काठमाडाँै, ३० असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसांसद एवं पूर्वराज्यमन्त्री मो मुस्ताक आलमको उपचारका क्रममा गंगालाल हृदय केन्द्रमा शुक्रबार निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ । उहाँले दिवंगत आलमप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै शोकसंतप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।बाँकी अंश →
बागलुङ, ३० असार (रासस) ः झोलुंगे पुलको जिल्ला बागलुङमा चालू आवमा ११ झोलुंगे पुल बनेका छन् । जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक कार्यालयमार्फत नौ र ‘टिबिएसयू÷हेल्भेटास’ पोखराको आर्थिक सहयोगमा दुई पुल बनेका हुन् । जीर्ण बनेका, बाढीले बगाएका र केही नयाँ ठाउँमा पुल निर्माण गरिएको हो । रु तीन करोड...बाँकी अंश →
काठमाडौँ, २९ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन —२०७५ का सहभागी विदेशी साहित्यकारहरुको सम्मानमा आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा रात्रिभोजको आयोजना गर्नुभयो । प्रधानमन्त्री ओलीले आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा आयोजित तीन दिनसम्म चल्ने सम्मिलनका...बाँकी अंश →
काठमाडौँ, २९ असार (रासस) ः जापानका लागि नेपाली प्रशिक्षार्थी पठाउने कुराको बैदेशिक रोजगार कम्पनीले नाजायज फाइदा उठाइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले बताउनुभएको छ । विगतका समयमा जापानी अन्तर्राष्ट्रिय तालीम सहयोग संगठन अन्तर्गत प्रशिक्षार्थी पठाउने गर्दा नेपाली प्रशिक्षार्थी मारमा परेको र यसका कारण बैदेशिक रोजगार कम्पनीले फाइदा उठाउने...बाँकी अंश →
काठमाडौँ, २९ असार (रासस)ः सरकारले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव शंकर कोइरालाको संयोजकत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार संघमा ४५ हजार ८१५...बाँकी अंश →
काठमाडौँ, २९ असार (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद पाण्डेले अनशनरत डा. गोविन्द केसीका जायज माग सरकारले सम्बोधन गर्ने र केही माग परिमार्जन गर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा नेता पाण्डेले उहाँलाई अनशन तोडेर वार्तामा आउन सरकारले आग्रह गरेको बताउँदै काठमाडौँ ल्याएर वार्ता...बाँकी अंश →
काठमाडौँ, २९ असार (रासस) ः सर्वोच्च अदालतले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति दिइएका चार जनालाई हटाउने वर्तमान सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश वमकुमार श्रेष्ठको एकल इजलासले आज सो आदेश जारी गरेको हो । निर्वाचन आचारसंहिता लागू भएपछि गरेका राजनीतिक नियुक्ति वर्तमान सरकारले...बाँकी अंश →
काठमाडौँ, २९ असार (रासस) ः सर्वोच्च अदालतले माइतीघर मण्डलालगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय झिकाउने आदेश जारी गरेको छ । न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज माइतीघर मण्डलालगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा गर्ने गृहमन्त्रालयको निर्णय झिकाउने आदेश जारी गरेको हो । सरकारले...बाँकी अंश →
काठमाडौँ, २९ असार (रासस) ः बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन काठमाडौँमा गर्न नेपालले प्रस्ताव गरेको मितिमा सबै सदस्य राष्ट्रहरुबाट औपचारिक सहमति प्राप्त भएको छ । शिखर सम्मेलन आगामी भदौ १४ र १५ गतेको मितिमा सबै सदस्य राष्ट्रबाट औपचारिक सहमति प्राप्त भएसँगै...बाँकी अंश →
काठमाडौँ, २९ असार (रासस) ः एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकमा आर्थिक विकास र समृद्धि कायम गर्न सरकारले उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताउनुभएको छ । संयुक्त राज्य अमेरिकामा करिब दुई महिनाको भ्रमण पूरा गरी आज स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष डा....बाँकी अंश →
चितवन, २९ असार (रासस) ः नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आज यहाँ छुट्टाछुट्टै विभिन्न सडकको शिलान्यास गर्नुभयो । शहरी विकास मन्त्रालयले सघन शहरी विकास कार्यक्रमअन्तर्गत भरतपुर महानगर क्षेत्रमा ठेक्का लगाइएका रिङरोड र लिङक रोडको शिलान्यास गरिएको हो । शिलान्यास गरिएको सबै सडक आयोजना चितवन क्षेत्र नं. ३ मा पर्दछन्...बाँकी अंश →
काठमाडौँ, २९ असार (रासस) ः ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि बेलायतलाई आग्रह गर्नुभएको छ । मन्त्री पुनसँग शिष्टाचार भेटका लागि आज मन्त्रालय पुग्नुभएका नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरीसलाई सो आग्रह गर्नुभएको हो । मन्त्री पुनले नेपालमा राजनीतिक स्थायित्वको युग शुरु भइसकेको भन्दै बेलायती...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: