१९ माघ २०८१

समाचार

सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय मञ्च गठन

काठमाडौँ, २९ असोज    दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूतलाई अन्त्य गर्ने उद्देश्यले दलित अधिकारकर्मी धरम विश्वकर्माको संयोजकत्वमा सामाजिक न्यायका लागि अन्तरराष्ट्रिय मञ्च गठन गरिएको छ । काठमाडौँमा सम्पन्न ‘जातीय विभेद अन्त्यका लागि प्रवासी नेपालीहरुको भूमिका’ विषयक दुईदिने अन्तरराष्ट्रिय सम्मेलनमा दलित समुदायको मुद्दालाई अन्तरराष्ट्रियकरण गर्ने र सम्बन्धित देशमा...बाँकी अंश →


विश्वकप छनोट ः नेपाल जोर्डनसँग पराजित

काठमाडौँ, २९ असोज  कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको समूह बी को खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । जोर्डनको अम्मान अन्तरराष्ट्रिय रङ्गशालामा गएराति भएको खेलमा जोर्डनसँग नेपाल ३–० गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा तीन गोल...बाँकी अंश →


विकास रनिङ शिल्डको तयारी पूरा

चितवन, २९ असोज    नारायणगढको क्याम्पाचौरमा भोलि (शुक्रबार) बाट शुरु हुने राष्ट्रियस्तरको फुटबल प्रतियोगिता विकास रनिङ शिल्डको तयारी पूरा भएको छ । आयोजकले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी तयारी पूरा भएको जनाएको हो । यहाँ हुँदै आएका दुई प्रतियोगितालाई संयुक्तरूपमा ‘टुबोर्ग जेसिज विकास रनिङ शिल्ड–२०७६’ नामाकरण गरी आयोजना गर्न लागिएको...बाँकी अंश →


दुई अर्ब लागतमा कागज उद्योग स्थापना गर्ने प्रदेश ३ सरकारको तयारी

हेटौँडा, २९ असोज  प्रदेश नं ३ सरकारले मकवानपुरको मनहरिमा रु दुई अर्ब लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । निजी क्षेत्रसँग समेत सहकार्य गरेर स्थापना गरिने उद्योगका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम अगाडि बढाइएको जनाइएको छ । मनहरिमा कागज उद्योग स्थापनाका लागि तयारी गरिएको प्रदेश नं ३ का...बाँकी अंश →


नयाँपुल–हेम्जा सुरुङमार्गको सम्भाव्यता अध्ययन हुँदै, धौलागिरिवासी उत्साहित

पर्वत, २९ असोज  सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष १३ सुरुङमार्ग र ‘अण्डरपास’को सम्भाव्यता अध्ययन गर्ने भएको छ  । तीमध्ये पोखरा–बागलुङ सडकखण्डमा पर्ने नयाँपुल–हेम्जा सुरुङमार्ग पनि प्राथमिकतामा परेपछि धवलागिरि क्षेत्रका बासिन्दा उत्साहित बनेका छन् । भौतिक पूर्वाधार तथा योजना मन्त्रालयको वार्षिक कार्यक्रममा चालू आर्थिक वर्षभित्रै उक्त सुरुङमार्गको...बाँकी अंश →


गर्भवती बोक्ने एम्बुलेन्स लडिया र बुकी

बाँके, २९ असोज    नेपालगञ्ज–२० मनिकापुरमा पहाडी र मधेसी समुदायको बराबरीजस्तै बसोबास छ । यहाँका नागरिकमा आफ्नो स्वास्थ्यप्रति सजग रहनुपर्छ भन्ने चेतनास्तर धेरै बढेको छ । नियमित गर्भ जाँच र स्वास्थ्य संस्थामै गएर बच्चा जन्माउनुपर्छ भन्ने चेतनास्तरलाई पनि उत्तिकै बढाएको छ । चेतनास्तर बढेकै कारण मनिकापुर स्वास्थ्यचौकीमा नियमित गर्भ जाँच...बाँकी अंश →


अन्तिममा घोषणा, जिल्ला कमिटी मात्रै !

काभ्रेपलाञ्चोक, २९ असोज  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को काभ्रेपलाञ्चोकमा हाल जिल्ला कमिटी मात्रै रहेको छ । केन्द्रीय पार्टी नेतृत्वले ढिलोगरी अर्थात अन्तिममा काभ्रेपलाञ्चोक जिल्ला कमिटी घोषणा गरेकाले पनि हालसम्म नगर, गाउँ तथा वडाकमिटी गठन हुन नसकेको हो । यद्यपि, नेकपा केन्द्रीय कमिटीले काभ्रेपलाञ्चोक जिल्ला इन्चार्जमा भने नेकपा केन्द्रीय सदस्य (वर्तमान सूचना...बाँकी अंश →


नेकपा सचिवालय बैठक जारी

काठमाडौँ, २९ असोज  पार्टी एकताको बाँकी काम, सरकारको समीक्षालगायत विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, रिक्त सभामुख पदका विषयमा समेत छलफल हुने जनाइएको छ । नेकपाले आजै दिउँसो विभिन्न चाडपर्वका अवसरमा चियापान...बाँकी अंश →


आगलागीबाट क्षति

सर्लाही, २९ असोज  ईश्वरपुर नगरपालिका–१ शङ्करगञ्जमा मङ्गलबार साँझ खाना बनाउने क्रममा घरमा आगलागी हुँदा लाखौँको समान जलेर नष्ट भएको छ । साँझ ७ः०० बजेको समयमा खाना बनाउने क्रममा ग्यास सिलिण्डर चुहावट भई स्थानीय अशोक सिंहको काठले बनेको दुईतले घरमा आगलागी हुँदा लाखौँको सरसामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले...बाँकी अंश →


पुनःनिर्माणको पर्खाइमा थापाथलीको गोपाल मन्दिर

काठमाडौँ, २९ असोज    काठमाडौँ महानगरपालिका वडा नं ११ स्थित थापाथलीमा रहेको ऐतिहासिक एवं पुरातात्विक महत्वको गोपाल मन्दिर साढे चार वर्ष अघिको भूकम्पले पूर्णरूपमा क्षति भयो । भूकम्पपछिको प्राविधिक समूहले मन्दिरको जाँच गरी भित्र नपस्न पुजारीलाई सुझायो । त्यसपछि पुजारीले बाहिरैबाट पूजा गर्न थाले । भूकम्पको चार वर्ष बित्यो ।...बाँकी अंश →


नगदसहित सात जुवाडे पक्राउ

मुग्लिन, २९ असोज  चितवनमा नगदसहित जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२ बालकुमारी रोडबाट मङ्गलबार जुवातास खेल्ने र खेलाउने सात जनालाई नगदसहित प्रहरीले पक्राउ गरेको हो । तनहुँ घर भई भरतपुर–२ मा डेरा गरी बस्ने ३५ वर्षीय राजेशकुमार विकले सोही घरको तेस्रो तलाको आफ्नै कोठामा...बाँकी अंश →


आगलागीबाट पाँच लाख बराबरको क्षति

सप्तरी, २९ असोज  सप्तरीको सप्तकोशी नगरपालिका–१ हलेशी टोलमा गएराति आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ । डिल्लीबहादुर बस्नेतको काठको दुईतले घरमा अचानक आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, काठपात र नगद रु १० हजार गरी रु पाँच लाख मूल्य बराबरको क्षति भएको पीडितले बताउनुभयो ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter