दाङ, ३ साउन (रासस) ः यस जिल्लामा स्थापना भएका सर्पदंशका उपचार केन्द्र प्रभावकारी छैनन् । राप्ती अञ्चल अस्पताल, घोराहीको राप्ती उपक्षेत्रीय अस्पताल र लमहीको लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र छन् । तर ती सर्पदंश उपचार केन्द्र ‘रेफर सेन्टर’को रुपमा मात्रै छन् । गर्मीयामसँगै जिल्लामा सर्पदंशबाट पाँचजनाको ज्यान गइसकेको छ ।...बाँकी अंश →
डडेल्धुरा, ३ साउन (रासस) ः पर्यटन प्रवद्र्धनका लागि प्रदेश नं ७ को पहाडी जिल्लाकै ठूलो ताल आलितालमा डुंगा सञ्चालनमा ल्याइएको छ । डडेल्धुराको आलिताल गाउँपालिकामा रहेको आलितालमा पहिलो पटक डुंगा ल्याइएको हो । पहिलोपटक यस क्षेत्रको पहाडी जिल्लामा डुंगा भित्र्याइएको हो । पर्यटकलाई आकर्षण गर्न र उनीहरुलाई मनोरञ्जन दिनका लागि...बाँकी अंश →
इनरुवा, ३ साउन (रासस) ः सुनसरी जिल्लाको दुहबी नगरपालिका–६ कि राधा साह छोरी जन्मिएकोमा दुई वर्षदेखि घरेलु हिंसाबाट पीडित हुनुभएको छ । सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरेर साहले आफू छोरी जन्माएकै कारण घरबाट निकाला भएको र अपहेलितसमेत भएको बताउनुभयो । उहाँले छोरी जन्मिएका कारण श्रीमान् र घरपरिवारबाट अपहेलित हुँदै अहिले...बाँकी अंश →
इटहरी, ३ साउन (रासस) ः पूर्वी नेपालकै महत्वाकांक्षी योजनाका रुपमा रहेको इटहरीको ल्याण्डफिल्ड क्षेत्रसम्म जाने पक्की ढलसहितको सडक कालोपत्रे गर्ने योजना लगभग अन्तिम चरणमा पुगेको इटहरी उपमहानगरपालिकाले जानकारी दिएको छ । इटहरी उपमहानगरपालिका–१० स्थित बूढीगंगाको पश्चिमतटमा उक्त भौतिक पूर्वाधार निर्माण भएको पनि उपमहानगरपालिकाले बताएको छ । इटहरी विराटनगर सडकखण्डको खनार...बाँकी अंश →
विराटनगर, ३ साउन (रासस) ः विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७४÷७५ मा रु ३२ अर्ब ८१ करोड २६ लाख राजस्व संकलन गरेको छ । कार्यालयले गत आवमा रु ३१ अर्ब २४ करोड ४८ लाख राजस्व उठाउने लक्ष्य राखेकामा रु ३२ अर्ब ८१ करोड २६ लाख राजस्व संकलन गरी लक्ष्यभन्दा...बाँकी अंश →
चितवन, ३ साउन (रासस) ः नारायणगढ—मुग्लिन सडक खण्डको टोपे खोलामा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा आज बिहान ५ बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउन पाँचदेखि आठ घण्टा लाग्ने प्रहरीले जनाएको छ । सडक निर्माणका क्रममा विभिन्न ठाउँमा भित्तो...बाँकी अंश →
काठमाडौँ, २ साउन (रासस)ः उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालमा उपलब्ध औषधिको गुणस्तरको अनुसन्धान हुनुपर्ने बताउनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बारे जानकारी लिँदै उहाँले एउटै रोगका कम्पनी पच्छिे फरकफरक गुणस्तर भएका धेरै थरी औषधिले जनताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारिरहेको हुँदा औषधिको गुणस्तरवारे अनुसन्धान हुनुपर्ने बताउनुभएको हो ।...बाँकी अंश →
काठमाडौँ, २ साउन (रासस) ः बेलायातको लर्ड्समा हुने एमसीसी, नेदरल्याण्ड् सम्मलित त्रिकोणात्मक श्रृखंला र नेदरल्यान्ड्विरुद्ध हुने एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न जाने नेपाली टोलीलाई आज विदाई गरिएको छ । युुवा तथा खेलकुदमन्त्री जगत (सुनार) विश्वकर्माले टोलीलाई सफलताको शुभकामना दिँदै विदाई गर्नुभएको हो । त्रिकोणात्मक श्रृखंला जुलाई २९ मा लर्डस् मैदानमा...बाँकी अंश →
काठमाडौँ, २ साउन (रासस) ः नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले चिकित्सा क्षेत्रको सुधारको माग गर्दै आमरण अनशन बसिरहनुभएका डा गोविन्द केसीका माग तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन र हिल होम केयर प्रालिले संयुक्त रुपमा सञ्चारकर्मीहरुका लागि आज यहाँ आयोजना गरेको ‘निशुल्क स्वास्थ्य परीक्षण’ कार्यक्रमको उद्घाट्न...बाँकी अंश →
काठमाडौँ, २ साउन (रासस) ः सरकारले मानव अधिकार आयोगकोे सिफारिशमा मानव अधिकार हननसम्बन्धी घटनाका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने भएका छन् । विसं २०५९ असारदेखि २०६२ फागुनसम्म मानव अधिकार हननसम्बन्धी घटनामा सात मृतक, सात यातना पीडित, तीन बेपत्ता, चार घाइते अशक्त, तीन गैरकानूनी थुनामा, आठ घाइते गरी ३३ पीडितका परिवारलाई...बाँकी अंश →
काठमाडौँ, २ साउन (रासस) ः नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा रमा कोइराला पौडेल मनोनीत हुनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवाले काँग्रेसको विधान २०१७ र नियमावली २०६८ बमोजिम सुनसरी निवासी पौडेललाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: