२२ माघ २०८१

समाचार

रु एक अर्ब राजश्व संकलन

काठमाडौँ, २२ साउन, खानी तथा भूगर्भ विभागले आर्थिक वर्ष २०७४÷७५ मा रु एक अर्ब १३ करोड ९३ लाख राजश्व संकलन गरेको छ । विभागले खानीका लागि इजाजतपत्र प्रदान, नवीकरण, खनिज पदार्थको निकासी, मासिक खनिज उत्खनन् तथा नक्सा बिक्रीबापत उक्त राजश्व संकलन गरेको हो । विभागका प्रवक्ता कृष्णदेव झाका अनुसार विभागले...बाँकी अंश →


कृषि विश्वविद्यालय नियमित सञ्चालनमा

चितवन, २२ साउन  कृषि तथा वन विज्ञान विश्वविद्यालय सोमबारदेखि नियमित सञ्चालनमा आएको छ । विश्वविद्यालयले आठवटा निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले विश्वविद्यालयको पठनपाठन बन्द गराएका थिए । विश्वविद्यालयको उक्त निर्णय सरकारले खारेज गरेपछि विद्यार्थी र प्राध्यापकले आन्दोलन फिर्ता लिएसँगै पठनपाठन नियमित सञ्चालन भएको हो । विश्वविद्यालयका रजिष्ट्रार मनराज...बाँकी अंश →


हिंसामा परेका महिला सुरक्षित आवासगृहमा

बैतडी, २२ साउन  पाटनमा महिला सुरक्षित आवासगृह सञ्चालनमा आएपछि हिंसामा परेका महिलाले न्याय पाउन थालेका छन् । विसं २०७३ मंसिरदेखि सञ्चालनमा आएको उक्त आवासगृहबाट अहिलेसम्म हिंसामा परेका ७४ महिलाले सेवा लिएको संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिनुभयो । हिंसाको प्रतिरोध गर्न हिंसापीडित महिलालाई सुरक्षित महिला...बाँकी अंश →


बाघ नियन्त्रणमा

रत्ननगर, २२ साउन , पश्चिम चितवनमा एक महिलालाई आक्रमण गरी मारेको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ । निकुञ्जबाट आठ हात्तीसहित खटिएको पशु चिकित्सकको टोलीले सोमबार साँझ बाघलाई ‘डाट’ गरेर नियन्त्रणमा लिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिनुभयो । बाघलाई अहिले निकुञ्जको खोरमा राखिएको छ । भरतपुर...बाँकी अंश →


विकसित मुलुकहरुको भन्दा नेपालको बालबालिका खुशी , मन्त्री पण्डित

बनेपा, २१ साउन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बालबालिकालाई राम्रो व्यवहारको सिकाइबाट सुन्दर भविष्य निर्माण गर्न सकिने बताउनुभएको छ । पहिलाको जस्तो तर्साएर, धम्क्याएर र कुटेर ठीक ठाउँमा ल्याउन खोज्नु गलत साबित भएको बताउँदै उहाँले भन्नुभयो, ‘‘अब अभिभावकहरुमा पनि आनीबानी, बोलीबचन र व्यवहारमा परिवर्तनको आवश्यक छ ।” बालबालिकाप्रति...बाँकी अंश →


निर्दयी तरिकाले पशुपक्षी ढुवानी नगर्न अन्तरिम आदेश

काठमाडौँ, २१ आउन सर्वोच्च अदालतले क्रूर र निर्दयी तरिकाले पशुपक्षी ढुवानी नगर्न÷नगराउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । मासु उत्पादनका लागि ढुवानी गरिने पशुपक्षीमाथि क्रूर र अमानवीय व्यवहार भएको हुँदा सो कार्य रोक्न माग गर्दै अधिवक्ता...बाँकी अंश →


सुशासन र विकासमार्फत समृद्धि हासिल हुन्छ , प्रधानमन्त्री ओली

काठमाडौँ, २१ साउन  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने गन्तव्यलाई पूरा गर्न निष्ठापूर्वक काम गर्ने दृढता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो “गरिबी र पछौटेपनको अन्त्य गर्दै शिक्षा, स्वास्थ्य र पर्यटनको आकर्षण केन्द्रको रुपमा विकास गरी देशलाई नयाँ युगमा प्रवेश गराउने काममा सरकार जुटेको छ, यसलाई साथ...बाँकी अंश →


गरीबी निवारणका लागि एकमुष्ट कार्यक्रम ल्याइने

काठमाडौँ, २१ साउन  भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले देशबाट गरीबी उन्मूलनको लक्ष्य हासिल गर्न गरीब परिचयपत्र वितरण गरिने र त्यसका आधारमा गरीबी निवारणका लागि एकमुष्ट कार्यक्रम ल्याइने बताउनुभएको छ । रिपोर्टर्स क्लबद्वारा आज आयोजित साक्षात्कारमा उहाँले सहकारीमा थुप्रिएको पैसा उत्पादन क्षेत्रमा लगानी गरी सहकारीको माध्यमबाट जनताको जीवनस्तर...बाँकी अंश →


देशैभर मध्यमदेखि भारी वर्षाः नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ, २१ साउन  मनसुन न्यूनचापीय प्रणालीको प्रभावले देशैभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको छ । मनसुन न्यूनचापीय रेखा नेपाल नजिक ९खासगरी मध्य र पश्चिम क्षेत्र० भएकाले काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको मौसविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार आज राति...बाँकी अंश →


वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि छलफल

काठमाडौँ, २१ साउन  नेपालको संविधानमा उल्लेखित मौलिक हकअन्र्तगत गोपनीयताको हकको प्रत्याभूति गर्न ल्याउन लागिएको ‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा सञ्चार तथा कानून विज्ञहरुले विभिन्न सुझाव दिएका छन् । फ्रिडम फोरम, इन्टरनेट सोसाइटी नेपाल र सूचनाको हकका लागि नागरिक अभियानले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको परामर्श बैठकमा सहभागी...बाँकी अंश →


गुठीका जग्गाको खोजी

ललितपुर, २१ साउन जिल्लाका विभिन्न स्थानमा रहेका सार्वजनिक गुठीका नाममा रहेको जग्गाको खोजी शुरु भएको छ । गुठीका सम्पत्ति कति छ, भन्ने समेत यकिन नभएपछि खोजी शुरु भएको गुठी संस्थान ललितपुर शाखाका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो । गुठीका नाममा धेरै जग्गा भए पनि कतिपय जग्गा दर्ताको प्रक्रियामा छ भने कतिपय...बाँकी अंश →


प्रतिनिधिसभाः सार्वजनिक सुरक्षा विधेयक प्रस्ताव स्वीकृत

काठमाडौँ, २१ साउन प्रतिनिधिसभाले सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक २०७५ दवाफार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । यसअघि गृहमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको राष्ट्रिय चिकित्सा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter