२१ माघ २०८१

समाचार

डिएपी मलको अभाव

लहान, ७ साउन (रासस) ः किसान धान रोपाइँमा ब्यस्त भइरहँदा सिरहामा डिएपी (रासायनिक मल) को अभाव भएको छ । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट आवश्यक मात्रामा मल नआउँदा सिरहामा डिएपी मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड लहानले जनाएको छ । धान रोपाइँको बेला मलखाद्यको माग बढे पनि लामो समयदेखि...बाँकी अंश →


गोकुलेश्वर बजार बाढीको जोखिममा

बैतडी, ७ साउन (रासस) ः वर्षात्को समय जारी रहँदा बैतडी दार्चुलाका विभिन्न नदी किनारका बासिन्दालाई बाढीको जोखिम बढ्दै गएको छ । बर्खायामसँगै नदीको सतह बढ्दा चमेलिया नदी वारिपारि गोकुलेश्वरका बासिन्दा चिन्तित भएका छन् । बैतडीको डिलासैनी गाउँपालिका–५, हरिनगर क्षेत्र र दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरको वादीबस्ती जोखिममा छ । नदी किनारमै...बाँकी अंश →


पर्यटकीय क्षेत्र बेदकोटमा भ्यूटावर निर्माणको कार्य अन्तिम चरणमा

कञ्चनपुर, ७ साउन ९रासस० ः आन्तरिक र बाह्य पर्यटकको प्रमुख गन्तव्यका रुपमा रहेको कञ्चनपुरको प्राकृतिक बेतकोट ताल क्षेत्रमा भ्यूटावर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । ठेक्का प्रक्रियाद्वारा रु ७५ लाखको लागतमा दृश्यावलोकनका लागि छ तल्ले टावर निर्माणको कार्य भइरहेको छ । पाँच तले भ्यूटावर निर्माणका लागि नगरपालिकाले कूल लागतको...बाँकी अंश →


प्रदेश ७ मा कमजोर मनसुनले धानबाली सुक्न थाले

धनगढी, ७ साउन (रासस) ः यस वर्ष साउन महिना लाग्दासम्म प्रदेश नं ७ का अधिकांश जिल्लामा ठूलो मनसुनी वर्षा हुन नसक्दा रोपिएको धानबाली सुक्न थालेको छ । आकासको पानीको भरमा धान रोपाइँ गरिएको धानबाली पर्याप्त वर्षा नहुँदा प्रभावित भएको हो । रोपिएको धानमा पानीको अभाव सिर्जना भएपछि खेतमा चिरा पर्न...बाँकी अंश →


नारच्याङ स्वास्थ्य चौकीको भवन निर्माण

बाबियाचौर, म्याग्दी, ७ साउन (रासस) ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा एक संस्थाको सहयोगमा स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन निर्माण भएको छ । अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लबको आर्थिक सहयोगमा नारच्याङको बेँशी गाउँमा शौचालयसहित छ कोठे एक तले भवन निर्माण भएको हो । भुई ढलान र पलास्टर गरिएको पर्खाल भएको भवनको...बाँकी अंश →


जग्गासम्बन्धी सम्पूर्ण जानकारी दिन ‘भूमि सुशासन’ एप

काठमाडौँ, ६ साउन (रासस) ः सरकारले भूमिसम्बन्धी सम्पूर्ण जानकारी दिने उद्देश्यले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ‘भूमि सुशासन’ नामक एप्स प्रयोगमा ल्याएको हो । यस एपलाई ‘नक्सा’ नामक संस्थाले विकास गरेको हो । एप्समा मन्त्रालयका भूमिसम्बन्धी सेवाको सम्पूर्ण जानकारी उपलब्ध हुनेछ । भूमिसम्बन्धी...बाँकी अंश →


मार्ग इजाजत पाएका सवारीलाई पुस मसान्तसम्म कम्पनीमा दर्ता हुने समय

काठमाडौँ, ६ साउन (रासस) ः भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मार्ग इजाजत (रुट परमिट) पाएका सवारीलाई पुस मसान्तसम्म कम्पनीमा दर्ता हुने समय निर्धारण गरिएको बताउनुभएको छ । गत वर्ष चैत १८ गते जारी भएको यातायात निर्देशिकामा रुट परमिट पाएका सवारीलाई कम्पनीमा दर्ता हुनुपर्ने समय नतोकिएकाले असार ३१ गतेको निर्णयले...बाँकी अंश →


सरकारको प्रयासले सार्थकता पाउँदै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको दिशामा

काठमाडौँ, ६ साउन (असार) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापक सुधार भएको स्टाटस शनिबार पोस्ट गर्नुभयो । सो स्टाटसमा हालसम्म धेरैले प्रतिक्रिया जनाउनुभएको छ भने ९२ पटक शेयर भएको छ । सो स्टाटसलाई मन पराउनेको संख्या एक हजार २००...बाँकी अंश →


एकीकृत जाँचचौकी भन्सारद्वारा कम राजश्व संकलन

वीरगञ्ज, ६ साउन (रासस) ः गतवर्ष साउनदेखि लागू भएको आयातनिर्यात कोड (एक्जिम कोड) लिन व्यापारीलाई समय लागेको तथा बाढीका कारण बाटोघाटो बन्द भएकाले आर्थिक वर्ष २०७४÷७५ मा एकीकृत जाँचचौकी भन्सारले रु तीन अर्ब कम राजश्व उठाएको छ । सो कार्यालयले आव २०७४÷७५ मा भारतलगायत तेस्रो मुलुकबाट ३७ प्रतिशत आयात बढ्न...बाँकी अंश →


ऊर्जामा महिला सहभागिता अभिवृद्धि गर्न सरकार प्रतिवद्ध

काठमाडौँ, ६ साउन(रासस) ः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ऊर्जामा महिला सहभागिता अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । ऊर्जा र वातावरणको लागि महिला संजाल, नेपाल(वनी)का प्रतिनिधिहरुले बुझाएको ११ सूत्रीय मागपत्र प्रहण गर्दै मन्त्री पुनले राज्यका ऊर्जासम्बन्धी नीति तथा कानूनहरु लैङ्गिकमैत्री बनाउन र ऊर्जा क्षेत्रको समग्र नीति...बाँकी अंश →


तरुण दलद्वारा सरकारलाई ताला साँचोे

काठमाडौँ, ६ साउन (रासस) ः नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलले सरकारले शान्तिपूर्ण प्रदर्शनमा अवरोध गरेको भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ताला साँचो बुझाएको छ । आज राजधानीको माइतीघर मण्डलाबाट काठमाडौँ जिल्ला प्रशासन कार्यालयसम्म विरोध प्रदर्शन गरी तरुण दल काठमाडौँका अध्यक्ष कृष्णजी खड्का नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ताला...बाँकी अंश →


‘चिकित्सक केसीको अनशन ः स्वास्थ्यको मौलिक हकको उल्लङ्घन’

– कालिका खड्का काठमाडौँ, ६ साउन ः नेपालको संविधानले नागरिकले स्वास्थ्य सेवा पाउने अधिकारलाई मौलिक हकमा राखेको छ । यसो हुँदाहुँदै पनि मौलिक हकमा राखिएको स्वास्थ्य संस्था बन्द गरेर सोही हकको उल्लङ्घन गर्ने प्रवृत्ति बढेको छ । यसको पछिल्लो प्रमाण त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानमा कार्यरत प्रा डा गोविन्द...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter