हेटौँडा, ५ कात्तिक प्रदेश नं ३ का प्रदेशसभा सदस्य सानुकुमार श्रेष्ठले प्रदेशसभाले देशको मूल कानूनका रुपमा रहेको संविधान र सङ्घीय सरकारले निर्माण गरेका ऐनसँग बाझिने गरी कानून निर्माण नगरेको बताउनुभएको छ । युएनडिपीको सहयोगमा नेपाल पत्रकार महासङ्घ मकवानपुरद्वारा आज हेटौँडामा आयोजित संसदीय पत्रकारिता सम्बन्धी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले प्रदेशसभाले...बाँकी अंश →
चितवन, ५ कात्तिक नेत्रविक्रम चन्द समूहका केन्द्रीय सदस्य गुणराज लोहनीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले लोहनीलाई आज बिहान भरतपुर महानगरपालिका–११ बसेनी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका लोहनीलाई प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । लोहनी...बाँकी अंश →
काठमाडौँ, ५ कात्तिक ताइवानका विभिन्न संस्थाले नेपाललाई अपाङ्गता भएका व्यक्तिका लागि हिँडडुलमा सहयोग पु¥याउने उद्देश्यले उच्च गुणस्तरका दुई हजार थान ह्वीलचियर प्रदान गरेका छन् । प्रतिथान करीब रु पाँच हजार ६०० पर्ने उक्त उच्च गुणस्तरका ह्वीलचियर २०० थान काठमाडौँ आइपुगेका र सोमबार नै १८० थान विभिन्न जिल्लामा निःशुल्क वितरण गरिएको...बाँकी अंश →
महोत्तरी, ५ कात्तिक महोत्तरीसहितका मिथिला क्षेत्रमा छठ पर्वको तयारी शुरु भएको छ । अत्यन्त निष्ठा र श्रद्धापूर्वक मनाइने यो पर्वको तयारी करीब एकपक्ष पहिले नै देखिन थालेको हो । कात्तिक शुक्लपक्ष चौथी ९चतुर्थी० का दिन शुरु भएर सप्तमीका दिन छठ पर्व सम्पन्न गर्ने मैथिल परम्परा छ । सूर्यको उपाशना गरिने...बाँकी अंश →
मेलम्ची, ५ कात्तिक इन्द्रावती गाउँपालिका–२ कुञ्चोकमा उत्पादित सिस्नुको पाउडर बजारीकरण गर्ने अभियानमा महिला सक्रिय बनेका छन् । गाउँमै गरिएको सिस्नु खेतीबाट भएको उत्पादनलाई अग्र्यानिक बनाएर बिक्री गर्न महिला एकजुट भएका छन् । कुञ्चोकका महिलाले बाँझो जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका छन् । जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यले खेतबारीका...बाँकी अंश →
काठमाडौँ, ५ कात्तिक नेपाली परम्परागत हस्तकलाको प्रवद्र्धन तथा बिक्री वितरण गर्न नेपाल–चीन नाका केरुङमा हस्तकला प्रदर्शन तथा मेला आयोजना गरिएको छ । केरुङको स्थानीय सरकारको आयोजनामा नेपाल हस्तकला महासङ्घले यही कात्तिक २ देखि ८ गतेसम्म उक्त मेला आयोजना गरेको हो । मेलामा धातुका मूर्ति, पश्मिना, थाङ्का, ऊनी, फेल्ट, टेक्साइल, गार्मेन्ट...बाँकी अंश →
गोरखा, ५ कात्तिक बारपाक सुलीकोट गाउँपालिकाको बारपाक र धार्चे गाउँपालिकाको लाप्राकबीच लामो समयदेखिको सीमा विवाद सुल्झाउन सात बँुदे सहमति गरिएको छ । जिल्ला समन्यव समितिको समन्वयमा सोमबार सम्पन्न सर्वपक्षीय बैठकमा साविकका दुई गाविसबीचको सीमा विवाद मिलाउन सहमति भएको हो । दुई दिनदेखि लगातार भएको सर्वपक्षीय बैठकले बारपाक र लाप्राकबीचको सिमानालाई...बाँकी अंश →
कास्की, ५ कात्तिक पर्यटकीय शहर पोखराको लेकसाइडबाट काठमाडौँसम्म बस सेवा शुरु गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने लक्ष्यसहित पृथ्वीराजमार्ग यातायात कम्पनी प्रालिले लेकसाइड र काठमाडौँको बालाजुबाट दैनिक साँझ ७ः३० बजे छुट्ने गरी सोमबारबाट पर्यटक बसमार्फत सेवा सञ्चालनमा ल्याएको हो । दिवा तथा रात्रि सेवा गरी पोखरा...बाँकी अंश →
काठमाडौँ, ५ कात्तिक सुनचाँदी कारोवारमा भन्सार छलेर चोरी पैठारी गरी राजश्व चुहावट तथा विदेशी विनिमय अपचलन गरेको अभियोगमा बाबुछोराविरुद्ध राजश्व अनुसन्धान विभाग ललितपुरले मुद्दा चलाएको छ । भारत पलियाखिरी घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका–१ बस्ने अतुल बर्मा र धनगढीमा शिवम् सुनचाँदी पसल सञ्चालक उनका बाबु सुशीलकुमार राजपुतविरुद्ध विभागले रु...बाँकी अंश →
काभ्रेपलाञ्चोक, ५ कात्तिक प्रदेश नं ३ सरकारको सञ्चित कोषमा हाल रु एक अर्बभन्दा बढी राजश्व सङ्कलन भएको छ । स्थानीय तहले गत आर्थिक वर्ष २०७५÷७६ को नदीजन्य पदार्थको राजश्व बाँडफाँडअन्तर्गत प्रदेश सरकारको सञ्चित कोषमा उक्त रकम जम्मा भएको हो । प्रदेशअन्तर्गत सबै स्थानीय तहलाई नदीजन्य पदार्थको राजश्व बाँडफाँड गर्नेबारे...बाँकी अंश →
चितवन, ५ कात्तिक जिल्लामा साउनयता भएका सवारी दुर्घटनामा परी ३३ को मृत्यु भएको छ । सो समयमा ८१ दुर्घटना भएका थिए । दुर्घटनामा परी १८० घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जिल्लाका भित्री सडकमा दुर्घटना बढी हुने गरेका छन् । कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार...बाँकी अंश →
दमौली, ५ कात्तिक तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि गृह मन्त्रालयसँग विशेष सुरक्षा दस्ता माग गरिएको छ । चितुवा नियन्त्रणका लागि जिल्ला तहबाट प्रयास भए पनि नियन्त्रणमा गर्न नसकिएपछि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग विशेष सुरक्षा दस्ता माग गरेको हो । नेपाल प्रहरी, सशस्त्र...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: