१९ माघ २०८१

समाचार

प्रयोगविहीन सुधारिएको पानी घट्ट

सिमकोट, ५ कात्तिक  हुम्लाको सर्केगाड गाउँपालिका–६ बराइगाउँमा असार मसान्तमा निर्माण सम्पन्न भएको सुधारिएको पानी घट्ट प्रयोगविहीन रहेको छ । बराइगाउँमा पानी घट्ट नभएकाले आरभिडब्लुआरएमपी, ग्रामीण जनउत्थान र गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको पानी घट्ट पानी अभावमा अहिले प्रयोगविहीन रहेको स्थानीयवासी कमला सार्कीले बताउनुभयो । बर्खामा पानी उपलब्ध हुने भए पनि...बाँकी अंश →


प्रहरी चौकी बनाउन निःशुल्क जग्गा प्रदान

पर्वत, ५ कात्तिक  लामो समयदेखि भाडाको घरमा बस्दै आएको प्रहरी चौकीको आफ्नै भवन निर्माणका लागि यहाँका एक स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । फलेवास नगरपालिका–९ भँगरामा प्रहरी चौकीको भवन निर्माण गर्न स्थानीय मानबहादुर क्षेत्रीले तीन रोपनी जग्गा निःशुल्करूपमा उपलब्ध गराउनुभएको हो । साविक भँगरा गाविस वडा नं ४ मा...बाँकी अंश →


जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात

खलङ्गा, ५ कात्तिक    जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष रु ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो । आर्थिक वर्ष २०७४÷७५ मा...बाँकी अंश →


पर्यटन विकास लक्षित गरी खेलमैदान

पोखरा, ५ कात्तिक    पोखरा महानगरपालिका–२८ माझठानास्थित ढुङ्गेथानमा ‘शहीद थमन परियार स्मृति खेल मैदान’ निर्माण गरिएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण उक्त स्थानमा महानगरपालिका र स्थानीय जनसहभागितासहित रु छ लाख ५० हजारको लागतमा शहीद थमन परियारको स्मृतिमा खेलमैदान बनाइएको हो । महानगरको सामाजिक विकास शाखाको रु तीन लाख, वडा नं...बाँकी अंश →



हेल्थ डेस्क हुँदा स्वास्थ्य परीक्षणमा सहज

भजनी, ५ कात्तिक    कैलालीको टीकापुर नगरपालिकाले खक्रौला भन्सार कार्यालयमा हेल्थ डेस्क सञ्चालन गर्दा स्वास्थ्य परीक्षणमा सहज हुन थालेको छ । कामको सिलसिलामा भारत गई त्यहाँबाट फर्कने नेपाली तथा अन्य विदेशी नागरिकलाई स्वास्थ्य परीक्षण गराएर मात्र नेपाल प्रवेश गराउन थालेपछि सरुवा रोगको सङ्क्रमणमा समेत कमी आउने विश्वासका साथ हेल्थ डेस्क...बाँकी अंश →


गाभर भ्यालीमा आन्तरिक पर्यटकको लर्को

राँझा, ५ कात्तिक  बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली सामुदायिक घरवासमा घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेकोे छ । नेपाल सरकारले सूचीकृत गरेका प्रमुख १०० पर्यटकीय गन्तव्यमा परेको गाभर भ्याली घरवासमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिकरूपमा बढ्दो रहेको गाभर भ्याली सामुदायिक घरवासका अध्यक्ष कृष्णलाल चौधरीले बताउनुभयो । उहाँका अनुसार, बाँके,...बाँकी अंश →


विकासको केन्द्रमा पर्दैछ जाजरकोट

जाजरकोट, ३ कात्तिक  पाँच वर्षअघिसम्म सडक सञ्जालसँग जोडिन धौधौ भएको जाजरकोट अहिले सडकको केन्द्रविन्दु भएको छ । जिल्लामा भित्रिने र बाहिरिने सडकहरु जाजरकोटबाट भएर जाने भएपछि केन्द्रमा परेको हो । राष्ट्रिय सडक तथा क्षेत्रीय सडकहरु जाजरकोट भएर जाने भएपछि जिल्ला केन्द्रमा परेको छ । जमुनाह–छिन्चु–जाजरकोट–डोल्पा हुँदै चीन जोड्ने सडक (भेरी...बाँकी अंश →


युवतीको विभत्स हत्या

भोजपुर, ३ कात्तिक  षडानन्द नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ । षडानन्द नगरपालिका–१ नेपालेडाँडाबाट खेल हेरेर घर फर्कदै गरेकी वडा नं ३ बस्ने २८ वर्षीया कल्पना राईको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शनिबार साँझ षडानन्द नगरपालिकाको वडा नं २ र ३ को सिमानामा पर्ने...बाँकी अंश →


चाँदीको गरगहनासहित एक युवक पक्राउ

लहान, ३ कात्तिक  प्रहरीको टोलीले भारतीय सिमासँग जोडिएको सिरहाको बरियारपट्टी बजारबाट करीब अढाइ किलो चाँदीसहित एक जना पक्राउ गरेको छ । भारतीय बजारबाट नेपालतर्फ आइरहेका मोरङको रङ्गेली नगरपालिका–६ निवासी २५ वर्षीय उमेश विश्वकर्मालाई चाँदीको गरगहनासहित प्रहरीले पक्राउ गरेको हो । विश्वकर्माको साथबाट चाँदीको पाउजु ११० थान, औँठी ७२ थान, सिक्री...बाँकी अंश →


मलेशियामा एक नेपालीको मृत्यु

तुलसीपुर, ३ कात्तिक  रोजगारीका लागि मलेशिया जानुभएका दाङका एक व्यक्तिको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका–२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसी (कान्छो) को असोज २९ गते नेपाली समयअनुसार बेलुका ४ः३० बजेतिर मृत्यु भएको हो । दशैँको टीकाका दिन एक्कासि बेहोस भएपछि उपचारका लागि मलेशियाकै सालम अस्पतालमा लगिएको र उपचारका...बाँकी अंश →


राष्ट्रपति भण्डारी जापान प्रस्थान

म्यान्मा, ३ कात्तिक    राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको राजकीय भ्रमण पूरा गरी आज स्थानीय समयअनुसार मध्यान्ह १२.१० मा जापान प्रस्थान गर्नुभयो । थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्नेछ । राष्ट्रपति भण्डारीलाई याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा म्यान्माको धार्मिक मामिला तथा संस्कृतिमन्त्री छुरा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter