२३ माघ २०८१

समाचार

‘संविधान कार्यान्वयनमा आर्थिक र प्रशासनिक चुनौती’

काठमाडौँ, ३१ साउन , नेपाली काँग्रेसका नेताहरुले संविधान कार्यान्वयनमा आर्थिक र प्रशासनिक चुनौती रहेको बताउनुभएकोे छ । काङ्ग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘समसामयिक अर्थ–राजनीतिको समीक्षा’ कार्यक्रममा नेताहरुले जथाभावी कर उठाएर अहिले मुलुकमा देखिएको आर्थिक समस्या पूरा नहुने बताउनुभयो । काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको...बाँकी अंश →


मुलुकी फौजदारी संहिता ,, छ अपराधमा आजीवन कारावास

काठमाडौँ, ३० साउन , मुलुकी अपराध (संहिता) ऐन, २०७४ भोलि भदौ १ गतेदेखि लागू हुनेछ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो । राणाले बेलायतको भ्रमणपछि प्रचलित धर्म, परम्परा, प्रचलन र रीतिलाई आधार बनाएर मुलुकी ऐन तर्जुमा गर्नुभएको हो...बाँकी अंश →


प्रधानमन्त्रीले २ नं प्रदेशसभालाई शनिबार सम्बोधन गर्ने

महेन्द्रनगर, धनुषा, ३१ साउन , प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं २ को प्रदेशसभालाई भदौ २ गते शनिबार सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । नेकपाले जनकपुरमा आज पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आउनु हुने जानकारीसमेत दिइयो...बाँकी अंश →


हवाई यात्रुको बीमामा ६ गुणा वृद्धि

काठमाडौँ, ३१ साउन,  नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा करीब छ गुणाले वृद्धि हुने भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । संसद्ले निकट भविश्यमा उक्त महासन्धि अनुमोदन गर्ने छ ।...बाँकी अंश →


सडकको गुणस्तर मापन गर्न उपकरण

काठमाडौँ, ३१ साउन , भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकको गुणस्तर मापन गर्न आधुनिक उपकरण प्रयोगमा ल्याउने भएको छ । कालोपत्र भएको सडक छोटो समयमा नै उप्कन थालेपछि मन्त्रालयले चालू आर्थिक वर्षको अन्त्यसम्म गुणस्तर मापन गर्न उपकरण खरीद गरी प्रयोगमा ल्याउन लागेको हो । “कस्तो किसिमको उपकरण कहाँबाट ल्याउन लागेको...बाँकी अंश →


भारत: ‘भारत रत्न’ एवं पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी को निधन , भारतमा शोकको लहर

नयाँ दिल्ली: पूर्व प्रधानमन्त्री र भारत रत्न अटलबिहारी वाजपेयीको लामो समयबिरामी पछि 94 वर्षको उमेरमा आज निधन भयो । उहाँले आफ्नो अन्तिम सांस 5 बजे 5 मिनेटमा लिनूभयो। चाँडै नै उनको मृत्युको समाचारले सारा देशलाइ दुःखमा डुबाइयो । अन्तिम 66 दिन देखि  दिल्लीमा एम्समा उहाँको  उपचार भइरहेको थियो। यहाँ उनले...बाँकी अंश →


चीन, अमेरिका व्यापार वार्ता अगष्टको अन्त्यमा

बेइजिङ, ३१ साउन , चीनले व्यापार वार्ता पुनः सुरु गर्न अगष्टमा एकजना वरिष्ट मध्यस्थकर्तालाई संयुक्तराज्य अमेरिका पठाउने चीनको बाणिज्य मन्त्रालयले जनाएको छ । दुबै मुलुकबीचको व्यापार द्वन्द्व चर्किएपछिको यो पहिलो उच्चस्तरीय वार्ता हो । बेइजिङ र वासिङ्टनले गत जुनमा उच्चस्तरीय बैठक भएपछि पनि एकअर्का मुलुकका अर्बौं डलरका वस्तुमाथि करबृद्धि गर्ने...बाँकी अंश →


मलेसियाली अदालतले कीम जोङ हत्याको सुनुवाई गर्ने आदेश

क्वालालम्पुर, ३१ साउन,  मलेसियाको एक अदालतले उत्तर कोरियाली नेता कीम जोङ उनका भाइ कीम जोङ नामको हत्या आरोपमा मलेसियामा पक्राउ परेका दुई महिलाका सम्बन्धमा सुनुवाई गर्न आदेश दिएको छ । “आरोपित महिलाहरुले आफूमाथि लागेका आरोपको सफाईका लागि प्रक्रिया अगाडि बढाउन सक्छन्,” शाह आलम उच्च अदालतका न्यायाधीश आज्मी आरीफिनको आदेशमा भनिएको...बाँकी अंश →


राष्ट्रियसभा समितिको निर्वाचन भदौ १३ मा

काठमाडौँ, ३१ असार ,  राष्ट्रियसभाअन्तर्गत गठित चार विषयगत समितिको निर्वाचन भदौ ३ गते निर्धारण गरिएकामा अब भदौ १३ गते बिहान ११ बजे हुने भएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्वाचन विशेष कारणवश निर्धारित मितिमा नभई मिति सरेको जानकारी दिनुभयो । राष्ट्रियसभाअन्तर्गत दिगो विकास तथा सुशासन, विधायन...बाँकी अंश →


किसानले भुक्तानी पाएनन्

बर्दिवास, ३१ साउन , महोत्तरीका किसानले बिक्री गरेको उखुको भुक्तानी पाएका छैनन् । गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट सुगर मिलले उखुको भुक्तानी दिन आलटाल गर्दा किसान मर्कामा परेका हुन् । उचित मूल्य निर्धारण र भुक्तानीको माग गर्र्दै यसअघि किसान एक महिना अनशन बसेका थिए । अनशन बसेका किसानलाई उद्योगमन्त्री मातृकाप्रसाद यादवले...बाँकी अंश →


वन क्षेत्रको १६ हजार हेक्टर जग्गा अन्य प्रयोजनमा

काठमाडौँ, ३१ साउन , विकास आयोजना निर्माणमा वन क्षेत्रको अवरोध हुने गरेको भन्ने गुनासो भएपनि वन तथा वतावरण मन्त्रालयले विभिन्न निकायलाई अन्य प्रयोजनका लागि १६ हजार ७१६ हेक्टर वन क्षेत्र उपलब्ध गराइसकेको छ । मन्त्रालयले ५१६ विभिन्न निकायलाई फरक फरक १२ प्रयोजनका लागि सरकारी वन क्षेत्रको उक्त जग्गा प्रयोग गर्न...बाँकी अंश →


नारायणगढ मुग्लिन सडक रोकियो

चितवन, ३१ साउन , नारायणगढ मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ कालीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । बिहान १०ः२५ बजे पहिरो गएपछि सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि अझै तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ ।बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter