१९ माघ २०८१

समाचार

पोखरा विमानस्थलको निर्माण नरोकिने मन्त्री अधिकारीको भनाइ

पोखरा, ११ असार , संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पोखरा विमानस्थलको निर्माण कार्य कुनै पनि रुपमा नरोकिने बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर कास्की शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले विज्ञ समूहबाट सो विमानस्थलका सम्बन्धमा आएका सुझाव निर्माण नै रोक्ने गरी नआएको स्पष्ट...बाँकी अंश →


नेपालगञ्ज उपमहानगरपालिका बालमैत्री घोषणामा आशंका

नेपालगञ्ज, ११ असार , नेपालगञ्ज उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने अभियान यहाँ सञ्चालन गरिए पनि तथ्यांक अद्यावधिक नहुँदा अभियान सफल नहुनेमा आशंका व्यक्त हुन थालेको छ । यस्तै बाँके जिल्लालाई बालश्रमिक मुक्त जिल्ला घोषणा गरिए पनि करीब तीन हजारभन्दा बढी बालबालिका अहिले पनि श्रमिकका रुपमा कार्यरत रहनु अभियानको मुख्य...बाँकी अंश →


पर्वत कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

फलेवास, पर्वत, ११ असार ‘ङ’ श्रेणीमा सूचीकृत पर्वत कारागारमा क्षमताभन्दा तेब्बर कैदी एकै ठाउँमा बस्न बाध्य भएका छन् । जम्मा २५ जनाको क्षमता भएको पर्वत कारागारमा क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदीबन्दी बस्दै आएका हुन् । हाल सो कारागारमा पाँच महिलासहित ७८ जना कैदीबन्दी छन् । कारागारका कार्यालयका प्रमुख मोहनप्रसाद उपाध्यायले...बाँकी अंश →


स्थानीय निकायमा असारभित्र कर्मचारी समस्या समाधान हुने

विराटनगर, ११ असार,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले असार मसान्तभित्र सबै स्थानीय निकायमा कर्मचारी समस्या समाधान हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले स्थानीय तहमा अपुग रहेका पाँच प्रतिशत कर्मचारी असार मसान्तसम्ममा पुगी जनताको सेवा गर्नेछन् भन्नुभयो । मन्त्री पण्डितले दरबन्दीअनुसार स्थानीय तहको...बाँकी अंश →


सात हजार भन्दा बढी बालबालिका कुपोषणको शिकार

गौशाला, ११ असार , महोत्तरी जिल्लामा छ महिनादेखि ५९ महिनासम्मका सात हजार बढी बालबालिका कुपोषणको शिकार भएका छन् । जिल्ला अस्पताल महोत्तरीका चिकित्सक गिरेन्द्र झाले जिल्लाको दुई हजार २०० बालबालिकामा कडा कुपोषण र पाँच हजार दुई बालबालिकामा मध्यमखालका कुपोषण फेला परेको बताउनुभयो । चिकित्सक झाका अनुसार जिल्लाको ग्रामीण भेगमा बसोबास...बाँकी अंश →


चेलीबेटी बेचबिखनमा लैजाने लागेका १० महिलाको उद्धार

काठमाडौँ, ११ असार (रासस) ः महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले वैदेशिक रोजगारीका बहानामा चेलीबेटी बेचबिखन गर्न लैजाँदै गर्दा १० महिलालाई उद्धार गरेको छ । प्रभागले नयाँ बसपार्कबाट बसमा राखेर बुटवल हुँदै विदेश पठाउन लागेको गोप्य सूचनाका आधारमा नयाँ बसपार्क, स्वयम्भू र कलंकीबाट शनिबार र आइतबार उद्धार गरेको हो । प्रभागका...बाँकी अंश →


स्थानीयतहको बजेटमा कृषि, भौतिक पूर्वाधार, पर्यटनलाई प्राथमिकता

बुटवल, ११ असार (रासस) ः रुपन्देही जिल्लाका स्थानीय तहले आर्थिक वर्ष २०७५÷७६ का लागि बजेट आइतबार प्रस्तुत गरेका छन् । यहाँका स्थानीयतह अधिकांशले कृषि, भौतिक पूर्वाधार र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट तर्जुमा गरेका छन् । जिल्लाको एक मात्र उपमहानगरपालिका रहेको बुटवल उपमहानगरपालिकाले आव २०७५÷७६ का लागि रु एक अर्ब ६६...बाँकी अंश →


विदेशमा तीन छोरा गुमाएका दम्पतीको अठोट ः ‘सन्तानलाई अब जानै दिन्नौँ’

बेनी, म्याग्दी, ११ असार , दश वर्षको अवधिमा आफ्ना तीन छोराको वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएपछि घरको आँगनमा रातो बाकसमा आएका तीनवटा शव हेर्न बाध्य बनेका म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेलीका लीलमति र धनबहादुर रोकाले आफ्ना शाखा सन्तानलाई अब कहिल्यै पनि विदेश नपठाउने अठोट गर्नुभएको छ । रोजगारको सिलसिलामा...बाँकी अंश →


पहिरोले नारायणगढ मुग्लिन सडक अवरुद्ध

चितवन, ११ असार (रासस) ः नारायणगढ मुग्लिन सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि आज बिहान २ः३५ बजेबाट सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सो सडकखण्डको चारकिलो, चोरखोला र कालीखोलामा पहिरो खसेको छ । चारकिलोमा पहिरो खसिरहेको र केही ठूलो भएकाले पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ...बाँकी अंश →


नक्कली नागरिकताको प्रतिलिपि लिन खोज्ने युवा पक्राउ

खोटाङ, ११ असार (रासस) ः अभिलेखमै नभएको नागरिकताको प्रतिलिपि लिन खोज्ने खोटाङका एक युवा पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालयको अभिलेखमा उल्लेख नै नभएको नागरिकताको प्रतिलिपि लिन खोज्ने ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका ३० वर्षीय उमेश क्षेत्री आइतबार पक्राउ परेका हुन् । २०६३ सालमा बनेको क्षत्रीको ९१९६ नम्बर उल्लेख भएको नागरिकता...बाँकी अंश →


मुसहरको विकासका लागि सरकार प्रतिबद्ध ः मुख्यमन्त्री राउत

महेन्द्रनगर, धनुषा, १० असार, मुख्यमन्त्री लालबाबु राउतले मुसहर समुदायको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । दक्षिण एसियास्तरीय मुसहर समुदायको अगुवा भेलाको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले सबैभन्दा पछाडि रहेको मुसहर समुदायको उत्थानका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि थुप्रै योजना ल्याएको बताउनुभयो । मुसहर...बाँकी अंश →


चीन भ्रमणबारे प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष जानकारी

काठमाडौँ, १० असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण र समसामयिक विषयबारे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जानकारी गराउनुभएको छ । प्रधानमन्त्री ओलीले आज बेलुका राष्ट्रपति निवास शीतलनिवास पुगेर आफ्नो मित्रराष्ट्र चीनको छदिने औपचारिक भ्रमणबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभएको राष्ट्रपति कार्यालयका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राससलाई जानकारी दिनुभयो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter