२३ माघ २०८१

समाचार

एशियाली खेलकूद,, नेपाल क्वार्टर फाइनलमा

काठमाडौँ, ३ भदौ ,,  इण्डोनेसियाको जाकर्तामा जारी एशियाली खेलकूद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टर फाइनल पुगेको छ । नेपाल आज भएको समूह चरणको खेलमा पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै क्वार्टर फाइनल प्रवेश गरेको जाकर्तामा रहनुभएका ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योन्जनले जानकारी दिनुभयो । नेपाली पुरुष ब्याडमिन्टन टोलीमा...बाँकी अंश →


एशियाड ,, आज नेपालले नौ खेलमा प्रतिष्पर्धा गर्दै

काठमाडौँ, ३ भदौ ,,   इण्डोनेशियामा शनिबारदेखि शुरु भएको १८औँ संस्करणको एशियाली खेलकूद प्रतियोगितामा नेपालले आज नौ खेलमा प्रतिस्पर्धा गर्दैछ । इण्डोनेशियाको जाकार्ता र पालेमबाङमा जारी प्रतियोगिताको दोस्रो दिन आज नेपालले तेक्वान्दो, कुस्ती, फूटबल, ब्याडमिन्टन, उसु, लनटेनिस, कबड्डी, सुटिङ र सेपाकताक्रोमा प्रतिस्पर्धा गर्न लागेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)का तालीम तथा प्रशिक्षण...बाँकी अंश →


सामाजिक सेवाको सिफारिश निःशुल्क ः चन्द्रागिरि नगरपालिका

काठमाडौँ, ३ भदौ ,  चन्द्रागिरि नगरपालिकाले सामाजिक सेवासँग सम्बन्धित रहेका प्रमुख सिफारिशलाई निःशुल्क गरेको छ । नगरपालिकाले नागरिकताको प्रमाणपत्र सिफारिश, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता, सम्बन्ध विच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिश, स्वास्थ्य, पेन्सन, रातो कार्ड प्राप्त भूकम्पपीडितको नक्सा पास दस्तुर छुटसम्बन्धी सिफारिशलगायतका सबै कार्य निःशुल्क गरेको छ ।...बाँकी अंश →


नागरिकता वितरण

सुर्खेत, ३ भदौ,  सुर्खेतमा एक वर्षमा १२ हजार ४३५ जनाले नागरिकता लिएका छन् । आव २०७४÷०७५ मा जिल्ला प्रशासन कार्यालय सुर्खेतले १२ हजार ४३५ जना नागरिकलाई नागरिकता प्रदान गरेको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार सबैभन्दा बढी नयाँ नागरिकता लिनेको सङ्ख्या रहेको छ । जिल्ला प्रशासनबाट बंशजका आधारमा सात...बाँकी अंश →


नेपालगन्जमा वातावरणमैत्री अभियान

नेपालगन्ज, २ भदौ ,  नेपालगञ्ज उपमहानगरपालिकालाई वातावरणमैत्री बनाइने भएको छ । नेपालकै सबैभन्दा बढी गर्मी हुने शहरका रुपमा परिचित नेपालगञ्जमा विरुवा रोपेर हरियालीयुक्त स्वच्छ वातावरण बनाउने अभियान शुरु गरिएको छ । भौतिक पूर्वाधार निर्माणका कारण बढ्दै गएको तापक्रम सन्तुलन गर्न र वातावरण स्वच्छ बनाउन हरियाली अभियान थालिएको हो । आउँदो...बाँकी अंश →


प्रहरी र नागरिक समाजको सहकार्य आवश्यक

काठमाडौँ, २ भदौ ,लागुऔषध रोकथाममा प्रहरी र नागरिक समाजको सहकार्य आवश्यक रहेको बताइएको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारले आज यहाँ आयोजना गरेको ‘टोलटोलमा प्रहरी अभियान–२०७५’ मा प्रहरी र नागरिक समाज मिले मात्र समाजमा घट्ने घटनालाई न्यूनीकरण गर्न सकिने बताइएको हो । कार्यक्रममा प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले समाजमा हुने अपराध...बाँकी अंश →


खेल क्षेत्रको विकास जरुरी छ – गृहमन्त्री थापा

काठमाडौँ, २ भदौ ,  गृहमन्त्री रामबहादुर थापाले मुलुकमा समृद्धि हासिल गर्न खेल क्षेत्रको विकास गर्नु जरुरी रहेको बताउनुभएको छ । नेपाल शरीरिक सुगठन महासङ्घद्वारा आज आयोजित दोस्रो माउन्ट एभेरेस्ट शारीरिक सुगठन च्याम्पियनसीप २०७५ को समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले संसारका ठूला मुलुकले खेल क्षेत्रबाटै तीव्र आर्थिक विकास गरेको बताउँदै...बाँकी अंश →


साफ यू–१५ नेपाल चौथो

काठमाडौँ, २ भदौ , भुटानमा जारी साफ यू–१५ महिला फूटबल च्याम्पियनसिपमा नेपालले चौथो स्थान हासिल गरेको छ । तेस्रो स्थानका लागि आज भएको खेलमा नेपाल भुटानसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुँदै चौथो भएको हो । थिम्पुस्थित चाङलिमिथाङ मैदानमा निर्धारित समयमा खेल २÷२ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा गएको खेलमा...बाँकी अंश →


दूरदर्शीताको अभाव भयो , संयोजक भट्टराई

काठमाडौँ, २ भदौ , पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राजनीतिज्ञमा दूरदर्शीताको अभावका कारण देशमा आर्थिक रुपान्तरण गर्न नसकिएको बताउनुभएको छ । लेखक दुर्गा सुवेदीको पुस्तक ‘विमान विद्रोह’माथिको छलफलमा उहाँले वैदेशिक नीतिमा वामपन्थी शक्ति र अन्य दल एकताबद्ध नभएकाले देशको कूटनीतिक दृष्टिकोण कमजोर भएको वैदेशिक हस्तक्षेपको नकारात्मक प्रभाव बढ्दै गएको विचार व्यक्त...बाँकी अंश →


एसियाकपको छनोटका लागि १५ सदस्यीय टोली घोषणा

काठमाडौँ, २ भदौ , एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली आज घोषणा गरिएको छ । टोलीको मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको छनोट समितिले सो टोलीको घोषणा गरेको हो । यही भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने प्रतियोगिताका लागि साउन...बाँकी अंश →


सूचनाको हक सम्बन्धी तालिम गाऊँ सम्म पुर्याउन आवश्यक

“सूचनाको हक़ सम्बन्धि एक दिने तालीम” सहभागी बिद्यार्थीहरुले सूचनाको हक सम्बन्धी तालिम गाऊँ सम्म पुर्याउन आवश्यक रहेको बिचार ब्यक्त गरेका छन । एस टुगेदर वी क्यान ले आयोजना गरेको उक्त कार्यक्रममा सूचना अभियंता सरफुल्लाह अन्सारीले प्रशिक्षण दिदै ‛ सबै युवाहरुले हरेक ठाउँ क्षेत्रको निकायको आर्थिक लगायत हरेक सार्वजनिक गतिविधि बारे...बाँकी अंश →


पाकिस्तानी प्रधानमन्त्रीलाई बधाई

काठमाडौँ, २ भदौ , दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव अमजद हुसेन बी सियालले इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीमा इमरान अहमद खान नियाजी नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री खानलाई महासचिव सियालले आज पठाउनुभएको बधाई सन्देशमा उहाँको उच्च पदमा भएको नियुक्तिले पाकिस्तानी जनताको निष्ठा र विश्वास...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter