२२ माघ २०८१

समाचार

दुई हजार ३०० जातका धान

ललितपुर, २९ साउन ,   नेपालमा धानका स्थानीय जात झण्डै दुई हजार ३०० प्रकारका रहेको पाइएको छ । नेपाल कृषि अनुसन्धान परिषद(नार्क) अन्तर्गतको राष्ट्रिय कृषि अनुबंशिक स्रोत केन्द्रले गरेको सङ्कलनमा स्थानीय जातका धानका बीउमा विविधता पाइएको हो । स्थानीय जातका बीउ हराउन नदिन धानको बीउ संकलन गर्दै आएको केन्द्रमा वैज्ञानिक कृष्णहरि...बाँकी अंश →


उपत्यकाका सडक सुधारमा समन्वय गरिने

काठमाडौँ, २९ साउन ,  गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीको सञ्जाललाई ध्वस्त तुल्याइएको बताउनुभएको छ । राष्ट्रियसभा मातहतको दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उहाँले सुन तस्करीमा संलग्न व्यक्तिको सञ्जाल ध्वस्त भएको, मुख्य पात्र छानबीनको दायरामा आइसकेको उल्लेख गर्नुभयो । दुवईबाट तीन वर्षको अवधिमा एउटा समूहले मात्रै चार हजार क्विन्टल...बाँकी अंश →


आर्थिक अराजकता अन्त्य गर्नु मुख्य उद्देश्य हो–अर्थमन्त्री

काठमाडौँ, २९ साउन , अर्थमन्त्री डा युवराज खतिवडाले सरकारको अहिलेको मुख्य उद्देश्य भनेको आर्थिक अराजकताको अन्त्य गर्नुभएको बताउनुभएको छ । प्रतिनिधिसभा मातहतको अर्थसमितिको आजको बैठकमा उहाँले जनताको करबाट उठेको राजश्वको उपयोगिताबारे प्रश्न नउठ्ने गरी काम गर्नुपर्ने चुनौती अर्थमन्त्रालयलाई रहेको धारणा व्यक्त गर्नुभयो । करको दर बढाएर होइन, आधार बढाएर मात्र...बाँकी अंश →


बजार, यातायात, उद्योग सञ्चालन

भक्तपुर, २९ साउन ,पक्राउमा परेका आफ्ना कार्यकताको निःशर्त रिहाइको माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको चौतर्फी अवज्ञा भएको छ । बन्दले दिक्क नागरिक र व्यवसायीले बन्दको अवज्ञा गरी व्यवसाय र यातायातका साधन निर्धक्क सञ्चालन गरेपछि भक्तपुरलगायत काठमाडौँ उपत्यकामा आज बन्दको प्रभाव परेको छैन ।...बाँकी अंश →


मानव बेचबिखन ः आधुनिक प्रविधिले बढायो जोखिम

बाँके, २९ साउन,आजभोलि सबै मानिसको हातमा मोबाइल देखिन्छ । अधिकांश युवायुवती मोबाइलमै व्यस्त देखिन्छन् । नेपाली बजारमा प्रविधिले आफूलाई स्थापित गरिरहेको छ । प्रविधिले कतिपय कामलाई निकै सहज बनाएको छ । तर प्रविधिकै कारण नेपाली महिला र बालबालिका बेचबिखनको उच्च जोखिममा पर्ने गरेका छन् । प्रविधिका कारण हिजोआज मानव बेचबिखनमा...बाँकी अंश →


सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकार गम्भीर

काठमाडाँै, २९ साउन ,  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउँदै आधारभूत तहका जनतालाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकार गम्भीर रहेको बताउनुभएको छ । इन्टरनेशनल ट्रेड युनियन कन्फ्ररिडेशन–एशिया प्यासेफिकद्वारा आज यहाँ आयोजित नेपालमा सामाजिक सुरक्षासम्बन्धी राष्ट्रिय छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामाजिक...बाँकी अंश →


प्राधिकरणको खुद नाफा अर्ब नाघ्ने, चुहावट २० प्रतिशत

काठमाडौँ, २९ साउन ,  नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४÷७५ मा प्रक्षेपित भन्दा बढी आम्दानी हुने जनाएको छ । सो आवमा प्राधिकरणले रु एक अर्ब एक करोड खुद नाफा आर्जन हुने लक्ष्य राखेकोमा अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि प्रक्षेपित वार्षिक खुद नाफा अझै बढ्न सक्ने दावी गरेको हो ।...बाँकी अंश →


महाकाली राजमार्ग अवरुद्ध

बैतडी, २९ साउन , लगातारको वर्षापछि पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । बाटो अवरुद्ध भएपछि गोकुलेश्वर–दार्चुला सडक खण्डमा दुई दिनदेखि आवागमन बन्द भएको छ । मालिकार्जुन गाउँपालिका–३ तेर्छेलेकमा सडक माथिबाट पहिरो खसेको छ । बैतडीको पाटनबाट डोजर लगेर अहिले पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी...बाँकी अंश →


उत्पादन बिक्री वितरण बन्द

काठमाडौँ, २९ साउन , नेपाल गुणस्तर तथा नापतौल विभागले १६ उद्योगको सामान उत्पादन तथा बिक्री वितरण बन्द गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा मापदण्डभन्दा बाहिर गएर उद्योग सञ्चालन गरेको भन्दै विभागले ती उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरेको हो । विभागले आव २०७३÷७४ मा ६ उद्योगको उत्पादन तथा...बाँकी अंश →


पाकिस्तानको ७१औँ स्वतन्त्रता दिवस

काठमाडौंँ, २९ साउन,   पाकिस्तानको ७१औँ स्वतन्त्रता दिवसका अवसरमा आज यहाँस्थित राजदूतावासमा विशेष समारोह आयोजना गरी उक्त देशको राष्ट्रिय झण्डा फहराइयो । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले पाकिस्तानका राष्ट्रपति ममुन हुसेन र प्रधानमन्त्री नसिर उलमुल्कले स्वतन्त्रता दिवसका अवसरमा जारी गर्नुभएको शुभकामना सन्देश बाचन गर्नुभएको थियो । समारोहमा दक्षिण एसियाली क्षेत्रीय...बाँकी अंश →


कर्णाली उत्कृष्ट पर्यटकीय गन्तव्य’

सुर्खेत, २९ साउन , कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले कर्णाली उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताउनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा सोमबार आयोजित ‘व्यावसायिक तथा प्राविधिक शिक्षा नीति निर्माणार्थ सुझाव संकलन’ कार्यक्रममा मन्त्री रावलले कर्णाली प्रदेश जलविद्युत्, जडीबुटी, कृषिका साथै पर्या–पर्यटनका लागि महत्वपूर्ण गन्तव्य भएको बताउनुभयो ।...बाँकी अंश →


दलित समुदायलाई पञ्चेबाजा

वालिङ, २९ साउन , स्याङ्जाको भीरकोट नगरपालिका–९ वडाले दलित समुदायलाई पञ्चेबाजा सहयोग गरेको छ । लोप हुने अवस्थामा रहेका कारण त्यसको संरक्षण गर्ने उद्देश्यले दलित समुदायलाई रु एक लाख पचास हजार बराबरको पञ्चेबाजा सहयोग गरिएको वडाध्यक्ष भीमबहादुर गुरुङले बताउनुभयो । “दलित समुदायले माग गरेपछि सहयोग गरेका हौँं” उहाँले भन्नुभयो ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter