२१ फागुन २०८१

समाचार

छिमेकी मुलुकसँगको सम्बन्ध नयाँ उचाइमा ः अध्यक्ष दाहाल

फिदिम, ५ कात्तिक  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई छिमेकी मुलुक चीन र भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ । “चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र नेपाल–भारत पेट्रोलियम पाइपलाइन सञ्चालनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पु¥याइएको छ”, फिदिममा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले...बाँकी अंश →


अदालतको झल्को दिने गरी नलगाडमा न्यायिक कक्ष

जाजरकोट, ५ कात्तिक    अदालतको झल्को दिने गरी नलगाड नगरपालिकाको न्यायिक समितिले यसवर्षदेखि न्यायिक कक्ष स्थापना गरेरै न्याय सम्पादन गर्न थालेको छ । न्यायिक समितिले प्रभावकारी न्याय सम्पादन गर्न नसकेको गुनासो बढेका कारण कानूनको अनविज्ञता, स्रोत साधनको अभावलगायत कारण देखाएर प्रभावकारी न्याय सम्पादन हुन नसकिएको सम्बद्ध पदाधिकारीले जनाउँदै आएका थिए...बाँकी अंश →


लोगो विश्वविद्यालयको अध्यापन निजीको

काठमाडौँ, ५ कात्तिक    त्रिभुवन विश्वविद्यालय (त्रिवि)का करीब एक हजार ५०० प्राध्यापक वर्षेनी अन्य क्याम्पसमा पढाउने गरेको पाइएको छ । त्रिविको स्वीकृति लिएर प्राध्यापकले वर्षेनी अन्य क्याम्पसमा पढाउने गरेको त्रिवि अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक विष्णु खनालले जानकारी दिनुभयो । निर्देशनालयसम्बन्धी विनियममा त्रिविका प्राध्यापक पूर्वस्वीकृति लिएर मात्र बाहिर आंशिक समयका लागि...बाँकी अंश →


फुटपाथ व्यवस्थित गरिने

हेटौँडा, ५ कात्तिक  हेटौँडा उपमहानगरपालिकाले तिहार तथा छठ पर्वका लागि बजार क्षेत्रमा लाग्ने फुटपाथ बजारलाई व्यवस्थित गर्ने भएको छ । फुटपाथ व्यवस्थित गर्न उपमहानगरले पाँच स्थानमा मात्रै फुटपाथ पसल सञ्चालन गर्न पाउने निर्णय गरेको छ । मुख्य बजार क्षेत्रमा बजार लाग्दा सवारी आगमनमा समस्या भई दुर्घटनाको सम्भावना बढ्ने भएपछि यस्तो...बाँकी अंश →


माटोको भाडा बनाउन भ्याइनभ्याई

इनरुवा, ५ कात्तिक  तिहार आउनैलाग्दा सुनसरी सदरमुकाम इनरुवा–२ स्थित कुम्भकार समुदायलाई माटोका भाँडा बनाउन र बिक्री गर्न भ्याइनभ्याई भएको छ । एक बिहानैदेखि अबेर रातीसम्म माटोको भाडा बनाउने काममा व्यस्त छन्, उनीहरु । उनीहरु सबैको उद्देश्य एउटै छ, चाडपर्वका बेला सबैलाई माटोको भाडा सहजरुपमा पु¥याउने । सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायतका स्थानका...बाँकी अंश →


फुटबल टोली कतार जाने

काठमाडौँ, ५ कात्तिक  अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्न तेइस वर्षमुनि (यु–२३ ) को नेपाली राष्ट्रिय फुटबल टोली कतारको दोहा प्रस्थान गर्ने भएका छन् । नेपालमा आयोजना हुने १३औंँ दक्षिण एशियाली खेलकूद (साग) को तयारीमा रहेको नेपाली टोलीले त्यहाँ म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्नेछन् । कतारस्थित दोहा रङ्गशालामा हुने उक्त खेल यही...बाँकी अंश →


बैतडीमा डोजर आक्रमणः आठ घाइते

बैतडी, ५ कात्तिक  सडक निर्माणका विषयमा बैतडीमा विवाद हुँदा सडक खनिरहेको डोजरबाट आक्रमण हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका विषयमा विवाद भएपछि डोजर चालकले डोजरमार्फत आक्रमण गर्दा स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते...बाँकी अंश →


सराङ्कोटमा एक घर एक धारा

कास्की, ५ कात्तिक  खानेपानीको अभाव झेल्दै आएकोे पोखरा महानगरपालिका वडा नं १८ सराङकोटमा एक घर एक धारा निर्माण कार्य अघि बढाइएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्यसमेत रहेको सराङकोटमा गण्डकी प्रदेश सरकारको बजेटबाट धारा निर्माण कार्यक्रम अघि बढाइएको हो । सूर्योदय, हिमशृङ्खलालगायतको दृश्यावलोकन तथा प्याराग्लाइडिङको प्रमुख गन्तव्यको रुपमा विकास भएर...बाँकी अंश →


कार्यविधि मस्यौदा तयार

चितवन, ५ कात्तिक  सञ्चार रजिष्ट्रारको कार्यालय प्रदेश नम्बर ३ मकवानपुरले पत्रकार र सञ्चारमाध्यमलाई सशक्त बनाउन कार्यविधि मस्यौदा तयार पारेको छ । कार्यालयले आज यहाँ आयोजना गरेको श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, अवस्था र चुनौती विषयक एक दिने गोष्ठीमा सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले कार्यालयले हालसम्म गरेका काम र भावी योजनाका विषयमा तयार...बाँकी अंश →


पोरखे लेकको सीमा विवाद चर्किदैँ

मार्तडी, ५ कात्तिक    जिल्लाको पोरखे लेकको सीमा विवादको समस्या टुङ्गिएको छैन । बडीमालिका नगरपालिका–७ र उत्तरी भेगमा रहेका बूढीनन्दा नगरपालिका–९ र १० का स्थानीयवासीबीचको चर्काे प्रतिपादका कारण सीमाको बारेमा विवाद बढ्दै गएको हो । दुई वटा स्थानीय तहको बीच भागमा पर्ने उक्त पोरखे लेक नगरपालिकाको आन्तरिक विवादका कारण संरक्षणविहीन...बाँकी अंश →


एक फलफूलको बोट ः रु दशको नोट

मुग्लिन, ५ कात्तिक  चितवनको एक मात्र गाउँपालिका ईच्छाकामना गाउँपालिकाले फलफूलको बिरुवा हुर्काउने किसानलाई प्रति बिरुवा दश रुपैयाँ दिने भएको छ । गाउँपालिकाले यस आर्थिक वर्ष २०७६÷७७ देखि किसानले हुर्काएको फलफूलको प्रति बिरुवा रु दश रुपैयाँ दिने भएको हो । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न “एक फलफूलको...बाँकी अंश →


पटकासहित दुई पक्राउ

लहान, ५ कात्तिक  प्रहरीले करीब रु ५० हजार बराबरको पटाकासहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशबारीको टोलीले पटकासहित भारतीय सिमावर्ती क्षेत्रबाट सिरहाको भगवानपुर गाउँपालिका निवासी २६ वर्षीय अनिलकुमार चौधरी र २० वर्षीय रोहित साहलाई पक्राउ गरेको हो । यस्तै प्रहरीले सिरहाको लहान नगरपालिका–३ स्थित पुरानो बसपार्कबाट...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter