१९ माघ २०८१

समाचार

सत्तारुढ नेकपाको चियापन शुरु

काठमाडौँ, २९ असोज  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम शुरु भएको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी चियापान कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ । चियापान कार्यक्रममा सहभागी हुन नेता कार्यकर्ता लाइनबद्ध हुन...बाँकी अंश →


सहयोगापेक्षी खोज्दै प्रमुख दाहाल सडकमा

चितवन, २९ असोज  रातको समयमा यहाँको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल सहयोगापेक्षी खोज्दै नारायणगढको सडक क्षेत्रमा पुग्ने गर्नुभएको छ । दिनभरका कार्यक्रम र सेवाग्राहीको चापका कारण थकित हुने भए पनि महानगर क्षेत्रलाई सहयोगापेक्षी सडक मानव मुक्त बनाउनका लागि उहाँ आँफै सडकमा निस्कन शुरु गर्नुभएको हो । विगत दुई दिनदेखि साँझ...बाँकी अंश →


महासङ्घको विधान संशोधनमा विवाद

काठमाडौँ, २९ असोज  नेपाल उद्योग वाणिज्य महासङ्घको विधान संशोधनमा विवाद भएको छ । मुलुकको परिवर्तित संरचनाअनुसार प्रादेशिक प्रतिनिधित्वसहित, संशोधनको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउने व्यवस्थाको अन्त्य गर्नुपर्ने, कार्यकाल, वस्तुगत क्षेत्रको मतभार सङ्ख्या, नयाँ बनेका जिल्ला नगर सङ्घ, तिनलाई सदस्यता दिन मापदण्ड परिमार्जन गर्नुपर्नेलगायत ३५ बुँदाका मस्यौदामा व्यवसायीले संशोधन...बाँकी अंश →


केही वर्षमै परिवर्तनको आभाष हुन्छ ः मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, २९ असोज  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले केही वर्षमै मुलुकमा आमरुपमा परिवर्तनको आभाष हुँदै जाने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको पाँचखाल युनाइटेड फुटबल एशोसियशन (पुफा)द्वारा आयोजित १० दिने पाँचखाल महोत्सव आज शुभारम्भ गर्दै उहाँले सरकार हाल विकासको महाअभियानमा रहेकाले केही वर्षमै देशमा परिवर्तनको महसुस हुने जिकिर गर्नुभएको हो ।...बाँकी अंश →


मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ निरीक्षण

दमौली, २९ असोज  गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ निरीक्षण गर्नुभएको छ ।तनहुँको शुक्लागण्डकी नगरपालिका–९ र १२ भाटडाँडामा सञ्चालित नमूना कृषि गाउँ आज अवलोकन गर्दै त्यहाँका गतिविधिबारे उहाँले जानकारी लिनुभएको हो । निरीक्षणका क्रममा उहाँले फार्ममा सबै पूर्वाधार निर्माण भइसकेकाले अब व्यावसायिक उत्पादनमा लाग्न...बाँकी अंश →


नेकपा ः उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न निर्देशन

काठमाडौँ, २९ असोजसत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आगामी मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न बैठकले आउँदो कात्तिक १० गतेभित्र जिल्ला र प्रदेश कमिटी हुँदै तीन–तीन जनाको नाम सिफारिस गर्न निर्देश गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले...बाँकी अंश →


राष्ट्रपति भण्डारी म्यान्मा प्रस्थान

काठमाडौँ, २९ असोज  राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माको राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९ देखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गर्नुहुनेछ । राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका...बाँकी अंश →


पिसाब बेचौँ, उत्पादन बढाऔँ, पैसा कमाउँ

गलेश्वर, २९ असोज    म्याग्दीको मङ्गला गाउँपालिकाले नेपालमा नै पहिलोपटक मानव मूत्र (पिसाब) बेचेर पैसा कमाउने अभियान शुरु गरेको छ । मङ्गला गाउँपालिकाले अभियानलाई सफल बनाउन गाउँपालिकाका सबै वडाका विद्यालय, सार्वजनिक स्थान र घरमा शौचालयमा राख्नका लागि जर्किन वितरण गरी त्यसमा नै पिसाब गर्ने र सोही पिसाब खेतबारीमा लगाइएको बालीनालीमा...बाँकी अंश →


किसानलाई गरिमा पछि फौजी कीराको चिन्ता

चितवन, २९ असोज  थन्काउने बेला भएको धानमा फौजी कीराले नष्ट गरेपछि यहाँका कृषक चिन्तित बनेका छन् । जिल्लाको राप्ती, खैरहनी र कालिका नगरपालिकामा लगाइएको धानमा फौजी कीराले क्षति पु¥याएको छ । कृषि ज्ञानकेन्द्र भरतपुरका बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीका अनुसार त्यस क्षेत्रमा लगाइएको धानमा फौजी कीरा देखा परेको हो ।...बाँकी अंश →


पर्वतीय पर्यटनका विविध पक्ष एकै ठाउँमा

पोखरा, २९ असोज    झापा बुधबारेका रोशन सुवेदी दशैँ तिहार बिदाको समय उपयोग गर्दै यस पटक पोखरा घुम्न आउनुभयो । यसअघि पोखराको पर्यटन सम्बन्धमा विभिन्न सञ्चारमाध्यम एवं साथीभाइका माध्यमबाट सुनेका उहाँलाई एक पटक पोखरा पुग्न मन लागेको थियो । यस वर्ष मौका मिल्यो । उहाँले तस्वीरमा देखेका र सुनेका फेवाताल,...बाँकी अंश →


कलङ्की–नौबिसे सडकखण्ड एकतर्फी सञ्चालन हुने

काठमाडौँ, २९ असोज  ट्राफिक प्रहरीले कलङ्की–थानकोट र नागढुङ्गा–नौबिसे सडकखण्ड मर्मत कार्य भएकाले ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सडक प्रयोगकर्तालाई आग्रह गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज एक विज्ञप्ति जारी गरी सडक विभागद्वारा सडक मर्मत कार्य गर्ने भएकाले सडक एकतर्फी मात्र सञ्चालन हुने भएकाले ट्राफिक व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको...बाँकी अंश →


मानव बेचबिखन (नियन्त्रण) ऐनको प्रभावकारी कार्यान्वयनमा चुनौती

काठमाडौँ, २९ असोज  मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, २०६५ को समेत प्रभावकारी कार्यान्वयन नहँुदा जघन्य अपराधको रुपमा रहेको मानव बेचबिखन नियन्त्रण हुन सकेको छैन । बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थाले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter