१९ माघ २०८१

समाचार

बसले किच्दा बालकको मृत्यु

नुवाकोट, २९ असोज  नुवाकोटको बट्टार बजारमा बसले किच्दा एक बालकको मृत्यु भएको छ । तारकेश्वर गाउँपालिका–६ गोस्र्याङ घर भएका प्रताप तामाङका ६ वर्षीय छोरा युनिक तामाङको आज दिउँसो केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बसले किच्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालकको घटनास्थलमै ज्यान गएपछि आक्रोशित...बाँकी अंश →


तीनकुने शान्तिमण्डल निर्माणको पूरा काम अझै अन्यौलमै

काठमाडौँ, २९ असोज  चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका लागि काठमाडौँ महानगरपालिकाले ‘तीनकुने शान्तिमण्डल’ किनाराको भागमा केही काम गरेपनि पूरा काम कहिले हुने भन्ने विषय अझै अन्यौलमै रहेको छ । विगत पाँच वर्षअघि नै कामपाले निर्माणको कार्य अघि बढाउने योजनाअघि सारेपनि अहिलेसम्म कत्ति पनि काम अघि बढ्न सकेको छ्रैन । यही...बाँकी अंश →


बेलायतमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौँ, २९ असोज  संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको ‘एक्सरसाइज कब्रियन पेट्रोल २०१९’ सैनिक अभ्यास प्रतियोगितामा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । बेलायतको बेल्स, ब्रेकनमा यही असोज २४ गतेबाट सञ्चालन भएको सो प्रतियोगितामा नेपाली सैनिक टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त...बाँकी अंश →


मिस्त्रीखोलाको नब्बे प्रतिशत निर्माण पूरा

म्याग्दी, २९ असोज  अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सञ्चालित मिस्त्रीखोला जलविद्युत् आयोजनाको नब्बे प्रतिशत निर्माण सकिएको छ । रोवस्ट इजर्नी प्रालि प्रवद्र्धक रहेको ४२ मेगावाट क्षमताको आयोजनाको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको हो । बाँध, विद्युत्गृह, सुरुङ र पाइपलाइन जडानलाई अन्तिम रुप दिन जुटेको आयोजनाले इलेक्ट्रोमेकानिकल उपकरण जडान शुरु गरेको छ ।...बाँकी अंश →


लोक सेवा आयोगको विधेयक प्रमाणीकरण

हेटौँडा, २९ असोज  प्रदेश नं ३ को प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा २०१ को उपधारा २ को अधिकार प्रयोग गरी प्रदेशमा लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार एवं चारै विधिको व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई आज प्रमाणीकरण गर्नु भएको छ । उहाँले प्रमाणीकरण गर्नुभएको विधेयक...बाँकी अंश →


हत्या अभियोगमा दुई जना पक्राउ

सुर्खेत, २९ असोज  चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–१ काल्चेका २० वर्षीय निराजन विक र विनोद भनिने विनय विक रहेका छन् । प्रहरीले सोही ठाउँका यामबहादुर विकको हत्या गरेको अभियोगमा उहाँहरुलाई पक्राउ गरी अनुसन्धान...बाँकी अंश →


२७ लाख बालबालिकालाई भिटामिन ए खुवाइँदै

काठमाडौँ, २९ असोज  देशका सबै स्थानीय तहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वय र सहकार्यमा कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएका छन् । कार्यक्रमअन्तर्गत जन्मेको छ महीनादेखि पाँच वर्षसम्मका करीब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँचवर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि ९अल्वान्डाजोल०,...बाँकी अंश →


उपनिर्वाचनाका लागि सम्पूर्ण तयारी पूरा

विराटनगर, २९ असोज  आगामी मङ्सिर महीनाको १४ गते मोरङ जिल्लामा हुने एक पदको उपनिर्वाचनाका लागि सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय मोरङले दिएको जानकारीअनुसार मोरङको धनपालथान गाउँपालिकाको वडा नं २ को वडाध्यक्षको मृत्यु भएको कारण उक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)...बाँकी अंश →


सर्बियामा नेपाल भ्रमण वर्षको प्रचारप्रसार

काठमाडौँ, २९ असोज    अन्तर व्यवस्थापिका सङ्घ (आइपीयू)को १४१ औँ सम्मेलनमा सहभागी हुन सर्बियाको बेलग्रेड पुगेका विभिन्न देशका प्रमुख तथा प्रतिनिधिलाई नेपाल भ्रमणका लागि निम्ता गरिएको छ । भ्रमण वर्ष २०२० को अवसरमा नेपाल भ्रमणको निम्ता तथा नेपाल सरकारले तयार पारेको प्रवद्र्धन सामग्री हस्तान्तरण गरिएको सम्मेलनमा सहभागी सांसद इन्दुकुमारी शर्माले...बाँकी अंश →


सुत्केरी पशुलाई पोषण खर्च

बेझाड, २९ असोज  पाल्पा रामपुरको सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाले पशुलाई सुत्केरी पोषण खर्च वितरण गरेको छ । पशुपालन व्यावसायमा कृषकलाई हौसला बढाउन सहकारीले गत आर्थिक वर्षमा सुत्केरी भएका ८४ पशुलाई सुत्केरी पोषण खर्च वितरण गरेको हो । सहकारीमा बीमा गरेका पशु सुत्केरी भएबापत पोषण खर्चस्वरुप रु ५०० प्रदान गर्दै...बाँकी अंश →


उपनिर्वाचनमा उम्मेदवारको आकांक्षीको ताती, चुनावी सरगर्मी शुरु

भक्तपुर, २९ असोज  आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेसका उम्मेदवारका आकांक्षी पनि बढ्न थालेपछि चुनावी सरगर्मी बढेको छ । प्रदेश नम्बर ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ चाँगुनारायण प्रदेश ‘क’ बाट विजयी तत्कालीन एमालेका उम्मेदवार हरिशरण लामिछानेको मस्तिष्कघातका कारण मृत्यु...बाँकी अंश →


राष्ट्रिय महिला भलिबल टोली थाइल्याण्ड प्रस्थान

काठमाडौँ, २९ असोज  नेपाली राष्ट्रिय महिला भलिबल टोली बन्द प्रशिक्षण र केही अभ्यास खेलका लागि आज थाइल्यान्ड प्रस्थान गरेको छ । नेपालमा नै आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) र एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको थप तयारी र केही अभ्यास खेलका लागि २२ सदस्यीय नेपाली टोली थाइल्याण्ड...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter