१९ माघ २०८१

समाचार

पन्ध्र लाखसम्मको आयमा कृषकलाई कर छुट दिन माग

हेटौँडा, २० असार (रासस) ः प्रदेश नं ३ को आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकारको तर्फबाट ‘आर्थिक विधेयक, २०७५ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव गर्नुभयो । उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरुले प्रदेशमा गरिबीको रेखामुनि रहेका प्रत्येक कृषक परिवारले कृषि उत्पादनबाट वार्षिक रु १५...बाँकी अंश →


हाँडीगाउँको उत्खनन गरिने

काठमाडौँ, २० असार (रासस) ः पूर्वलिच्छवी तथा लिच्छविकालीन प्रथम बस्ती हाँडीगाउँ विशालनगर क्षेत्रको उत्खननका साथै अध्ययनअनुसन्धान बढाई पर्यटकीय विकास गर्नुपर्नेमा जोड दिइएको छ । विशालनगर हाँडीगाउँ सम्पदा समाजद्वारा ‘कैलाशकूट भवनको अध्ययनअनुसन्धान तथा हाँडीगाउँ क्षेत्रको पर्यटकीय विकास’ विषयमा आज यहा आयोजित गोष्ठीमा सहभागीले प्राचीन बस्तीको संरक्षण गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्नेलाई...बाँकी अंश →


तीन भारतीय तीर्थयात्रीको मृत्यु, बाँकी सकुशल फर्कंदै

सुर्खेत, २० असार (रासस) ः मानसरोवर कैलाश पर्वतको तीर्थयात्रामा गएका तीन भारतीय नागरिकको मृत्यु भएको छ । यात्राका क्रममा असार १७ र १८ गते एक पुरुषसहित दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब निरीक्षक सुरतबहादुर चन्दले जानकारी दिनुभयो । मृत्यु हुनेमा असार १७ गतेका दिन भारत आन्द्र...बाँकी अंश →


माध्यमिक तहमा अनिवार्यरुपमा सूचना प्रविधिको अध्यापन गराउनुपर्छ – मन्त्री बाँस्कोटा

काठमाडौँ, २० असार (रासस) ः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मध्यकालीन तथा दीर्घकालीन योजना र पूर्वाधारको एक साथ प्रयोग गरेर सूचना प्रविधिलाई सुलभ बनाउनुपर्ने बताउनुभएको छ । आज मन्त्रालयमा बसेको सूचना तथा सञ्चार प्रविधि नीति–२०७२ को निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले माध्यमिक तहका विद्यालयमा अनिवार्यरुपमा सूचना प्रविधि विषयको...बाँकी अंश →


नेविसंघद्वारा निषेधित क्षेत्र तोकेकामा विरोध

काठमाडौँ, २० असार (रासस) ः नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा बुधवार दिउँसो माइतीघर मण्डलामा सरकारले निषेधित क्षेत्रहरु तोकेको विरोधमा प्रदर्शन भयो । नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षसमेत रहनुभएका नेता पौडेलको नेतृत्वमा विद्यार्थीहरुको समूहले निषेधित क्षेत्र तोड्ने चेतावनी दिँदै विरोध गरेको हो । प्रहरी परिचालन हुँदाहँुदै पनि उक्त क्षेत्रमा...बाँकी अंश →


पुनःनिर्माण लाभग्राहीको संख्या ८ लाख माथि, प्रबलीकरणमा ५२ हजार

काठमाडौँ, २० असार (रासस) ः भूकम्पपछिको पुनःनिर्माण लाभग्राही आठ लाख सात हजार ४८६ र प्रवलीकरण लाभग्राहीको संख्या ५२ हजार ५४ पुगेको छ । गुनासोबाट थप १९ हजार ४७१ लाभग्राही थपिएसँगै कुल पुनःनिर्माण गर्नुपर्ने घरधुरीको संख्या आठ लाख नाघेको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त तथ्याङ्कको विश्लेषण...बाँकी अंश →


क्रान्ति पूरा हुनै बाँकी – वैद्य

काठमाडौँ, २० असार (रासस) ः नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यले नेपालमा राजनीतिक क्रान्ति पूरा हुन बाँकी रहेको बताउनुभएको छ । जनक्रान्तिका महान् शहीद परिवार समाज नेपालले शहीद तथा बेपत्ता परिवार र पूर्वजनमुक्ति सेनाको सम्मानमा आज आयोजना गरेको कार्यक्रममा मुक्तियोद्धाहरुलाई अभिनन्दन गर्दै उहाँले भन्नुभयो, “दश वर्ष लामो संघर्षमा योद्धाहरुले बगाएको...बाँकी अंश →


राष्ट्रियसभामा मन्त्रालयअन्तर्गतका शीर्षकमाथिको छलफल जारी

काठमाडौँ, २० असार (रासस) ः राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ को विभिन्न मन्त्रालयअन्तर्गतका शीर्षकहरुमाथिको छलफल आज पनि जारी रह्यो । विभिन्न नौवटा मन्त्रालयमा आधारित भएर सांसदहरु कालीबहादुर मल्ल, बलरामप्रसाद बास्कोटा, रामपृत पासवान, भैरवसुन्दर श्रेष्ठ, विमलाकुमारी पौडेलले कृषि र पर्यटन क्षेत्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी अगमप्रसाद वान्तवा राई,...बाँकी अंश →


प्रदेश विनियोजन विधेयक २०७५ बहुमतले पारित

बुटवल, २० असार (रासस) ः प्रदेश नं ¬५ मा प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (प्रदेश नं ५ प्रदेश विनियोजन विधेयक २०७५) बहुमतले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलको अनुपस्थितिमा आन्तरिक...बाँकी अंश →


विपद्मा परेकाको उद्धार तथा क्षतिपूर्तिमा ध्यान दिन सांसदको सरकारको ध्यानाकर्षण

काठमाडौँ, २० असार (रासस) ः प्रतिनिधिसभाको आजको बैठकमा भारी वर्षाका कारण देशका विभिन्न भागमा ठूलो संख्यामा जनधनको क्षति भएकाले सरकारले सक्रियरुपमा राहत र उद्धारको व्यवस्था गर्न माग गरिएको छ । बैठकको विशेष समयमा बोल्ने सांसदहरुले स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि भन्दै डा गोविन्द केसीले शुरु गर्नुभएको अनशन, वर्षात्का कारण...बाँकी अंश →


राष्ट्रिय सभाको दोस्रो बैठक पनि स्थगित

काठमाडौँ, २० असार (रासस) ः प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विनियोजन विधेयक ‘२०७५’ का विभिन्न शीर्षकमाथिको छलफलमा सम्बन्धित मन्त्रालयका मन्त्रीको उपस्थितिको माग गरेपछि राष्ट्रियसभाको आजको दोस्रो बैठक पनि स्थगित भएको छ । नेपाली काँग्रेसका सांसद बद्रिप्रसाद पाण्डेले विनियोजन विधेयक अन्तर्गत मन्त्रायका विभिन्न शीर्षक माथिको छलफलमा सम्बन्धित मन्त्रीको अनिवार्य उपस्थितिको माग...बाँकी अंश →


जनताको अधिकार विपरित निषेधाज्ञा जारी, संयोजक डा भट्टराई

काठमाडौँ, २० असार (रासस) ः नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले विरोध गर्न पाउने जनताको अधिकार विपरित सरकारले विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको भन्दै त्यसको विरोध गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै उहाँले कम्युनिष्ट नेतृत्वको बहुमतको सरकारले लोकतान्त्रिक समाजवाद उन्मुख विरोधी गतिविधि देखाउनु चिन्ताको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter