२३ माघ २०८१

समाचार

प्रधानमन्त्री ओलीद्वारा पाकिस्तानी समकक्षीलाई बधाई

काठमाडौँ, २ भदौ , प्रधानमन्त्री केपी शर्मा ओलीले इमरान अहमद खान नियाजी इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीको उच्चपदमा नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफ्ना पाकिस्तानी समकक्षी खानलाई आज पठाउनु भएको बधाई सन्देशमा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै नवनिर्वाचित प्रधानमन्त्रीको सफल कार्यकालका निम्ति हार्दिक शुभकामना...बाँकी अंश →


काँग्रेसले जितेको स्थानीय तहमा कर बढाउन नदिने, कोइराला

विराटनगर, २ भदौ , नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले सङ्घीयतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सङ्घीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको जस्तो देखिए पनि संविधानमै व्यवस्था भएकाले यसको सफल कार्यान्वयनका लागि सबैलाई आग्रह गर्नुभयो । उहाँले जनतालाई मारमा पर्ने...बाँकी अंश →


शेयर बजार नेप्से र कारोवार दुवै बढ्यो

काठमाडौँ, २ भदौ , धितोपत्र बजारमा यस साता रु एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार बराबरको कारोवार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कूल १८५ कम्पनीको ४५ लाख दुई हजार ४५० कित्ता शेयर खरीद बिक्री भएका छन् । कारोवार रकम गत साताको भन्दा ५६.१० प्रतिशत बढी हो...बाँकी अंश →


सरकारको नयाँ योजना सबै नेपालीलाई जलविद्युत्को शेयर

काठमाडौँ, २ भदौ ,सरकारले ‘जनजनमा शेयर घरघरमा बिजुली’को नारालाई रणनीतिक महत्वका साथ कार्यान्वयन गर्ने भएको छ । सो नारालाई कार्यान्वयनका लागि आर्कषक र प्रतिफल दिने आयोजनाको समेत खोजी गरिरहेको छ । रसुवामा चिलिमे जलविद्युत् आयोजनाको निर्माण पछि सो जिल्लाका स्थानीयवासीको आर्थिक तथा सामाजिकस्तर उठेको तथ्यलाई मनन गर्दै सरकारले सबै नेपाली...बाँकी अंश →


मुलुकी अपराध संहिता ः खेल मिलेमतो गरे तीन वर्ष कैद

काठमाडौँ, २ भदौ , नेपाली खेलाडीले अब आइन्दा खेल मिलेमतो गरे तीन वर्ष कैद र रु ३० हजारसम्म जरिवाना हुने भएको छ । जंगबहादुर राणाका पालामा बनेको १६५ वर्ष पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै शुक्रबारदेखि लागू भएको मुलुकी अपराध संहिता २०७४ को भाग २ परिच्छेद १ राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५१...बाँकी अंश →


टुहुरा बालबालिकालाई मासिक दुई हजार भत्ता

बैतडी, २ भदौ , बैतडीको दोगडाकेदार गाउँपालिकाले चालु आर्थिक वर्षदेखि विद्यालय उमेर समूहका टुहुरा बालबालिकालाई मासिक रु दुई हजार भत्ता दिने भएको छ । टुहुरा बालबालिकालाई पढाइमा आर्थिक अभाव नहोस् भनेर मासिक रु दुई हजार भत्ता दिन लागिएकोे गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “टुहुरा बालबालिकाले आमाबुबा गुमाएको...बाँकी अंश →


बाँझो जमीन राख्नेलाई कारबाही

रत्ननगर, २ भदौ , रत्ननगर नगरपालिकाले बाँझो जमिन राख्नेलाई कारबाही गर्न थालेको छ । उत्पादनमूलक जग्गालाई बाँझो राखेर छाड्नेलाई नगरसभाबाटै निर्णय गरी जरिवाना लिन थालिएको नगर प्रमुख नारायण वनले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न वडामा बाँझो जमीन राख्नेविरुद्ध गरिएको कारबाहीबाट अहिलेसम्म रु एक लाख ३६ हजार राजश्व सङ्कलन भएको...बाँकी अंश →


भारतीय दूतावासका कारण विद्यालय पुनःनिर्माण भएन

धादिङ, २ भदौ , भूकम्पले ध्वस्त भएका जिल्लाका १० ठूला विद्यालय निर्माणको जिम्मा भारतीय राजदूतावासले लिए पनि काम शुरु नगर्दा विद्यार्थीहरु अझै टहरामा बसेर पठनपाठन गर्न बाध्य छन् । पुनःनिर्माण प्राधिकरण र विभिन्न सङ्घ संस्थाले अन्य विद्यालय निर्माण सकेर विद्यार्थीले पक्की भवनमा बसेर पढ्न थालिसके तर उक्त राजदूतावासले जिम्मा लिए...बाँकी अंश →


समृद्धिका लागि सूचना प्रविधि आवश्यक ः प्रधानमन्त्री

काठमाडाँै, १ भदौ ,  प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धिका लागि सूचना प्रविधिको उपभोगलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूलनारासहित लिभिङ विथ आइसिटीले आज यहाँ आयोजना गरेको कार्यक्रममा भिडियो सन्देशमार्फत उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले नेपालको सूचना प्रविधि क्षेत्रमा आइसिटी...बाँकी अंश →


स्वास्थ्य क्षेत्रको गुणात्मक परिवर्तनका लागि सरकार प्रतिवद्धः उपप्रधानमन्त्री यादव

राजविराज १, भदौ , उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतलमा आज एक समारोहबीच डायलायसिस सेवाको उद्घाटन गर्नुभयो । करीव रु १ करोडको लागतमा अस्पतालमा चार वटा डायलायसिस मेसिन जडान गरिएको छ । सो अवसरमा उपप्रधानमन्त्री यादवले मुलुकमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको विस्तार...बाँकी अंश →


वाग्मती उद्योगको उत्पादनमा रोक

विराटनगर, १ भदौ(, वाग्मती आयल इण्डष्ट्रिज मोरङ कटहरीद्वारा उत्पादित सूर्यमुखी तथा भटमासको खानेतेल गुणस्तरहीन भएको आरोपमा आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट खटिएको एक उच्चस्तरीय टोलीले उद्योगको उत्पादनमा रोक लगाएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजकत्वमा नेपाल गुणस्तर तथा नापतौल विभाग, वाणिज्य कार्यालय, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण...बाँकी अंश →


देवानी संहितामा प्रेस स्वतन्त्रताबारे सच्याउनुपर्ने माग

काठमाडौँ, १ भदौ , आजदेखि लागू भएको मुलुकी (फौजदारी) संहिता २०७४ र मुलुकी (देवानी) संहिताका कतिपय प्रावधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचन गर्न प्रयोग हुने खतरा देखिएको सञ्चारविज्ञले औँल्याएका छन् । नेपाल पत्रकार महासङ्घ र प्रेस काउन्सिल नेपालद्वारा यहाँ आज आयोजित अन्तक्र्रियामा सञ्चार विज्ञले मुलुकी संहितामा केही सकारात्मक विषय रहे...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter