२३ माघ २०८१

समाचार

क्यानको बजेट रु ४५ अर्ब १७ करोड

काठमाडौँ, ३ भदौ , नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आव २०७५÷७६ का लागि कूल रु ४५ अर्ब १७ करोड ५६ लाख ९५ हजार ५५३ बजेट विनियोजन गरेको छ । क्यानले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको बजेट, नीति तथा कार्यक्रमअनुसार चालू आवमा रु पाँच अर्ब ९६ करोड ८३ लाख...बाँकी अंश →


भ्रममा नपर्न काउन्सिलको आग्रह

काठमाडौँ, ३ भदौ , प्रेस काउन्सिल नेपालले आव २०७२÷७३ र २०७३÷७४ को पत्रपत्रिकाको वर्गीकरणसम्बन्धी प्रतिवेदनका सन्दर्भमा कुनै किसिमको भ्रममा नपर्न आग्रह गरेको छ । सञ्चारविज्ञहरूद्वारा अथक मेहनतका साथ प्रतिवेदन तयार पारिएको भन्दै काउन्सिलले भ्रममा नपर्न अपिल गरेको हो । “सबैलाई न्याय दिने गरी काउन्सिलका सबै पदाधिकारीबीचको गहन छलफल र सहमतिपश्चात्...बाँकी अंश →


नेपाल समूहचरणबाटै बाहिरियो

काठमाडौँ, ३ भदौ,   अठारौँ एसियाली खेलकूद (एशियाड) को पुरुष फुटबलमा नेपाल लगातार तेस्रो हार बेहार्दै समूह चरणबाटै बाहिरिएको छ । समूह ‘डी’ मा रहेको नेपाल आज समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो । नेपालले खेलको एघारौँ मिनेटमा आत्मघाती गोलमार्फत अग्रता लिएको थियो ।...बाँकी अंश →


देवानी संहितालाई पूर्ण प्रेसमैत्री बनाउनुपर्ने माग

काठमाडौँ, ३ भदौ , नेपाल पत्रकार महासङ्घले मुलुकी (फौजदारी) संहिता २०७४ र मुलुकी (देवानी) संहिता २०७४ लाई पूर्ण प्रेसमैत्री बनाउनुपर्ने माग गरेको छ । नेपाल पत्रकार महासङ्घको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले (यही भदौ १ गतेबाट लागू भएको मुलुकी (फौजदारी) संहिता २०७४, मुलुकी (देवानी) संहिता २०७४ तथा गोपनीयताको हकविरुद्धको कसुरसम्बन्धी...बाँकी अंश →


फौजदारी संहितामा संशोधन र सुधार आवश्यक छ,, काङ्ग्रेस

काठमाडौँ, ३ भदौ,  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले फौजदारी संहितामा रहेका विचार तथा अभिव्यक्ति एवं प्रे िर संगठित स्वतन्त्रतालाई प्रभावित पार्न सक्ने प्रावधानमा संशोधन र सुधारको आवश्यकता रहेको ठहर गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मुलुकी ऐनको परिमार्जित संहिताबारे पार्टीको धारणा सार्वजनिक गरिएको हो ।...बाँकी अंश →


प्रदेश सरकारको काम सन्तोषजनक छैन , राज्यमन्त्री झा

पर्सा, ३ भदौ , प्रदेश नं २ को भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा डिम्पल झाले प्रदेश सरकारको हालसम्मका काम कारवाही सन्तोषजनक नरहेको बताउनुभएको छ । उहाँले आउने दिनमा बढी जनमुखी भई प्रदेश सरकारले कार्यसम्पादन गर्ने प्रष्ट पार्नुभयो । राष्ट्रिय जनता पार्टी (राजपा) पर्साले आज वीरगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा राज्यमन्त्री...बाँकी अंश →


प्रादेशिक राजधानीका लागि पाँच जिल्ला प्रस्तावित

काठमाडौँ, ३ भदौ , प्रदेश नं ३ को स्थायी राजधानी निर्धारणका लागि गठन गरिएको सम्भाव्यता अध्ययन विशेष समितिले पाँच जिल्ला उपयुक्त हुने प्रतिवेदन तयार गरेको छ ।मुलुकको परिवर्तित संरचनाअनुसार यस प्रदेशका १३ जिल्लामध्ये भक्तपुर, काभे्रपलाञ्चोक, नुवाकोट, मकवानपुर र चितवन जिल्लालाई समितिले प्रस्ताव गरेको हो । प्रदेशसभाले गत वैशाखमा प्रदेशसभा सदस्य...बाँकी अंश →


उद्योगमा लगानी बढ्दै

काठमाडौँ, ३ भदौ , मुलुकको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने क्रम बढ्दै गएको छ । सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई पूरा गर्नका लागि पछिल्लो समय उद्योग क्षेत्रमा लगानी बढेको हो । संविधान निर्माण भएपछि नेपालमा लगानीको वातावरण सिर्जना भएको हो । उद्योग विभागले...बाँकी अंश →


केरुङ–काठमाडौँ रेलमार्ग नौ वर्षमा

काठमाडौँ, ३ भदौ , सरकारले वार्षिक रु २८ अर्ब ५५ करोड लगानी गरे आगामी नौ वर्षभित्र केरुङ–काठमाडौँ रेलमार्ग स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने देखिएको छ । रेल विभागका सिनियर डिभिजनल इन्जिनीयर प्रकाशभक्त उपाध्यायकाअनुसार सो रेलमार्गको कूल लागत रु दुई खर्ब ५७ अर्ब हुने देखिएको छ । सोही आधारमा वार्षिक...बाँकी अंश →


कारोबारमा रोक

काठमाडौँ, ३ भदौ ,नेपाल स्टक एक्सचेञ्जले दुई धितोपत्र दलाल कम्पनीलाई शेयर कारोबारमा रोक लगाएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार ती कम्पनीलाई कारोबार गर्न रोक लगाइएको हो । एबिसी सेक्युरिटिज प्रालि (ब्रोकर) नं १७) र मार्केट सेक्युरिटिज प्रालि (ब्रोकर नं ५)को कारोबारमा रोक लगाइएको हो । बोर्डको नियमअनुसार ०ं६ प्रतिशत...बाँकी अंश →


आयल निगमको जग्गा फुकुवाका लागि आग्रह

काठमाडौँ, ३ भदौ , पेट्रोलियम पदार्थ भण्डारणका लागि खरिद प्रक्रियामै विवाद भई रोक्का भएको नेपाल आयल निगमको जग्गा फुकुवाका लागि पहल गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले संसदीय समितिसमक्ष आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उहाँले भन्नुभयो, “निगमले किनेका...बाँकी अंश →


११ लघु जलविद्युत् आयोजना अलपत्र

पर्वत २ भदौ ,,   जिल्लाका दुर्गम भेगमा रहेका अँध्यारा बस्तीमा उज्यालो पु¥याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघु जलविद्युत् आयोजना अहिले अलपत्र छन् । विगत दुई दशकअघिदेखि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ आयोजना अहिले पूर्णरूपमा बन्द भएका हुन् । तीन वर्ष अघिसम्म...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter