१९ माघ २०८१

समाचार

नारायणी नदीको प्रदूषण रोक्न माग

काठमाडौँ, २२ असार (रासस) ः मुलुककै धार्मिक तथा पर्यटकीय महत्वको नारायणी नदीमा बढ्दै गएको प्रदूषण रोक्न सरोकारवालाले सम्बन्धित निकायसँग माग गरेका छन् । नदी किनारमा स्थापित उद्योगबाट उत्सर्जन भएका प्रदूषित वस्तु एवं हानिकारक रसायनिक पदार्थ प्रशोधन नगरी नारायणी नदीमा विसर्जन गर्ने गरेकाले प्रदूषण बढेको सरोकारवालाहरूको आरोप छ । पूर्वी नवलपरासीको...बाँकी अंश →


काँग्रेसद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ, २२ असार (रासस) ः प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आमरण अनशनरत डा गोविन्द केसीको उपचारको व्यवस्था गरी जीवनरक्षा गर्न सार्वजनिक महत्वको प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता गराएको छ । काँग्रेसले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न उक्त प्रस्ताव आज दर्ता गराएको काँग्रेसका...बाँकी अंश →


राष्ट्रियसभा बैठक १५ मिनेटका लागि स्थागित

काठमाडौँ, २२ असार (रासस) ः राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित चार मन्त्रालयअन्तर्गत विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथि छलफल भइरहेको छ । बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय योजना आयोगको सचिवालय एवं रक्षा, परराष्ट्र र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको हो । छलफलमा भाग लिँदै सांसद...बाँकी अंश →


चार नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

कञ्चनपुर, २२ असार ९रासस० ः कञ्चनपुरका चार नगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएका छन् । नगरपालिकाका शतप्रतिशत १६ देखि २३ महिनासम्मका बालबालिकाले खोप पाएको सुनिश्चित भएपछि सुनिश्चितता घोषणा गरिएको हो । यहाँका कृष्णपुर, शुक्लाफाँटा, बेदकोट र भीमदत्त नगरपालिकालाई खोप सुनिश्चितता घोषणा गरिएको छ । जन्मेदेखि १५ महिनासम्मका बालबालिकाले रोग...बाँकी अंश →


बाँकेमा लागूऔषध नियन्त्रण चुनौतीपूर्ण

नेपालगञ्ज, २२ असार (रासस) ः बाँके जिल्लामा लागूऔषधको सेवन र ओसारपोसार नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेकोमा चिन्ता व्यक्त गर्न थालिएको छ । यस जिल्लामा लागूऔषधका सेवनकर्ता र कारोबारीलाई बेलाबखत प्रहरीले पक्राउ गरेपनि नतिजा सन्तोषजनक भएको पाइँदैन । अहिले बाँके जिल्लालाई लागूऔषधमुक्त र दुव्र्यसनीलाई पुनःस्थापना गर्नका लागि प्रहरी प्रशासनले सतर्कता बढाएको...बाँकी अंश →


इटहरीको बजेट रु एक अर्ब ५० करोड

इटहरी, २२ असार (रासस) ः इटहरी उपमहानगरपालिकाले लामो बहस र छलफलपछि संघीय र प्रदेश सरकारबाट प्राप्त हुने रकमसहित कूल रु एक अर्ब ५० करोड ८९ लाख चार हजारको संशोधित एवं सन्तुलित बजेट नगरसभाले पारित गरेको भन्दै बिहीबार सार्वजनिक गरेको छ । उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले उपमहानगरद्वारा आयोजित पत्रकार सम्मेलनमा आगामी...बाँकी अंश →


पाँच एआइजीद्वारा राजीनामा

काठमाडौँ, २१ असार (रासस) ः सशस्त्र प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआइजी)ले आज राजीनामा दिएका छन् । राजीनामा दिइनेहरुमा जानकीराज भट्टराई, सुबोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठले रहेको गृहमन्त्रालयले जनाएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पाँच एआइजीको राजीनामा गृहमन्त्रालयका निमित्त सचिव रामकृष्ण सुवेदीलाई बुझाउनुभएको हो ।...बाँकी अंश →


न्यायालयप्रति हस्तक्षेप नगर्न आग्रह

काठमाडौँ, २१ असार (रासस) ः नेपाल बार एशोसिएशनले न्यायपालिका र न्यायमूर्तिप्रति हस्तक्षेप नगर्न सबैमा आग्रह गरेको छ । बारका महासचिव खम्बबहादुर खातीले आज जारी गरेको प्रेस विज्ञप्तिमा अदालतबाट भएका आदेश र फैसलामा विभिन्न किसिमका अतिरञ्जित टीकाटिप्पणी गर्ने कार्य दिनानुदिन बढ्दै गएको भन्दै यसबाट न्यायपालिकाप्रति जनआस्था घट्ने जनाई न्याय सम्पादनमा कुनै...बाँकी अंश →


सार्वजनिक स्थानमा विरोध प्रदर्शनमा रोक लगाउनेविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ, २१ असार (रासस) ः सर्वोच्च अदालतमा केही सार्वजनिकस्थलमा सभा, जुलुस वा प्रदर्शनमा रोक लगाउने काठमाडौँ जिल्ला सुरक्षा परिषद्को निर्णय बदर गर्न माग गर्दै आज रिट निवेदन दायर गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र काठमाडौँ जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाई आज दायर...बाँकी अंश →


नयाँ सडक र दरबारमार्गमा स्मार्ट पार्किङ

काठमाडौँ, २१ असार (रासस) ः काठमाडौँ महानगरपालिका आगामी साउनदेखि पार्किङ व्यवस्थित गर्न स्मार्ट पार्किङ निर्माण प्रक्रियामा जाने भएको छ । काठमाडौँमा अव्यवस्थित पार्किङको समस्या व्यवस्थापन गर्न साउन पहिलो हप्तादेखि खरीद एकाइ प्रक्रियामा लगिने कामपाका सहप्रवक्ता नवराज ढकालले राससलाई जानकारी दिनुभयो । पहिलो चरणमा परीक्षणका रुपमा लगिने पार्किङको सुविधा नयाँ सडक...बाँकी अंश →


नेपाली कामदारमाथि लाग्दै आएको बढी शुल्क हटाइदिन परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौँ, २१ असार (रासस) ः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली कामदारमाथि लाग्दै आएको बढी शुल्क हटाइदिन मलेसियाका विदेशमन्त्री टाडो सैफुद्दिन अब्दुल्लाहलाई आग्रह गर्नुभएको छ । मलेसियाका नवनियुक्त विदेशमन्त्री अब्दुल्लाहसँग आज भएको टेलिफोन वार्तामा उहाँले उक्त आग्रह गर्नुभएको परराष्ट्रमन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमाथि बढी शुल्क लाग्दै आएको छ...बाँकी अंश →


नेपालको आधुनिकीकरणमा कोइरालाको योगदान

काठमाडौँ, २१ असार (रासस) ः नेपाली काँग्रेसका नेता डा रामशरण महत नेपालको आर्थिक पक्षलाई आधुनिकीकरणमा लैजान नेता गिरिजाप्रसाद कोइरालाको ठूलो योगदान रहेको बताउनुभएको छ । नेपाली काँग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको ९५औँ जन्मजयन्तीका अवसरमा गिरिजाप्रसाद कोइराला प्रतिष्ठान र गिरिजाप्रसाद कोइराला श्रमिक प्रतिष्ठानले संयुक्त रुपमा आज आयोजना गरेको ‘जिपी र समृद्धि’ विषयको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter