुरा अस्पताल

पर्शुरामधाम, २८ असोज    पर्शुरामधाम, २८ असोज (रासस) ः अहिले डडेल्धुरा अस्पताल एक चिकित्सकको भरमा चलिरहेको छ । सङ्घीय सरकारको मातहतमा रहेकोे अस्पताल कर्मचारी समायोजनको चपेटामा पर्दा झनै समस्यामा परेको छ । सरकारले स्तरोन्नति गरी सेवा सुविधासहितको अस्पताल घोषणा गरे पनि पछिल्लो समयमा यसको सेवा खस्कँदै गइरहेको छ । चिकित्सक,...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter