काठमाडौँ, ६ साउन ः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सातदिने विदेश भ्रमण स्थगन गर्नुभएको छ । मुलुकमा केही दिनयता विकसित राजनीतिक परिस्थितिलाई ध्यानमा राखी उहाँले विदेश भ्रमण स्थगन गर्नुभएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पूर्वप्रधानमन्त्री देउवाले अहिलेको स्थितिमा देशमै रहेर कार्य गर्नुपर्ने आवश्यकताका कारण...बाँकी अंश →
इमरान खान बुटवाल ६ साउन । अहिले डांस नृत्य संगीतमा कबिता न्यौपाने ले धुम मचाएकी छिन । बुवा राम प्रसाद न्यौपाने तथा आमा माथुरा न्यौपानेको कोखबाट बुटवाल उपमहानगरपालिका वार्ड नं. ४ट्राफिक चौकमा जन्मेकी कबिता न्यौपानेले हालैमा मनिमुकुन्दा कालेज बाट इंटरमिडिएटको परिक्षा पास गरेकी छिन । कबिताले बागेश्वारी सगिंतालयको बिधार्थी पनि...बाँकी अंश →
काठमाडौँ, ६ साउन ः मेलम्ची खानेपानीको पाइप राख्ने कामले गर्दा काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा राखेको इण्टरनेट प्रयोग गर्नमा समस्या भएको छ । केही समयअघि कामपाले सात सार्वजनिक स्थानमा इण्टरनेट जडान गरेको थियो । मेलम्ची खानेपानीको पाइप राख्ने काम भइरहँदा केही स्थानमा इण्टरनेटको तार केही समयको लागि काट्नुपर्ने भएकाले उक्त सेवामा...बाँकी अंश →
भद्रपुर, ६ साउन ः धानखेतीका लागि उर्वरभूमि मानिने झापामा साउनको पहिलो साता बितिसक्दा ६२ प्रतिशतमात्र रोपाइँ भएको छ । अर्जुनधारा नगरपालिका कार्यालयका योजना (कृषि) अधिकृत शालिकराम भट्टराईका अनुसार असारको पहिलो र दोस्रो साता परेको पानीमा धान रोपाइँ भए पनि अन्तिम सातादेखि परेको खडेरीका कारण रोपाइँ हुन सकेको छैन । किसानले...बाँकी अंश →
– वासुदेव पौडेल पोखरा, ६ साउन ः महामानव बिपी कोइरालाको ३६औँ स्मृति दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।प्रजातान्त्रिक समाजवादका विचारक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका उहाँकोे साहित्यिक योगदान पनि उत्तिकै महत्वपूर्ण छ । कवि तीर्थ श्रेष्ठका अनुसार नेपाली आख्यान विधाका शिखर व्यक्तित्व कोइराला नेपाली साहित्यमा यौन मनोविज्ञान भित्र्याउने प्रमुख...बाँकी अंश →
काठमाडौँ, ५ साउन ः स्रष्टाको सिर्जनामा पाठक रमाउन पाउँदा नै सिर्जनाको सार्थकता हुन्छ, लेखकीय चाहना पूरा हुन्छ । नेपाली पद्य लेखनमा पछिल्लो समय सार्वजानिकत्व भन्दा निजत्व बढी रहेको सन्र्दभमा कवि शम्भु अर्यालले वर्णनात्मक, विवरणात्मक र वयानात्मक भन्दा फरक शैलीमा आफ्नो पहिलो कविता सङ्ग्रह सार्वजनिक गर्नुभएको छ । ‘सेतो सुनखानी’ नामक...बाँकी अंश →
काठमाडौँ, ५ साउन : धितोपत्र बजारमा यस साता रु एक अर्ब ४५ करोड ५१ लाख ५७ हजारबराबरको शेयर कारोवार भएको छ । यस साता नेपाल स्टक एक्सचेन्जका अनुसार ४७ लाख ५४ हजार ५२० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोवार रकम गत साताको भन्दा ३१ दशमलव ३२ प्रतिशत कम...बाँकी अंश →
विराटनगर, ५ साउन : उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई ल्याउँदा सरकारले गोली चलाएको भन्ने कुरा झुठो भएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले जुम्लामा डा केसीलाई पक्राउ नगरी उहाँको जीवन रक्षाका लागि स्वास्थ्य उपचार गर्न काठमाडौँ ल्याएको प्रष्ट पार्नुभयो ।...बाँकी अंश →
काठमाडौँ, ५ साउन ः आदिकवि भानुभक्त आचार्य विषयमा विद्यावारिधि गर्ने भारतका एक साहित्यकारले ‘भानुभक्तीय रामायण’लाई विश्वसम्पदा सूचीमा राख्न सकिने बताउनुभएको छ । दुई सय पाँचौँ भानुजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा तीन दिन आयोजित प्रथम ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ मा नेपाल आउनुभएकी सिक्किम विश्वविद्यालय नेपाली विभागका सहप्राध्यापक डा कविता...बाँकी अंश →
नेपालगञ्ज, ५ साउन (रासस) ः बाँके जिल्लाको समग्र विकासका लागि गत आर्थिक वर्ष २०७४÷७५ मा विनियोजित बजेटमध्ये चालू खर्चतर्पm रु नौ अर्ब ४२ करोड ७० लाख र पूँजीगत खर्चतर्पm रु छ अर्ब ५६ करोड रु ५९ लाख खर्च भएको छ । गत आव २०७४÷७५ मा चालू खर्चतर्पm रु १० अर्ब...बाँकी अंश →
काठमाडौँ, ४ साउन (रासस) ः सरकारले यातायात समिति नवीकरण नगर्ने भएको छ । सरकारले सार्वजनिक यातायातमा सुधार ल्याउन एकाधिकार खारेज गर्ने यसअघिको निर्णयानुसार साउनदेखि विभिन्न नाममा समितिमा दर्ता भएका यातायात व्यवसायी समिति तथा संघको नवीकरण नगर्ने भएको गृह मन्त्रालयले जनाएको छ । गत असार ३१ गते गृह भौतिक पूर्वाधार तथा...बाँकी अंश →
काठमाडौँ, ४ साउन (रासस) ः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज शिक्षण अस्पताल महाराजगञ्ज पुगी अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । सो अवसरमा उहाँले डा केसीको स्वास्थ्य अवस्था निकै कमजोर भएकाले तत्काल वार्तामा बसेर माग सम्बोधन गरी उहाँको जीवनरक्षाका लागि सरकारसँग माग गर्नुभयो । सभापति देउवाले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: