१९ माघ २०८१

समाचार

वातावरण संरक्षणमा प्रदेश सांसदको चासो

रत्ननगर, चितवन, १३ असार (रासस) ः प्रदेश नं ३ अन्तर्गत उद्योग, पर्यटन तथा वातावरण समितिका सदस्य र संरक्षणकर्मीबीच आज चितवनको सौराहामा वन र वन्यजन्तुको संरक्षणका विषयमा अन्तरक्रिया भएको छ । चितवन निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको आयोजनामा भएको उक्त अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं ३ का कृषि भूमि व्यवस्थापन...बाँकी अंश →


सातै प्रदेशमा मेगा आयोजना ः ऊर्जामन्त्री

काठमाडौँ, १३ असार (रासस) ः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सात प्रदेशमा सात मेगा जलविद्युत् आयोजना अघि बढाइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नका जवाफ दिँदै उहाँले ठूला र राष्ट्रिय गौरवका आयोजनालाई पर्याप्त बजेट विनियोजन गरिएको र तराईमा भरपर्दाे सिँचाइ व्यवस्था गरिएको जानकारी...बाँकी अंश →


प्रदेशसभा बैठकमा विपक्षी बाहिरिए पनि सञ्चालन

बुटवल, १३ असार (रासस) ः सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷७६ को बजेटप्रति असन्तुष्टि जनाउँदै आएको विपक्षी दल नेपाली काँग्रेसले बजेटको विनियोजन विधेयकमाथिको छलफलमा भाग नलिई बाहिरिएपछि प्रदेश नं ५ को प्रदेशसभा बैठक विपक्षीको उपस्थितिबिना नै चलेको छ । प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधमा मंगलबार स्थगित भएको प्रदेशसभा बैठक...बाँकी अंश →


आठ देशका नागरिक अमेरिका जान नपाउने नै भए

वासिङ्टन, १३ असार (रासस÷एएफपी) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोड गर्दै आएजस्तै मुस्लिम वाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लागेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचनको एजेण्डाका रुपमा यो एजेण्डा अघि सार्नुभएको थियो । यसअघि लगाइएको प्रतिबन्धलाई अमेरिकी सर्वोच्च अदालतले सदर गरिदिएको छ । राष्ट्रपति ट्रम्पले गत...बाँकी अंश →


नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न

भुटाहा:- सुनसरीको हरिनगर गाउँपालिका वडा नं. २ भुटाहा र वडा नं. ६ घुस्कीमा सञ्चालित नेतृत्व विकास तथा क्षमता विकास सम्बन्धि ४ दिने तालिम सम्पन्न भएको छ । नेपाल पिछडावग OBC महासंघ प्रदेश नं. १ कार्यसमिति विराटनगरकाे आयोजना , संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय पिछडिएकाे समुदाय उत्थान विकास समितिकाे सहयोग...बाँकी अंश →


आलेख ः दशरथ रगंशाला फागुनभित्र बनिसक्ने

मुना कार्की काठमाडौँ, १३ असार (रासस) ः मुलुककै ठूलो र अन्तर्राष्ट्रियस्तरको खेल मैदान ‘दशरथ रंगशाला’ को आउँदो फागुनभित्र पुनःनिर्माण सक्ने सरकारको योजना छ । गोर्खा भूकम्पका कारण क्षतिग्रस्त भएको सो रंगशाला पुनःनिर्माण हुन नसकेका कारण तीन वर्षयता कुनै पनि खेलकूद गतिविधि हुन पाएको छैन । विस २०१३ सालमा दशरथ रंगशाला...बाँकी अंश →


संघ, प्रदेश र स्थानीय तहबीचमा समन्वय आवश्यक ः मन्त्री पण्डित

काठमाडौँ, १३ असार (रासस) ः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भएमा मात्र समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्ति हुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले सो मन्त्रालयअन्तर्गत उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “संवैधानिक व्यवस्था, निर्वाचनका समयमा जनतासामु...बाँकी अंश →


पहुँचका आधारमा विश्वविद्यालय स्थापना नहुने मन्त्री पोखरेलको भनाइ

काठमाडौँ, १३ असार (रासस) ः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा विस्तारका लागि सरकारले उच्च प्राथमिकता दिएको र सबै प्रदेशमा उच्च प्राविधिक शिक्षालय स्थापना कार्य अगाडि बढाइएको जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूकोे प्रश्नका जवाफ दिँदै उहाँले यसपटक शिक्षा क्षेत्रमा कूल बजेटको १०.२३...बाँकी अंश →


मोहियानी समस्या समाधान इकाई गठन

काठमाडौँ, १३ असार (रासस) ः कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मोहियानी समस्या समाधान इकाई गठन गरेको छ । सरकारले तोकेको समयमा मोही बाँडफाँड सम्बन्धी कार्यलाई सम्पन्न गराउने उद्देश्यले सो इकाई गठन गरिएको हो । मन्त्रालयका उपसचिव कमलप्रसाद तिमिल्सिनाका अनुसार उक्त इकाईले जग्गाधनी र मोहीबीच जग्गाको बाँडफाँड गरी द्वैध स्वामित्व...बाँकी अंश →


१९ नाउर र १० झारल शिकार

बागलुङ, १३ असार (रासस) ः ढोरपाटन शिकार आरक्षमा चालू आवभित्र १९ नाउर र १० झारलको शिकार भएको छ । लाखौँ खर्चेर विदेशी शिकारी आरक्षका विभिन्न शिकार ‘ब्लक’मा पुगी शिकार खेलेका थिए । शिकारबाट रु ४६ लाख १६ हजार राजश्व उठेको आरक्ष कार्यालयले जनाएको छ । पहिलो शिकार याम असोज–मंसिरमा नौ...बाँकी अंश →


नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

चितवन, १३ असार (रासस) ः नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो पन्छाएपछि आज ११ः५० बजेबाट सवारी आवागमन सञ्चालनमा आएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दुई लोडर र एक एक्साभेटरको सहायताबाट पहिरो पन्छाइएको हो । बिहान ६ः३० बजे सो ठाउँमा पहिरो खसेको थियो । पहिरो खसेको ठाउँको...बाँकी अंश →


विधेयक प्रस्तुत

काठमाडौँ, १३ असार (रासस) ः प्रतिनिधिसभाको आजको बैठकमा “संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक, २०७५” प्रस्तुत गरिएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले ती विधेयक बैठकसमक्ष प्रस्तुत गर्नुभएको हो । संविधानले नै परराष्ट्र नीति निर्देशित गरेको छ –परराष्ट्र...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter