२१ माघ २०८१

समाचार

सरकार र प्रा डा केसीबीच नौबुँदे सहमतिः अनशन अन्त्य

काठमाडौँ, १० साउन (रासस) ः नेपाल सरकार र २७ दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा आज राति प्रधानमन्त्री निवास बालुवाटारमा नौबुँदे सहमति भएपछि उहाँको अनशन तोडिएको छ । प्रा डा केसी विभिन्न माग राखी २७ दिनदेखि कर्णाली विज्ञान प्रतिष्ठान जुम्ला र त्रिवि शिक्षण अस्पताल काठमाडौँमा...बाँकी अंश →


कल बाइपास गर्ने तीन जनाविरुद्ध मुद्दा

चितवन, १० साउन (रासस) ः जिल्ला प्रहरी कार्यालय चितवनले अन्तर्राष्ट्रिय आगमन कल बाइपास गर्ने तीन जनालाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पक्राउ परेकाहरुलाई दूर सञ्चार ऐन २०५३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको छ । उनीहरुलाई विभिन्न मितिमा पक्राउ गरिएको...बाँकी अंश →


आतंककारीले चलखेल गर्ने र घुसपैठ गर्ने सम्भावनातर्फ चनाखो रहन सुझाव

काठमाडौँ, १० साउन (रासस) ः उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग आज अपराह्न नेपालस्थित अमेरिकी राजदूत अलाइन बी टेप्लिजले रक्षा मन्त्रालयमा आज बिदाइ भेट गरी खुला सीमा भएकाले आतंककारीले चलखेल गर्ने र घुसपैठ गर्ने बढी सम्भावना भएको तर्फ चनाखो रहन सुझाव दिनुभएको छ । आफ्नो तीन वर्षको कार्यकाल पूरा गरेर स्वदेश फर्किनुअघि राजदूत...बाँकी अंश →


इन्टरनेटमा बढेको शुल्क घट्यो, उपभोक्ताले थप तिर्नु नपर्ने

काठमाडौँ, १० साउन (रासस) ः सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा व्यक्त गर्नुभएको प्रतिबद्धताबमोजिम इन्टरनेटमा वृद्धि भएको शुल्क घटेको छ । मन्त्री बाँस्कोटाले संघीय संसद्मा अत्यावश्यक आवश्यकता बनिसकेको इन्टरनेटको अन्तर्राष्ट्रिय बजारमा नै मूल्य घटेको बताउँदै उपभोक्तालाई थप शुल्क नलाग्ने बताउनुभएको थियो । मन्त्रालयमा आज भएको छलफलमा इन्टरनेटको सेवामा लाग्ने...बाँकी अंश →


जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न विकसित मुलुकले सहयोग गर्नुपर्छ

काठमाडौँ, १० साउन (रासस) ः राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्प कँडेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न विकसित मुलुकले सहयोग गर्नुपर्ने बताउनुभएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले तयार गरेको ‘नेपालमा जलवायु वित्त सुशासनको अवस्था’ सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै उहाँले विकसित मुलुकले सिर्जना गरेको वातावरणीय परिवर्तनका विषयले समस्या...बाँकी अंश →


न्यायमा सहज पहुँच हुनुपर्छ ः कामु प्रधानन्यायाधीश जोशी

काठमाडौँ, १० साउन (रासस) ः कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले आफ्नो कार्यकालमा छिटो र सहज तरिकाले न्याय दिन प्रयास गर्ने बताउनुभएको छ । संसदीय सुनुवाइ विशेष समितिको सुनुवाइका क्रममा आज उहाँले न्यायमा सहज पहुँच, छिटो र मेलमिलापको पद्धतिलाई अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कामु प्रधानन्यायाधीश जोशीले भन्नुभयो, “न्यायलाई छिटो र...बाँकी अंश →


अवरुद्ध महाकाली राजमार्ग सञ्चालन

बैतडी, १० साउन (रासस) ः गए रातिदेखि अवरुद्ध महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ । महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलासैनी–६ को बांगाबगर भन्ने ठाउँमा पहिरो खसेर अवरुद्ध भएको सडक आज मध्याह्नपछि पुनः सञ्चालनमा आएको हो । सडक डिभिजन कार्यालय पाटनको डोजरले पहिरो पन्छाएपछि राजमार्ग पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय...बाँकी अंश →


युएईमा कार्यरत नेपालीको संरक्षणमा सहयोगका लागि आग्रह

काठमाडौँ, १० साउन । गृहमन्त्री रामबहादुर थापाले नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत साइद हम्दान मोहम्मद अल नाक्बीसँग आज भएको भेटवार्तामा युएईमा कार्यरत नेपालीको संरक्षण र वृत्ति विकासमा सहयोगका लागि राजदूतसँग आग्रह गर्नुभएको छ । सुन तस्करीसम्बन्धी घटनामा गृह मन्त्रालयले गठन गरेको अनुसन्धान समितिलाई युएई सरकारका तर्फबाट गरिएको सहयोगका...बाँकी अंश →


तनहुँ सेती जलविद्युत् आयोजनाको ठेकेदार छनोट

काठमाडौँ, १० साउन ः नेपाल विद्युत् प्राधिकरणको सहायक तनहुँ जलविद्युत् कम्पनीको मुख्य संरचना निर्माणका लागि निर्माण व्यवसायीको छनोट गरिएको छ । कूल १४० मेगावाट क्षमताको सो आयोजनाका लागि कम्पनीले आज निर्माण व्यवसायी छनोट गरेको हो । आयोजनाको नदी फर्काउने, बाँधलगायतका संरचना निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने इटालियन कम्पनी सिएमसी...बाँकी अंश →


प्रधानमन्त्रीको प्रतिबद्धता “हाम्रो नेपाल ः हामी नेपाली, हामी जनताका सेवक”

काठमाडौैँ, १० साउन ः प्रधानमन्त्री केपी शर्मा ओलीले “हाम्रो नेपाल ः हामी नेपाली, हामी जनताका सेवक”को प्रतिबद्धता व्यक्त गर्दै सबै मन्त्री र कर्मचारीलाई त्यसलाई मूल मन्त्र मान्न आह्वान गर्नुभएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा छमहिने आधारभूत प्रशिक्षण पूरा गरेका अधिकृत तहका नयाँ कर्मचारीका लागि आयोजित दीक्षान्त समारोहलाई आज सम्बोधन...बाँकी अंश →


पर्यटनमा विश्व लोभ्याउने प्रदेश बनाइन्छ ः मुख्यमन्त्री शाही

सुर्खेत, १० साउन ः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पर्यटनमा कर्णालीलाई विश्व लोभ्याउने आर्कषक प्रदेश बनाइने बताउनुभएको छ । नेपाल पर्यटन पत्रकार संघ, कर्णाली प्रदेशद्वारा आज यहाँ आयोजित “कर्णालीको पर्यटन प्रवद्र्धनमा हाम्रो अभियान र प्रदेश सरकारको दायित्व” विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले विश्वको नेपाल र नेपालको कर्णालीलाई पर्यटनको गन्तव्य बनाउन दिगो...बाँकी अंश →


सुनसरीको घुस्कीमा सशस्त्र प्रहरीले गोलि चलाउदा ४ जना स्थानीय घाइते

इनरुवा  १०  केयर खबर ,दर्जनौं राउण्ड गोली प्रहार, गोली लागी कम्ती एकजना घाईते इनरुवा । भारतको सिमासँग जोडिएको घुस्कीमा एक महिलालाई सशस्त्र प्रहरीले मरणासन्न हुने गरी कुटपीट गरेको विरोधमा स्थानीय उत्रिएपछि सुरक्षाकर्मी र स्थानीयबीच दोहोरो झडप भएको छ । झडप नियन्त्रण गर्न प्रहरीले ठूलो परिमाणमा गोली र अश्रु ग्यास प्रहार...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter